No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो


जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो

काठमाडौं । बिघटित प्रतिनिधिसभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) को कलह अन्ततः निर्वाचन आयोग पुगेको छ । एकअर्कालाई निस्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् ।

मंगलबार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित बरिष्ठ नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निस्काशन गरिएको जानकारीपत्र आयोगलाई दिएको थियो । यसको केही घण्टा नबित्दै यादवलाई साधरण सदस्य समेत नरहेनगरी निस्काशन गरिएको ठाकुरको पत्र आयोगमा दर्ता भयो ।

अब कुन पक्षको पत्रले वैधानिकता पाउने भन्ने कानूनी र प्राविधिक निर्णय आयोगले गर्नेछ । तर राजनीतिक र व्यवहारिक रूपमा जसपा विभाजित हुन पुगेको छ । एकताको वर्ष दिनभित्रै विभाजन गराउने विवाद भने गएको ५ पुसबाट जसपामा शुरू भएको थियो ।

जब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरे, त्यो निर्णयले जसपामा मौन समर्थन र विरोध गर्ने दुई ध्रुब देखा पर्यो । यादव पक्ष संसद् पुनस्र्थापना निर्विकल्प रहेको निष्कर्ष सहित सडक प्रदर्शनमा उत्रियो, तर ठाकुर पक्षलाई यस्तो गतिविधि मन परेको थिएन ।

त्यही विवाद विकसित हुँदै जाँदा एकले अर्का अध्यक्ष निस्काशन गर्ने तहमा जसपा पुगेको छ । तर, दुवै पक्षका नेताहरू जसपा विभाजित नभएर व्यक्ति कारबाहीमा परेको तर्क गर्छन् । ‘पार्टी विभाजित भएको होइन । बिधान बिपरीत काम गरेका नेताहरू कारबाहीमा परेका हुन् । पार्टी एकताबद्ध नै रहन्छ’, यादव निकट नेता मोहम्मद इस्तियाक राई भन्छन् । पार्टी विधान बिपरीतको गतिविधिमा संलग्न नेताहरूलाई स्पष्टीकरण सोधिएको र जवाफ नआएपछि कारबाही गरिएको उनको भनाइ छ ।

ठाकुर पक्षका नेताहरुको तर्क पनि उस्तै छ । ‘देशकै मुर्धन्य एवम् पार्टीको प्रथम अध्यक्षलाई निस्काशन गरिनु हाँस्यास्पद हो । उदेक लाग्दो र उपेन्द्र यादवकै निम्ति घातक कुरा पनि हो’, ठाकुर निकट नेता सुरेन्द्र झा भन्छन् । यादवलाई निस्कासन जवाफी कारबाही भएकाले जसपाको एकता कायमै रहने उनको तर्क छ ।

तर ६ महिना यताको घटनाक्रम, निर्णय र गतिविधि हेर्ने हो भने जसपा लगभग एकताबद्ध हुने संभावना न्यून छ । किनभने जसपाको विवाद आन्तरिक नभएर प्रतिक्रियामा आधारित हो । ठाकुर पक्ष नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई साथ दिने, समर्थन गर्नेदेखि सरकारमा सहभागी हुन समेत तयार भएर बसेको छ ।

यादव पक्ष भने एमालेकै अर्का धार माधवकुमार नेपाल सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनमा उभिएको छ । यादव पक्षको सर्त छ– संसद् पुनस्र्थापना र सत्ताबाट ओलीको बहिगर्मन । त्यसका निम्ति यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहित १२ सांसदको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । लुम्बिनी र गण्डकी प्रदेशमा जसपाको ओली इतर समूहसँगै गठबन्धन भएको छ ।

यादव निकट एक नेता, जसपा विभाजन अब घोषणा मात्रै बाँकी रहेको बताउँछन् । ‘उहाँहरुले पुरानै पार्टी (राष्ट्रिय जनता पार्टी, नेपाल) ब्युताउनु हुन्छ होला, तयारी त्यही गरिरहनुभएको छ’, ती नेता भन्छन् । तर स्पष्टीकरण सोध्ने र कारबाहीको निर्णयमा भने यादव पक्ष अघिअघि र ठाकुर पक्ष पछ्याउने गरेका छन् ।

७ जेठमा ओलीलाई ठाकुर पक्षले प्रधानमन्त्रीमा समर्थन गरेपछि वैकल्पिक सरकारको पक्षमा रहेका यादवले ११ जेठमा तीनदिन समय दिएर स्पष्टीकरण सोधे । तर उल्टै उत्तिकै समय दिएर यादवलाई स्पष्टीकरण सोधिएको पत्र ठाकुर पक्षले सार्वजनिक गर्यो । फेरि २४ घण्टे स्पष्टीकरणपत्रको दोहोरी चल्यो, पहिले यादव अनि ठाकुरले सोधे । जवाफ दुवै पक्षको आएन, बरू निस्काशनको निर्णय सार्वजनिक गरियो ।

ओलीको निर्णय, जसपामा प्रतिक्रिया

प्रधानमन्त्री ओलीको कदम समर्थन गर्ने र प्रतिरोधमा उत्रने विषयमा विभाजित जसपाको एकता पनि ओलीकै कदमका कारण भएको थियो । गएको वर्ष ८ वैशाखमा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि साविकको  समाजवादी पार्टी र राजपा बीच तीन दिनभित्रै एकता भयो । २०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेको र प्रदेश–२ मा संयुक्त सरकार बनाएको दुवै पार्टी बीच १० वैशाख २०७६ मा एकता हुँदा पार्टी नाम, झण्डा र चुनाव चिन्ह बाहेक अरुमा सहमति जुटेको थिएन ।

तर एकता बाध्यता थियो । किनभने ओलीले संघीय संसद् वा दल मध्ये कुनैमा ४० प्रतिशत पुर्याए दल विभाजित हुन सक्ने अध्यादेश ल्याएका थिए । यसले दुवै दलमा विभाजनको खतरा देखियो । समाजवादी पार्टी, नेपालमा रेणु यादव सहितका नेता र राजपामा राजकिशोर यादव र अनिलकुमार झाहरु अलग हुने अनुमान गरिएको थियो । हुन पनि समाजवादी पार्टी विभाजन र जसपाको एकताको पत्र कुन पहिले निर्वाचन आयोगमा पुग्छ भन्ने प्रतिस्पर्धा नै चलेको थियो ।

तर एकताको प्रयासले सार्थकता पायो । चार दिनपछि ओलीले अध्यादेश नै फिर्ता लिए । अर्थात् अध्यादेशको उद्देश्य विभाजन भएपनि अचानक दुई पार्टी एकता भएर जसपा जन्मियो । जुन प्रयास लामो समयदेखि भइरहेपनि नेतृत्व टुंग्याउन नसक्दा परिणाम आउन सकेको थिएन ।

जसपाका नेताहरूमा एकताबद्ध पार्टी निर्माणको मनोविज्ञान भने २०७० को निर्वाचनमा नराम्रोगरी पराजित भएबाटै विकसित भएको थियो । जस अन्तर्गत २०७४ को निर्वाचनमा ६ दल (तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम लोकतान्त्रिक, संघीय सद्भावना, तराई मधेश सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टी) बीच एकता भएर राजपा जन्मियो ।

७ वैशाख २०७४ मा बनेको राजपा र ३२ जेठ २०७२ मा बनेको (अशोक राई र उपेन्द्र यादव बीच) संघीय समाजवादी पार्टी नेपालले चुनावमा गठबन्धन गर्दा दुई दलले संघीय संसदमा ३३ सिट जिते । प्रत्यक्ष र समानुपातिक गरी राजपाले १७ र संघीय समाजवादी पार्टीले १६ सिट जित्यो । फेरि बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति र संघीय समाजवादी पार्टी बीच २३ वैशाख २०७६ मा एकता भएर समाजवादी पार्टी, नेपाल बन्यो । अब संघीय संसद्मा राजपा र समाजवादी पार्टी, नेपालको समान १७/१७ सिटको हैसियत बन्यो ।

तर एकता अभियान ३ फागुन २०७४ मा बनेको ओली सरकारकै कारण अल्झियो । गठबन्धनबाट संघीय संसदमा सम्मानजनक जित निकालेको र प्रदेश–२ मा संयुक्त सरकार नै बनाएको राजपा र समाजवादी पार्टी, नेपाल सरकारसँग अलग–अलग वार्ता र सहमति गर्नतिर लागे ।

१४ जेठ २०७५ मा दुई बुँदे सहमति गर्दै उपेन्द्र यादव सरकारमै सहभागी भए । त्यसअघि राजपा नेताहरुले ओलीसँगै छुट्टै वार्ता र सहमति गरिसकेका थिए । १९ फागुन २०७४ मा प्रधानमन्त्री ओली र ठाकुर सहित नेताहरुबीच सरकारलाई समर्थन गर्नेदेखि रेशम चौधरीबारे समेत सहमति जुट्यो । त्यसैअनुसार, ११ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसर्मण गरेका चौधरीले कारागारमै रहँदा १९ पुस २०७५ मा शपथ लिए ।

दुवै दलको समर्थन पाउँदा संसद्मा ओलीसँग ७६ प्रतिशत बहुमत पुगेको थियो । १७४ सांसद (६४ प्रतिशत) रहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले दुई तिहाइ जुटाउन दुवै दलसँग छुट्टा–छुट्टै सहमति गरेका थिए । तर दुवै दलले दुई वर्षभित्रै समर्थन फिर्ता लिए ।

रेशम चौधरी सहित टीकापुर घटनामा संलग्न रहेको आरोपमा एघार जनालाई आजीवन काराबासको सजाय सुनाएकै दिन, २२ फागुन २०७५ मा राजपाले ओलीलाई दिएको समर्थन फिर्ता लिएको थियो भने दश महिना पछि ८ पुस २०७६ मा यादव सरकारबाट बाहिरिए । फेरि दुवै दल विपक्षमा पुगे ।

तर नेकपा भित्रको कलह चर्किदै गएपछि ल्याइएको अध्यादेश अढाइ वर्षसम्म अलमलमा रहेको समाजवादी पार्टी, नेपाल र राजपा बीच एकताको अवसर बन्यो । तर यो एकता निष्कर्षमा नपुगी फेरि जसपा विभाजित हुन पुगेको छ । फेरि पनि कारण भने ओली सरकारबारे लिइएको निर्णय बन्न पुगेको छ ।

‘मधेशी, थारु, आदिवासी जनजाति जनताको चाहना पनि ठूलो शक्ति बनोस् भन्नेछ । तर उपेन्द्र यादव मधेशको मुद्दा सम्बोधन भएको हेर्न चाहनु हुन्न’, नेता सुरेन्द्र झा भन्छन् । उपेन्द्र यादवले प्राप्त जनमतलाई उपयोग गरेर व्यक्ति शक्ति आर्जन गर्न चाहेकाले समस्या आएको उनी आरोप लगाउँछन् ।

नेता इस्तियाक राई भने जनताको अधिकार खोस्दै प्रतिगमनतिर लागेका ओलीलाई महन्थ ठाकुरहरुले साथ दिन खोज्दा पार्टीमा संकट आएको बताउँछन् । ‘जनतालाई अधिकार दिन नचाहने र सधैं कीर्ते कामको पछि लाग्नु नै समस्या हो’, उनी भन्छन् ।

हुन त २०७२ मा संविधान जारी हुँदादेखि नै मधेश केन्द्रित दलहरू र ओली बीचको सम्बन्धले राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आएको छ । आफ्नो सहमति बिना जारी भएको संविधानका अन्तर्वस्तुमा असहमति जनाउँदै मधेशमा लामो समय आन्दोलन चल्दा निशानामा थिए– ओली । ओलीलाई मधेश केन्द्रित नेताहरूले नै मधेशी जनता, संघीयता र समानुपातिक समावेशी विरोधीको संज्ञा दिन्थे ।

तर तिनै ओलीसँग कस्तो सम्बन्ध कायम गर्ने भन्ने विषयको विवादले विभाजित जसपा अहिले  निर्वाचन आयोग पुगेको छ । कार्यकारिणीको बहुमत सदस्यहरूले ठाकुरसहित नेताहरुमाथि गरिएको कारबाहीले वैधानिकता पाउने यादव पक्षले दावी गरेको छ । ५१ सदस्यीय कार्यकारिणीमा ३१ जना आफ्नो पक्षमा रहेको यादवको दावी छ ।

ठाकुर पक्षका नेताहरुले भने प्रथम अध्यक्षको निर्णय वैधानिक हुने दावी गरेका छन् । कार्यकारिणीको बहुमत पनि प्रमाणित नभएको तर्क यो पक्षले गर्दै आएको छ । तर राजपा पृष्ठभूमिका महिन्द्र राय यादव सहित नेताहरु आफ्नो पक्षमा लाग्दा बहुमत जुटेको भन्दै उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चार सांसदलाई निस्कासन गरेका थिए ।

‘सांसदहरुमा बहुमत रहेको त सवैले देखकै छन् । अब निर्वाचन आयोगमा जानु पर्ने भए कार्यकारिणीमा पनि बहुम देखाउँछौं’, ठाकुर निकट नेता झा भन्छन् । संविधानको धारा ७६ (५) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा ठाकुर सहित २० सांसद उभिएका छन् ।

तर संसद् विघटन भइरहेको अवस्थामा भने पार्टीको वैधानिकता विवादमा सांसद् संख्याले अर्थ राख्दैन । राष्ट्रियसभाका तीन मध्ये दुई जना र कार्यकारिणी समितिमा पनि बहुमत रहेकाले अर्को दल बनाउने बाध्यता ठाकुरसँग रहेको यादव पक्षका नेताहरुको दावी छ ।

नेकपाकै नियति

प्रधानमन्त्री ओलीकै कदमलाई समर्थन वा विरोध गर्ने विषयले सिर्जित विवाद निर्वाचन आयोगसम्म पुगेको जसपाको संकट र नियति भने साविकको नेकपासँग मिल्दो छ । संसद् भंग गर्ने ओलीको कदमपछि अढाइ महिनासम्म दलको वैधानिकता दावी गर्दै दुई पक्ष (ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल) ले आयोगलाई लगातार पत्राचार गरेका थिए । तर आयोगले कुनै निर्णय गरेन । बरू २३ फागुनमा सर्वोच्च अदालतले नेकपाको एकता प्रक्रिया नै भंग गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युताइदियो ।

तर नेकपाको विवाद पुनर्स्थापित एमालेभित्र सरेको छ । ओलीले एक्लौटी निर्णय नरोकेको भन्दै नेपाल समूहले आयोगलाई अदालतको फैसला सम्झाउँदै पत्र पठाएको छ । आयोगले फेरि पनि कुनै निर्णय दिएको छैन । नेकपा विवादमा प्रचण्ड र माधव समूहले केन्द्रीय कमिटीमा बहुमतको रहेको दावी गरेको थियो भने ओलीले प्रथम अध्यक्षको दावी गरेका थिए । संसद् भने त्यसबेला पनि भंग भएको थियो ।

जसपाको विभाजनमा अर्को संयोग भने वैचारिक पृष्ठभूमिका आधारमा नेताहरू अलग बाटोतिर उभिएका छन् । उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, महिन्द्रराय यादव लगायत कम्युनिष्ठ पृष्ठभूमिका नेता हुन् । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
नेपाल टेलिकमको सेवा प्रयोग गर्नेलाई कसरी दिइँदैछ सेयर ?

नेपाल टेलिकमको सेवा प्रयोग गर्नेलाई कसरी दिइँदैछ सेयर ?

विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा निर्माण सामग्रीका गाडी चल्ने

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, रातिमा निर्माण सामग्रीका गाडी चल्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .