• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अढाई वर्षदेखि मधेश सरकारको गोदाममा कबाड बनिरहेको साइकलको जिम्मेबार को ?


अढाई वर्षदेखि मधेश सरकारको गोदाममा कबाड बनिरहेको साइकलको जिम्मेबार को ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जनकपुरधाममा राखेको अन्तरक्रिया कार्यक्रममा मधेश भवनको गोदाममा कबाड बनिरहेको पाँच हजार थान साइकलको विषयमा प्रश्न उठ्यो । ‘अख्तियारले समयमा मुद्दा निष्कर्ष नलागउँदा र सरकारले वितरण नगर्दा साईकल कवाड बन्दै छ, यसको जिम्मेबार को प्रदेश सरकार की अख्तियार ?,’ एक सहभागिको जिज्ञासा थियो ।
मुख्यमन्त्री यादवले जवाफ नदिँदै साइकल ठेकेदारको पीडा दर्शाए र उल्टै प्रश्न गरे ‘साईकल पाँचहजारको हाराहारीमा प्रदेश सरकारको गोदाममा छ । ठेकेदारले पनि भुक्तानी पाएका छैन । त्यसको दोषी को ?’

उनले साईकल दिने ठेकेदार दोषी नरहेको भन्दै अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई समस्याको गाँठो फूकाइदिन विनम्रतापूर्वक आग्रह गरे । ‘मलाई त लाग्दैन की ठेकेदार दोषी छ । किन भने टेन्डर भएपछि मूल्यांकण गरेर पत्र पठाएपछि उसले साइकल ल्याइदिएको हो । अहिले ती ठेकेदार निकै पीडित छ । उनले भन्दै थियो मेरो घर लिलाम हुन्छ । आत्महत्या गर्ने स्थितिमा पुगिसकेका छौ भनेर’ मुख्यमन्त्री यादवले अख्तियार प्रमुख राईसित आग्रह गर्दे भने ‘त्यसकारण यो साइकलको समस्या कसरी समाधान हुन्छ । आयुक्तजीसंग मेरो बिनम्र अनुरोध छ ।’

यता प्रमुख आयुक्त राई साइकलको मुद्दा अदालतमा बिचाराधीन नरहेकाले केही बोल्न नमिल्ने बताए ।
‘साईकलको विषयमा हामीले मुद्दाको किनारा लगायौं । तर साइकल रहिरहेको छ । त्यो विषयमा के गर्ने ?,’ उनले अगाडी थपे ‘यो न्यायलयमा चलिरहेको विषय हो । विचाराधीन विषयमा हामीले केही बोल्न मिल्दैन । लस कसले ब्यहोर्छ ? थन्किरहेको साइकलको विषयमा म अदालतमा यो कुरा गर्छु, राख्छु ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत कक्षा–८ का छात्राहरुलाई लालबाबु राउत नेतृत्वको सरकारले वितरण गर्ने गरेको थियो । त्यसै क्रममा तेश्रो चरणमा असार २०७८ मा काठमाडौंको पुतली सडकस्थित स्यान्यो इन्टरनेशनल प्रा.लि.मार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद भयो । ८ करोड ४४ लाख १० हजार रुपैयाँमा खरिद गरिएको साइकलमध्ये आधा वितरण गरियो । बाँकी रहेका आधा साईकल अढाई वर्षदेखि मधेश भवनको गोदाममै थन्किएर कबाड बन्दै छ ।

आपूर्तिकर्ता कम्पनीको पाँच करोड ६८ लाख रुपैँया भुक्तानी पनि बाँकी रहेको छ । भुक्तानीका लागि ठेकेदार कम्पनीका प्रतिनिधि मुख्यमन्त्री कार्यालयमा धपेडी लगाउने गरेका छन् । तर मुख्यमन्त्री यादव, प्रमुखसचिव लगायतको कार्मचारीलाई गुहार लगाएर सडकमा आएर मर्ने अवस्थामा पुगेपनि भुक्तानी नगरेको आपूर्ति कम्पनिका शेयरधनी कुन्दन सिंहको गुनासो छ ।

‘मुख्यमन्त्रीले पोजिटिभ हुनुहुन्छ । उहाँले भुक्तानी दिनु पर्छ है भनेर भन्नुहुन्छ । तर सचिवहरु फेरिए । कर्मचारीहरु विभिन्न बहानाबाजी गर्छन् । मेरो सामानको क्वालिटीको छ की छैन त्यो प्रमुख कुरा हो नि ! भुक्तानी नभएर बैंकको ताकेता, सम्पति लिलाम हुने र मर्ने अवस्थामा पुगेका छौं,’ सिंहले. भने । उनका अनुसार अख्तियारले आपुर्तिकर्ता कम्पनीले केही गर्नु नपर्ने अख्तियारले निर्णय नै गरेको छ ।

आ.व २०७६÷७७ मा मधेश सरकारले दोश्रो चरणमा खरिद गरेको १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ साउन २०७८ मा ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसै बेला २०७७÷०७८ मा पनि भएको १० हजार साइकल खरिदमा पनि बोलपत्र मूल्यांकनमा त्रुटि देखिएपछि बोलपत्र मूल्यांकन समितिमा रहेका मन्त्रिपरिषद् कार्यालयका तत्कालीन उपसचिव दिलीपकुमार प्रधान, अधिकृत सुरेन्द्र कुमार कर्ण, सहलेखापाल राजाराम मण्डल र इन्जिनियर भगवान झाविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

मुद्दा परेपछि करिब पाँच हजार साइकल वितरण अन्योलमा पर्नुका साथै भुक्तानी प्रकृया पनि रोकियो । बदनामीबाट बच्न तत्कालिन मुख्यमन्त्री राउत १८ चैत २०७८ मा ‘बेटबीपढाउ बेटी बचाउ अभियान तत्कालिन सामाजिक विकास मन्त्रालयमा समायोजन गर्ने मन्त्री परिषदबाट निर्णय गरे । समायोजन पनि गरे । तर हाल शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयले खरिद गरेको साइकलको दायित्व लिएको छ ।

त्यस बेलादेखि खरिद गरेको साइकल अलपत्र छ । भुक्तानीका लागि आपूर्तिकर्ता कम्पनी दौडधुप गरेपनि कसैले फाइल छुन मानेको छैन ।
कार्यालयका एक कर्मचारीका अनुसार आपुर्ति कम्पनीका प्रतिनिधि भुक्तानीका लागि धाएकै छन् । तर कर्मचारीले अख्तियारमा मुद्दा परेको यो फाइल छुन मानेको छैन ।
प्रमुख सचिव दिनेश घिमिरे यो विषयमा केही पनि बोल्न मानेनन् । ‘यो विषयमा म केही पनि बोल्दिन । आपुर्तिकर्ताबाटै बुझ्नुस्’ उनले भने ।

३० चैत २०७९ मा मुख्यमन्त्री कार्यालयले यसको जिम्मेबारी नलिने गरी निर्णय नै गरेको थियो । ‘चैत ३० गते कानुनविपरीत मुख्यमन्त्री कार्यालयको नाममा जम्मा रहेको, वितरण भएको छ भने, तिनको सुरक्षा, उपयोग र भुक्तानीका लागि जिम्मेवार नरहेको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

सर्लाहीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, ८ प्रहरीसहित १० घाइते

अविवाहितले अवैध गर्भपतन गराइरहेको भेटिएपछि पोलिक्लिनिक सिल

१६ जिल्लाका मिटरब्याजपीडितहरुले गरे विशाल विरोध प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version