• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए


विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए

 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धन सरकार बनाउने तयारी छ ।

देउवाको नेतृत्वमा बहुमत पुर्याउन एमालेको माधव नेपाल समूहलाई सामुहिक राजीनामा गर्न लगाउने र त्यसको बदलामा ७ वटा मन्त्रालय दिने समझदारी भएको छ ।

त्यसैगरी जसपाको उपेन्द्र यादव पक्षलाई ३ वटा मन्त्रालय दिने समझदारी भएको छ । महन्थ ठाकुर पक्षले साथ नदिँदा अफ्ठेरोमा परेको विपक्षी गठबन्धनका लागि गाँठो फुकाउने कदम माधव नेपालको राजीनामा हुनेछ ।

यसमा उपेन्द्र यादव र बाबुराम भट्टराई सक्रिय छन् । यसको फलमा उनीहरुले ३ वटा मन्त्रालय पाउने भएका हुन् । ३ वटा मन्त्रालयमा उपप्रधानमन्त्रीसहित एक मन्त्रालय यादवले आफै सम्हाल्ने छन् । त्यसैगरी एक मन्त्रालय रामसहाय यादवलाई दिनेछन् । अर्को डा. सुरेन्द्र यादवलाई दिने उपेन्द्रको तयारी छ । त्यसैगरी रेनुका गुरुङलाई राज्यमन्त्री बनाउने उपेन्द्रको योजना छ ।

विगतमा प्रदीप यादव र इस्तियाक राईहरुले पार्टी फुटाउन तयारी गरेकाले उनीहरुको हैसियत देखाउन उपेन्द्रले मन्त्रीमा आफ्ना र बाबुरामका भित्रियालाई नियुक्त गर्न लागेका हुन् ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन तीन दिनको समय दिएकी थिइन् ।

समयअनुसार विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज राती ९ बजेभित्र बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्नुपर्नेछ । विपक्षी दलहरु बहुमत पुरयाउने कसरतमा छन् ।

बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महन्थ ठाकुरको पार्टी पनि सरकारमा जाने पक्का
  • २०७८ बैशाख ३०, बिहीबार १४:२०
  • In "देश"
  • अध्यादेश पारित गराउन मधेसदेखि केन्द्रसम्म सत्ताको बार्गेनिङ
  • २०७८ बैशाख ३०, बिहीबार १४:२०
  • In "BannerNews"
  • एमाले-माओवादी सत्ता साझेदारीमा संशय
  • २०७८ बैशाख ३०, बिहीबार १४:२०
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

जमावि गोलबजारका छात्राहरुले साईकल पाएपछि उत्साहित

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम दश दिनमा दुई पटक राति १ बजे बालुवाटार पुगे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version