• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित


जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित

संजय यादव, सिरहा
१ जेठ, २०७८
सिरहाको गोलबजार स्थित श्री जमावि(प्राविधिक)का छात्राहरु साईकल पाएपछि उत्साहित भएकी छिन् । प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरको “बेटी बचाउ, बेटी पढाउ”कार्यक्रम अन्तर्गत जमावि(प्राविधिक) गोलबजारका कक्षा ८ का ४७ जना छात्रालाई साईकल बितरण गरेकोे विद्यालयका प्रधानाध्यापक भरत साहले बताए । मुख्यमन्त्रीको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई मनोबल उत्साहित तथा उच्च शिक्षा हासिल गर्नकोलागि अभिप्रेरणा मिल्ने उद्देश्यले भएको साईकल वितरण पछि छात्राहरु निकै नै उत्साहित र प्रशन्न देखिएकी थिइन् ।

साईकल पाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा स्वीटी कुमारी साह भन्छिन् साईकल पाएपछि निकै खुसी भएको छु । अब देखि घरको काम सकाएर पनि दिनहँु विद्यालय समयमै पुगिने बताइन् । त्यस्तै अर्का छात्रा लक्ष्मीकुमारी महारा भन्छिन्, खुसी छु अब मिहिनेत गरेर लगातार १२ कक्षा पास गर्ने बताइन् । जमावि(प्राविधिक) गोलबजारद्वारा आयोजित साईकल बितरण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक भरत साह तथा प्रमुख आथित्य जसपा नेपाल गोलबजार नगर समिति अध्यक्ष संजीब कुमार यादवले गर्नुभएको थियो । प्रअ भरत साहले साईकल बितरण गर्दै भने, साईकल बितरण कार्यक्रममा जसपा नेपाल गोलबजार अध्यक्ष संजीव कुमार यादव र सकलदेव यादवको विशेष सहयोग रहेकोले यहाँहरुलाई बिशेष धन्यवाद दिँदै खासगरी छत्राहरुको शैक्षिक स्तर उकास्न थप मनोबल बढाएकोले बेटी बचाउ, बेटी पढाउ कार्यक्रमलाई धन्यवाद र प्रशंसा गरे । अब देखि छात्राहरु पनि नियमित विद्यालय आउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथि संजीब कुमार यादवले भने, मुख्यमन्त्रीको कार्यालयमा विशेष पहल गरेर यस विद्यालयका कक्षा ८ मा पढने छात्राहरुलाई बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत साईकल बितरण भएको र कार्यक्रम अनुसारको लक्ष्य प्राप्ति नै आफ्नो सन्तुष्टी रहेको बताए ।
यस्तो कोभिडको महामारीको अवस्थामा किन साईकल बितरण गर्नु पर्यो भन्ने प्रश्नको जवाफमा प्रधानाध्यापक साहले भने, साईकल बितरण कक्षा ८ का छात्राहरूको लागि मात्र रहेको हो । कक्षा अपग्रेड भएपछि फेरि समस्या आउनसक्ने र बाध्यात्मक अवस्थामा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्डअनुसार नै कार्यक्रम गरेको बताए ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका शिक्षक रामेश्वर कामती भने, प्रदेश नम्बर २ मा खासगरी छात्राहरु विभेदमा परी विद्यालय नआउने प्रवृत्तिलाई अन्त्य गर्न बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत साईकल वितरण कार्यक्रम लोकप्रिय रहेको बताए । कार्यक्रमको सञ्चालन शिक्षक राजकुमार साहले गर्नुभएको थियो भने शिक्षक बिरेन्द्र कुुमार यादव, सरोज यादव, जसपाका सकलदेव यादव, रामनारायण यादव, बिक्रम महरा लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर
  • २०७८ जेष्ठ १, शनिबार ०९:१९
  • In "BannerNews"
  • अढाई वर्षदेखि मधेश सरकारको गोदाममा कबाड बनिरहेको साइकलको जिम्मेबार को ?
  • २०७८ जेष्ठ १, शनिबार ०९:१९
  • In "BannerNews"
  • सरकारले छोरीलाई वितरण गरेको साईकलमा भ्रष्टाचार भएको ठहर
  • २०७८ जेष्ठ १, शनिबार ०९:१९
  • In "BannerNews"

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम दश दिनमा दुई पटक राति १ बजे बालुवाटार पुगे

कम्युनिस्ट सरकारको झुठो प्रचार १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version