No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृषि मन्त्रीको रुपमा कस्तो रह्यो पद्मा अर्यालको कार्यकाल ?

कृषि मन्त्रीको रुपमा कस्तो रह्यो पद्मा अर्यालको कार्यकाल ?

काठमाडौं । २०७७ पुस १३ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्यमाकुमारी अर्यालले दुई वटा निर्णयमा हस्ताक्षर गरिन् ।

पहिलो निर्णय थियो, किसान वर्गीकरण गरेर फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र दोस्रो, पशुपन्छीको नश्ल सुधार गर्न कार्यक्रम सञ्चालन गर्ने ।

कृषि मन्त्रालयबाट आइतबार बिदाई हुँदै गर्दा अर्यालले छोटो समयमा महत्वपूर्ण काम गरेको दाबी गरिन् । ‘जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा होइन, के गरिन्छ भन्ने महत्वको कुरा हो,’ उनले भनिन् ।

तर कृषि विज्ञ र मन्त्रालयका अधिकारीहरु भने अर्यालले विगतकै कामलाई निरन्तरता दिएको र प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा प्रचार गरेर जस लिन खोजेको टिप्पणी गर्छन् ।

कृषि विज्ञ डा. कृष्ण प्रसाद पौडेलका अनुसार मन्त्री अर्यालले ‘पहिल्यैदेखि चलिरहेको कार्यक्रममा जस लिन प्रधानमन्त्रीको प्रचार शैली समातेकी थिइन् ।
मन्त्रीको दाबी के छ ?

कृषि मन्त्रालयबाट बिदा भएसँगै अर्यालको कार्यकालमा भएका प्रमुख कामहरु भन्दै उनको सचिवालयले सञ्चार माध्यममा इमेल पठाएको छ । मन्त्री अर्यालको प्रेस संयोजक देवीका घर्तीमगरले पठाएको इमेलमा उखु किसानको आन्दोलन टुंग्याउन, माटोको डिजिटल नक्सा सार्वजनिक गर्न, किसान सूचीकरण आरम्भ गर्न, नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा महत्वपूर्ण काम भएको जिकिर गरिएको छ ।

यस्तै भन्सार नाकाहरूमा एकल बिन्दू क्वारेन्टाइन सेवा संचालन आरम्भ, कालीमाटी बजारमा कृषकहरूको बजार सुनिश्चितताको लागि होल्डिङ्ग यार्ड व्यवस्था, पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दूधमा आत्मनिर्भरताको घोषणा, उत्तरी नाकाबाट रासायनिक मल आयातको सुरुवात, सबै प्रदेशका एक-एक वटा सरकारी फार्म केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्न बजेट विनियोजन र नेपाल सरकार र भारत सरकारबीच रासायनिक मल आयातको लागि सरकार-सरकार बीचको प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुलाई पनि मन्त्रीले आफ्नो सफलता मानेकी छिन् ।

दाबी कति सत्य छ ?

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सगरमाथाको उचाइ नापेको र भारतले हडपेको भूभागसहितको नयाँ नक्सा शीर्ष नेताहरुलाई बाँडेर चर्चामा आएकी अर्याल कृषि मन्त्रालयमा समेत पाँच महिनाको अनुभव बटुलेर बिदा भइन् ।

निवर्तमान कृषिमन्त्री अर्यालले किसान र कृषि हितमा के-के महत्वपूर्ण काम गरिन् भन्ने अनलाइनखबरको जिज्ञासामा मन्त्रालयका एक उच्च अधिकारीले व्यंग्यात्मक शैलीमा हाँस्दै भने, ‘मेलम्चीको पानी प्रधानमन्त्री ओलीले काठमाडौं ल्याए भनेजस्तै भयो मन्त्री अर्यालको कार्यकाल ।’

ती अधिकारीको भनाइ अनुसार अघिल्ला कृषि मन्त्री घनश्याम भूसाल तथा मन्त्रालयले बहुवषर्ीय अनुदान सहयोगमा अघि बढाएका कार्यक्रम तथा परियोजनाको जस लिने बेलामा अर्याल मन्त्रीको जिम्मेवारीमा आएकी थिइन् ।

फागुनदेखि किसान परिचय पत्र वितरण सुरु गर्ने घोषणा गरेर काम थालेकी अर्याल कृषि मन्त्रालयबाट बिदा हुने दिनसम्म परिचय पत्र कसरी वितरण गर्ने भन्ने कृषि कर्मचारीको प्रदेश ओरेन्टेसन नै अहिलेसम्म सकिएको छैन ।

उद्योग र गृह मन्त्रालयसँग सम्बन्धित विषय टुंग्याएको जस लिन मन्त्री अर्यालले खोजे पनि त्यो विषय अझै नटुंगिएको मन्त्रालयले जनाएको छ । उखु किसानको आन्दोलन टुंग्याउन महत्वपूर्ण भूमिका खेलेको अर्यालको दाबी पनि संयोगमात्र भएको मन्त्रालयका अधिकारी बताउँछन् ।

माटोको डिजिटल नक्सा सर्वजनिकलाई पनि मन्त्री अर्यालले आफ्नो महत्वूर्ण काम भनेर दाबी गरेकी छिन् तर तीन वर्ष अघिदेखि मन्त्रालयले अघि बढाएको उक्त कार्यक्रमको ६० प्रतिशत हाराहारी काम सकिएपछि मन्त्रीले प्रधानमन्त्रीलाई उद्घाटन गर्न लगाएकी थिइन् । तर त्यसमा पछिल्लो समय खास प्रगति देखिएको छैन ।

पूर्वकृषि मन्त्री भूसालको पहलमा सुरु भएको किसान सूचीकरण घोषणा गरेर अर्यालले प्रचार गरेको र त्यो पनि उनको कार्यकालमा समेत अपूरै रहेको अधिकारीहरु बताउँछन् ।

स्वदेशमा नै रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन मन्त्री अर्यालको पालमा भए पनि भूसालकै पालामा मन्त्रिपरिषद्ले मल कारखाना खोल्नेबारे कमिटी गठन गरेको थियो र त्यसलाई मन्त्री अर्यालले निरन्तरता दिएकी हुन् ।

मन्त्रालयले भूसालकै पालामा डेढ वर्षदेखि प्रयास गरिरहेको उत्तरी नाकाबाट रासायनिक मल आयातलाई पनि मन्त्री अर्यालले आफ्नो कार्यकालको १० उत्कृष्ट कामको रुपमा ब्याख्या गरेकी छिन् ।

यस्तै भन्सार नाकाहरूमा एकल बिन्दू क्वारेन्टाइन सेवा सञ्चालन आरम्भ, पशुपन्छीजन्य उत्पादनहरू अण्डा, कुखुराको मासु र पाउडर दूधमा आत्मनिर्भरताको घोषणा र नेपाल तथा भारत सरकारबीच जीटूजीमा ल्याउन भएको समझदारी पनि मन्त्रालयको बहुवर्षीय तयारीबाट कार्यान्वयनमा आएको योजना भएको मन्त्रालयको दाबी छ ।

‘ओलीको प्रचारकारितामा सहयोगी’

विगतदेखि निरन्तर भइरहेको तथा अघिल्लो मन्त्रीले सुरुआत गरेका कामलाई अर्यालले पदमा रहुन्जेल आफैंले गरेको भनि जस लिएको कृषि विज्ञ डा.कृष्ण प्रसाद पौडेल बताउँछन् । राजनीतिमा यस्तो कार्य केही दिनका लागि फलदायी भए पनि तथ्य भने भिन्न हुने उनले सुनाए।

कृषिमा विदेशी लगानी भित्र्याउन दिने राष्ट्रघाती काम पनि अर्यालकै पालमा भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । प्रधानमन्त्री बोलाएर अर्यालले उद्घाटन घोषणा गरेका माटोको डिजिटल नक्सा, मासुजन्य उत्पादनमा आत्मनिर्भर घोषणा र किसान वर्गीकरण कुनै नयाँ भिजन र तत्काल हुने काम नभएको विज्ञ पौडेल बताउँछन् । ‘पहिल्यैदेखि चलिरहको कार्यक्रममा जस लिन मन्त्रीले प्रधानमन्त्रीको प्रचार शैली समात्नु भयो, त्यो भन्दा फरक केही छैन,’ डा. पौडेलले भने ।

कृषि मन्त्रालयका केही अधिकारीहरु भने प्रधानमन्त्रीसँगको निकटता र विषय वस्तु प्रत्यक्ष बुझाउन सक्ने भएका कारण कृषिका कार्यक्रमहरु मन्त्रिपरिषद्बाट छिटो निर्णय गराउन भने अर्याल सफल रहेको दाबी गर्छन् ।

संयोगको आगमन संयोगकै बहिरगमन

संसद विघटनमा असहमति जनाउँदै तत्कालीन कृषिमन्त्री भूसालले पदबाट राजिनामा दिएपछि रिक्त रहेको कृषि मन्त्रालयको जिम्मेवारीमा अर्याल आएकी थिइन् ।

जसपाको महन्थ-राजेन्द्र पक्षलाई समेटेर शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कृषि मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।

बिहीबारसम्म मन्त्रालय खोसिनेबारे स्वयं अनविज्ञ रहेको उनको हाउभाउले देखाउने मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘भोलिबाट मन्त्रालय छोड्नु पर्छ भन्ने हिसाबले मन्त्रीको हाउभाउ मन्त्रालयमा देखिएकै थिएन,’ एक अधिकारी भन्छन्, ‘जसरी कृषिमा आउने बेलामा अर्याल सुटुक्क आउनु भयो, बर्हिगमन पनि त्यस्तै रहृयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कृषि#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
पौने तीन लाख पूर्वकर्मचारीको पेन्सन अब विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

पौने तीन लाख पूर्वकर्मचारीको पेन्सन अब विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहने छु

मन्त्री पद खोसिएका सोनल भन्छन्– जनताको हितमा काम गरिरहने छु

बढ्दै आत्महत्या गर्नेको संख्या

बढ्दै आत्महत्या गर्नेको संख्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .