No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाव गायव

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाव गायव

काठमाडौं । सार्वजनिक संस्थानमा भएको ऋण लगानीमध्ये रु.३१ अर्ब ५९ करोड बराबरको हिसाव हराएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म ४४ वटा सार्वजनिक संस्थानमा गरेको ऋण लगानीमध्ये संस्थानहरुले देखाएको हिसाव र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा उक्त रकम फरक देखिएको हो ।

अर्थमन्त्रालयका अनुसार, सरकारले सार्वजनिक संस्थानमा हालसम्म कुल २ खर्ब ३० अर्ब ८९ करोड ८ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सार्वजनिक संस्थानहरुले अर्थ मन्त्रालयमा पठाएको विवरणमा भने सरकारले १ खर्ब ९९ अर्ब २९ करोड ९३ लाख मात्र उपलब्ध गराएको हिसाव छ । यसअनुसार, ऋण लगानीको साढे ३१ अर्ब भन्दा बढी रकम गायव भएको छ ।

सार्वजनिक संस्थानमा कुन सालसम्म कति ऋण लगानी ?

आव २०७२/७३ : १ खर्ब ३० अर्ब ५० करोड ६८ लाख

आव २०७३/७४ : १ खर्ब ५२ अर्ब ५० करोड ७५ लाख

आव २०७४/७५ : १ खर्ब ६४ अर्ब ४२ करोड ११ लाख

आव २०७५/७६ : १ खर्ब ९१ अर्ब ५३ करोड ५४ लाख

आव २०७६/७७ : २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख

सबभन्दा बढी ऋण लगानी विद्युत प्राधिकरणामा

४४ सार्वजनिक संस्थानमध्ये २० वटामा सरकारको ऋण लगानी छ । यीमध्ये पनि नेपाल विद्युत प्राधिकरणमा सबभन्दा बढी १ खर्ब ८५ अर्ब ५४ करोड २० लाख ऋण लगानी छ । यो लगानी नयाँ विद्युत विकास आयोजना र प्रसारण लाइन निर्माणमा केन्द्रित छ ।

हिसावमा बढी फरक पनि प्राधिकरणमै देखिएको छ । प्राधिकरणले १ खर्ब ५७ अर्ब ४० करोड ११ लाख मात्र ऋण लगानी भएको विवरण अर्थमा पठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणले भने प्राधिकरणमा सरकारको १ खर्ब ८५ अर्ब ५४ करोड २० लाख ऋण लगानी भएको देखाएको छ ।

हिसावमा २८ अर्ब १४ करोड ९ लाख फरक देखिएपछि अर्थले दुवै पक्षलाई हिसाव मिलान गर्ने सुझाव दिएको छ ।

‘तथ्य सार्वजनिक छ, खोजिनीति हुन्छ’

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र सार्वजनिक संस्थानहरुबाट आएको फरक वितरण सार्वजनिक भएसँगै अब खोजिनीति हुने बताउँछन् ।

‘हामी कहाँ आएको विवरण सार्वजनिक गरेका छौं, अब हिसाव कहाँ मिलेको छैन, खोजीनिती र अध्ययन गर्ने बाटो खुलेको छ’, उनले भने, ‘ऋण व्यवस्थापन कार्यालय सक्रिय भएको धेरै नभएकोले कतिपय संस्थानका पुराना अभिलेख अध्ययनकै क्रममा रहँदा पनि हिसाव नमिलेको हुनसक्छ ।’

आगामी वर्षहरुमा यस्तो अन्तर हराउँदै जाने मैनालीले बताए ।

सरकारले सार्वजनिक संस्थारुमा सेयर र ऋणका रुपमा कुल ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख लगानी गरेको छ । आव ०७६/७७ सम्म सार्वजनिक संस्थानमा कुल २ खर्ब ८८ अर्ब ६५ करोड ८५ लाख बराबर सेयर लगानी भएको छ ।

यस अवधिमा भएको २ खर्ब ३० अर्ब ८९ करोड ५१ लाख ऋण लगानीसहित संस्थानमा सरकारको कुल ऋण तथा सेयर लगानी ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख रुपैया पुगेको हो । ०७६/७७ सम्म अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २३ वटामा सरकारको पूर्ण स्वामित्व छ ।

नेपाल सरकार र सरकारी निकायको ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेका संस्थान २१ वटा छन् । यी संस्थानमा पछिल्लो ५ वर्षमा सरकारको ऋण लगानी औसतमा १२.४३ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ

नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ

हाम्रो स्वास्थ्यमा चासो र चिन्ता लिनेलाई धन्यवाद : पूर्वराजा ज्ञानेन्द्र

हाम्रो स्वास्थ्यमा चासो र चिन्ता लिनेलाई धन्यवाद : पूर्वराजा ज्ञानेन्द्र

नेप्से परिसूचक हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

नेप्से परिसूचक हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .