• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

वास्तुअनुसार घरमा केको छाया पर्दा अशुभ हुन्छ ?


वास्तुअनुसार घरमा केको छाया पर्दा अशुभ हुन्छ ?

वास्तुशास्त्र हरेक दिशा र कोणलाई हेरेर व्याख्या गर्ने शास्त्र हो । मुख्यतया ८ वटा दिशालाई महत्वका साथ हेर्ने यस शास्त्रले घर बनाउँदा कुन दिशामा कस्तो प्रयोजनको सामान राख्ने भनेर पनि सुझाव दिने गर्छ । सूर्यको किरण, घरको वातावरण अनुसार चिस्यानको सम्भावना जस्ता पक्षले वास्तुलाई निर्देशित गरेको हुन्छ ।

वास्तुले हरेक व्यावहारिक पक्षलाई आधार मानेर विश्लेषण गर्ने गर्छ । हिमालको काखमा भएको घरको ढोका दक्षिणतर्फ फर्काउने गरिन्छ भने पश्चिमबाट हावा चल्ने घरमा पूर्वतर्फ ढोका राख्ने गरिन्छ । त्यस्तै घरको माथि ठूलो रूखको छाया छ भने त्यसले सो घरमा बस्ने मान्छेको प्रगति रोक्छ भन्ने मान्यता राखिन्छ । यसरी वास्तुले स्थानलाई आधार मानेर मान्छेको व्यावहारिक पक्षलाई खोतल्ने गर्छ ।

अग्निले प्रतिनिधित्व गर्ने कोण भएकोले आग्नेय कोणलाई ऊर्जाको लागि उपयुक्त मान्ने गरिन्छ । आग्नेय कोण पूर्व र दक्षिणतर्फको कोण हो । सूर्य उदाएलगत्तै सबैभन्दा पूर्वतर्फको भाग सूर्यको स्पर्शमा पर्छ । त्यसैले यो कोणले आफैंमा ऊर्जाको प्रतिनिधित्व गर्ने गर्छ । त्यसकारण यो विश्वास गरिन्छ कि यस दिशामा एक किसिमको विशेष ऊर्जा पाउन सकिन्छ । यस दिशामा भान्साकोठा राख्नु उपयुक्त मानिन्छ । यसतर्फ बिजुलीका उपकरणहरू समेत राख्न सकिन्छ ।

वास्तुशास्त्रमा धेरै प्रकारका भेदहरू हुन्छन् । यी सबैले घर निर्माणको विभिन्न पक्षलाई उजागर गर्ने गर्छ । वास्तुशास्त्रमा हावापानी, सूर्य उदय र अस्त जस्ता विभिन्न कोणबाट यसलाई प्रस्तुत गर्ने गरिन्छ । यसमध्येको एक हो छायावेध हो। छायावेधले घरमा के–केको छाया पर्दा कस्तो असर देखिन्छ भन्ने बारेमा निर्णय गर्ने गर्छ । ज्योतिष शास्त्रमा छायालाई राहु र केतुको प्रतीक मानिन्छ । परिवारमा बस्ने सदस्यहरू छायाको कारण नै प्रायः बिरामी हुन्छन् भन्ने मान्यताका आधारमा घरमा छायाको प्रभावबाट बच्नुपर्छ भन्ने मान्यता राखिन्छ । कुन वस्तुको छाया घरमा पार्नु हुँदैन भन्नेबारेमा यहाँ उल्लेख गरिएको छ ।

१.ध्वज छायाको असर: ध्वज छाया भनेको झण्डाको छाया हो । मन्दिरको १०० फिट आसपास बनाइएको घरहरू झण्डाको छायाबाट ग्रस्त हुने गर्छन् भन्ने मान्यता छ । तर यो मन्दिरको उचाइ र झण्डाको उचाइमा निर्भर हुन्छ । हिजोआज मन्दिरभन्दा अग्ला घरहरू बन्न थालेका छन् जसले गर्दा यो समस्याको जोखिम पनि कम हुने गर्छ ।

२. मन्दिर छायाको असर : यदि बिहान १० देखि ३ बजेसम्म अर्थात् मध्याह्नको आसपासमा मन्दिरको छाया घरमा परेको छ भने अर्थात् मध्य घामको केही घण्टा अघिपछि घरमा मन्दिरको छाया परेको छ भने यसले अशुभ फल दिन्छ भन्ने मान्यता छ । यस्तो छायाका कारण परिवारमा अशान्ति, व्यवसायमा घाटा र विवाह वा सन्तानमा ढिलाइ हुने गरेको छ ।

३. पर्वतको छायाको असर : यदि तपाईंको घरको नजिक कुनै पहाड छ र जसको छाया तपाईंको भवनमा परेको छ भने त्यो पनि अशुभ हुन सक्छ । भवनको पूर्वी भागमा पहाडको छाया पर्‍यो भने मान्छेको ख्यातिमा त्यसले असर गर्छ भन्ने मान्यता छ ।

४. भवनको छायाको असर : यदि तपाईंको घरभन्दा ठूलो घर छ र त्यसको छाया तपाईंको घरमा पर्छ भने यसबारे पनि चासो दिनु आवश्यक हुन्छ । आफ्नो घरले कुवा वा इनारमा छाया पार्न दिनुहुँदैन ।

५. रूखको छायाको असर : यदि रूखको छाया मध्याह्नको आसपास घरमा पर्छ भने यो वास्तु अनुसार हानिकारक हुन्छ । यसमा पनि दिशाको ज्ञान हुनु आवश्यक छ। यो छायाले सो घरमा बस्ने व्यक्तिको प्रगति रोक्छ भन्ने वास्तु शास्त्रीय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • यौन स्वास्थ्य र यौन शिक्षा
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०८
  • In "शिक्षा"
  • दियो बाली साँझको…
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०८
  • In "BannerNews"
  • एक्‍वरियममा एउटै माछाका लागि दुई लाखसम्म खर्चिन्छन् नेपाली
  • २०७८ जेष्ठ २०, बिहीबार १३:०८
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

नयाँ भेरियन्टबारे नेपालले माग्यो बेलायतसँग जानकारी

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाव गायव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version