No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बढ्दै आत्महत्या गर्नेको संख्या

बढ्दै आत्महत्या गर्नेको संख्या

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको २०७८ वैशाख मसान्तसम्म कोरोना संक्रमणका कारण करीब ४ हजार ६६९ जनाको ज्यान गएको थियो ।

यो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।

कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको प्रहरीको भनाइ छ । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो ।

लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए ।

आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम कायमै छ ।
– वसन्तबहादुर कुँवर, प्रहरी प्रवक्ता एसएसपी

त्यो जोखिम अहिले प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८५ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

अहिले आत्महत्याको दर बढ्नुको प्रमुख कारण कोरोना महामारीको असर भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । प्रवक्ता कुँवरका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या परेका कारण आत्महत्या गर्नेको संख्या बढेको हो ।

उनी भन्छन्, ‘आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम छ ।’ दोस्रो लहरको कोरोना महामारीको संकटले थप धेरैलाई विभिन्न नकारात्मक असर गरेकोले बढ्न सक्ने अनुमान प्रवक्ता कुँवरको छ ।

राज्य जिम्मेवार बन्नुपर्छ

पहिलो लहरको कोरोना महामारी सेलाउन नपाउँदै दोस्रो लहर आक्रामक रूपमा फैलियो । यसले झनै बढी मानिसको जनजीवनमा प्रभाव पार्‍यो । एउटै परिवारका धेरै जनाले ज्यान गुमाउनु पर्‍यो । परिवारलाई पालनपोषण गर्नेकै ज्यान तल-माथि हुँदा तनावको आयतन बढेको छ । परिवार नै संक्रमित हुनुपरेको अवस्था छ ।

मनोविद्हरू आत्महत्याको कारण विविध हुने बताउँछन् । आर्थिक, सामाजिक, मानसिक, पारिवारिक लगायत तनावले आत्महत्यालाई निम्त्याउने उनीहरूको भनाइ छ ।

दोस्रो लहरको कोरोनाले यी सबै पाटोलाई नराम्रोसँग गिजोलेको छ । जसले गर्दा आत्महत्याको दर बढ्न सक्ने जोखिम रहेको त्रिवि शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा.सरोजप्रसाद वझा बताउँछन् ।

आत्महत्याको दर बढ्न नदिने मुख्य दायित्व राज्यको हो । शारीरिक स्वास्थ्य उपचारको सुविधा जत्तिकै मानसिक स्वास्थ्य समस्याको सुविधा राज्यले दिने हो भने धेरै हदसम्म आत्महत्याको दर कम हुने मनोचिकित्सकहरू बताउँछन् ।

त्यसैले आत्महत्या न्यूनीकरण गर्न तत्काल समुदायस्तरमा उपचारको सुविधा, सूचना सेवा र जनचेतना जगाउनुपर्ने शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा. वझा सुझाउँछन् ।

उनका अनुसार हरेक स्थानीय तहको टोल, गाउँमा मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने सेवा पुर्‍याउनुपर्छ । औषधि उपचारको सुविधाको बारेमा समेत सूचना एवं सचेतना फैलाउन जरूरी छ । मानसिक स्वास्थ्य उपचारको लागि दक्ष जनशक्ति बढाउनुपर्छ ।

अधिकांशलाई मानसिक स्वास्थ्य समस्या उपचारको बारेमा जानकारी नै नभएको डा.वझाको बुझाइ छ । शिक्षण अस्पताल लगायत केही अस्पताल एवं संघसंस्थाहरूले मनोविमर्श, उपचार गर्ने गरेका छन् । तर यसबारेमा एकदम थोरै जनसंख्यालाई जानकारी छ । अधिकांश यसको पहुँच बाहिर छन्, जसले गर्दा विभिन्न चरणको मानसिक स्वास्थ्य समस्यापछि आत्महत्याको बाटो रोज्न पुग्छन् ।

राज्यको मनोरोग एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धित उपचार काठमाडौंका सीमित जनसंख्यालाई मात्रै लक्षित हुन नहुने डा.वझाको तर्क छ । डा.वझा भन्छन्, ‘राज्यले मनोरोग तथा मानसिक स्वास्थ्य समस्याबारे जनचेतनासँगै सहयोगका लागि औषधि, उपचार सेवाहरू दिनुपर्छ । नत्र भोलि फेरि हामी आत्महत्याको दर यत्ति बढ्यो भनेर संख्या गन्दै बस्ने अवस्थामा मात्रै हुन्छौं ।’

आत्महत्याको दर बढ्न नदिनुमा राज्यसँगै मुख्य भूमिका परिवारको हुने गर्छ । परिवारका सदस्यलाई मानसिक स्वास्थ्य समस्या बारेमा परिवार पनि सचेत एवं सजग हुन जरूरी रहेको मनोविद् डा.करुणा कुँवर बताउँछिन् ।

परिवारमा परेको पीडा एकअर्कासँग साट्ने, खुलेर कुरा गर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ । मनोविद् डा. कुँवर भन्छिन्, ‘मानसिक तनाव बढ्दै जाँदा डिप्रेसन हुन सक्छ । डिप्रेसनको बारेमा खुलेर कुरा गर्ने, उपचारका लागि लग्नुपर्छ । त्यसो गर्न सकियो भने सम्बन्धित व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ ।’ राज्य र परिवार यस विषयमा संवेदनशील भएन भने कोरोनाभन्दा आत्महत्या जटिल बन्ने मनोचिकित्सक तथा मनोविद्हरूको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते

प्रचण्डको प्रतिवाद : मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

प्रचण्डको प्रतिवाद : मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग

गोलबजार कोभिड अस्पताललाई हेसरा नेपालको सहयोग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .