• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गण्डकीका वनमन्त्री भन्छन् : डाँडा र खानी खन्‍ने-प्रयोग गर्ने हो, फाइदै फाइदा छ


गण्डकीका वनमन्त्री भन्छन् : डाँडा र खानी खन्‍ने-प्रयोग गर्ने हो, फाइदै फाइदा छ

पोखरा । ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारले बजेट नीति ल्याएपछि अहिले सर्वत्र विरोध भइरहेको छ । विपक्षी राजनीतिक दलदेखि संरक्षणकर्मी सबैले सरकरको नीति फिर्ता लिन दबाब दिइरहेका छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले भने संघीय सरकारको नीति विनासका निम्ति नभइ विकास र संरक्षणका निम्ति भएको बताएका छन् । डाँडा खार्ने र खानी उत्खनन् गरेर निकासी गर्न सके प्रकति संरक्षण र देश नै कायापलट हुन सक्ने मन्त्री लम्सालको दाबी छ ।

चुरे क्षेत्रसमेत पर्ने नवलपुरदेखि चीनको उत्तरी नाका मुस्ताङसम्म गण्डकीका ११ जिल्लामा प्रदेश सरकारले पनि अध्ययन गरेको र ६० ठाउँमा उत्खनन् गरेर ढुंगा, गिटी, बालुवा प्रयोग गर्न सकिने देखिएको मन्त्री लम्सालले बताए ।

‘वातावरणीय प्रभाव मूल्यांकन गरेर डाँडा खार्ने र खानी उत्खखन् गरेर बेच्ने हो भने प्रकृतिको विकास होइन, देश कायापलट हुनसक्छ,’ मन्त्री लम्सालले भने, ‘अहिले सरकारको नीतिको विरोध गर्ने काम भइरहेको छ । सरकारले ल्याएको नीति लागु हुन नदिनु चाहिँ प्रकृति दोहान गर्न दिनु हो, विनास निम्त्याउनु हो । अवैध धन्दा चलाउन देऊ भन्नु हो ।’

सरकारको नीतिबाट प्रकृति र मानव जीवनलाई क्षति नहुने बरु फाइदै फायदा हुने मन्त्री लम्सालले बताए । अहिले नदीमा ढुंगा गिटी बालुवा उत्खनन् गर्ने काम भइरहेको र ती सबैजसो अवैध रुपमा चलिरहेको मन्त्री लम्सालको भनाइ छ । नदी दोहान रोक्ने र देशले ठूलो राजश्व हात पार्ने हो भने वातावरणमा कुनै असर नपर्ने गरी खानीहरु उत्खनन् गर्नको विकल्प नभएको मन्त्री लम्सालको भनाइ थियो ।

उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा ५९ वटा क्रसर अवैध हिसाबले चलिरहेको छन् । नदी, स्कुल, राजमार्ग, जंगलको नजिक मापदण्ड नपुर्‍याई सञ्चालन गरिएको क्रसरका करण नदी गहिरिँदै गएको छ, बस्ती जोखिममा पर्दै गएको छ ।

‘अहिले नदी दोहान भइरहँदा राज्यबाट राजश्वसमेत गुमिरहेको छ । त्यसलाई व्यवस्थित बनाउन गण्डकी प्रदेश सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा पनि ल्याएको थियो,’ मन्त्री लम्सालले भने, ‘तर, संघीय सरकार फेरि स्थानीय तहलाई नै अख्तियारी दिइपछि क्रसर र नदीजन्य सामाग्रीको उत्खनन्, विक्री वितरणमा विवाद सिर्जना गर्‍यो ।’

गण्डकीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सन् २०१९ मा अध्ययन गरेको थियो । खानीजन्य वस्तुको उत्खननबारे त्रिभूवन विश्वविद्यालयका प्रोफेसर र वातावरणविदहरुको टोलीले गरेको अध्ययनले गण्डकीका ६० ठाउँमा उत्खनन् गर्न सकिने देखिएको मन्त्री लम्सालले जानकारी दिए ।

स्याङ्जाको भालु पहाड, पर्वतको डिमुवा, महाशिला जस्ता डाँडा खारेर ठूलो आम्दानी गर्न सकिने मन्त्री लम्सालले बताए । बागलुङको ताराखोलामा सिलेट ढुंगा, वनलपुरको धवादी, नवरपुरकै चुरे क्षेत्रमा वातावरणमा कुनै असर नपर्ने गरी खानी उत्खखन् गर्न सकिने र त्यसको बिक्रीबाट प्रदेशले ठूलो आम्दानी लिनसक्ने अध्ययनले देखाएको मन्त्री लम्सालको दाबी छ ।

‘वातावरण प्रभाव मूल्यांकन गरी त्यस्ता डाँडा र खानीमा बाटो र बिजुलीको पहुँच पुर्‍याएर खानीजन्य पदार्थको उत्खनन् गर्ने हो भने देशले ठूलो फाइदा लिनसक्छ’, उनले भने, ‘अहिले पनि विकास निर्मामा ढुंगा, गिटी, बालुवाको अभाव छ । त्यसको मागअनुसारको आपूर्ति हुन सकिरहेको छैन । त्यसका लागि व्यवस्थित हिसाबले उत्खखन् गर्ने योजना हाम्रो छ ।’

सरकारको योजनाले चुरे पनि संरक्षण हुने गण्डकी प्रदेशका वनमन्त्री लम्सालको भनाइ छ । ‘वन र नदी संरक्षण पनि हुन्छ र व्यवस्थित वस्ती विकासमा पनि सघाउ पुर्‍याउँछ,’ उनले थपे ।

अहिले सिधै केही ट्याक्टर लिएर नदीमा जाने, स्काभेटर लगाउने उत्खखन् गर्ने र दादागिरीको भरमा घाट, क्रसर चलाएर अवैध धन्दा चलिरहेको मन्त्री लम्सालको भनाइ थियो ।

सरकारको मापदण्डअनुसार वैध रुपमा एउटा पनि क्रसर चल्न नसकेको र त्यो समस्या समाधानको एकमात्र विकल्प वातावरणीय अध्ययनमार्फत डाँडा खार्ने र खानी उत्खनन् भएको मन्त्री लम्सालले बताए ।

‘राज्य आफैंले लगानी गर्‍यो वा निजी क्षेत्रलाई वातावरण नबिग्रिने गरी उत्खनन् गरी निकासीको जिम्मा दियो भने ठूलो फाइदा हुन्छ,’ मन्त्री अम्सालले भने, ‘त्यसैले चुरे मासिने भयो भने त्यसै विरोध नगरौं ।व्यवस्थित विकासका लागि अब खानी उत्खनन् र ढुंगा, गिटी, बालुवाको प्रयोग तथा निकासी आवश्यक छ ।’ सरकारको बजेट नीतिले चुरे विनास होइन, संरक्षण गर्ने योजना रहेको मन्त्री लम्सालले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गिट्टी-बालुवाको निकासी इतिहास : ४० अर्बको कारोबार, ४६ करोड भन्सार !
  • २०७८ जेष्ठ २०, बिहीबार १२:४९
  • In "देश"
  • पशुपति क्षेत्रबाट दुई अर्बभन्दा बढीको बालुवा र माटो बेचिँदै
  • २०७८ जेष्ठ २०, बिहीबार १२:४९
  • In "देश"
  • पर्साको २ खोलामा ढुंगा–बालुवा उत्खननमा रोक
  • २०७८ जेष्ठ २०, बिहीबार १२:४९
  • In "थप"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

‘धारा ७६ (५) राष्ट्रपतिको अधिकार हो’

हस्तमैथुन,यौन स्वास्थ्यको सकारात्मक आधार हो ?

वास्तुअनुसार घरमा केको छाया पर्दा अशुभ हुन्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version