No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा

जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मधेशको मुद्दा थाँती राख्दै पुनः सत्तामा सहभागी हुन अग्रसरता देखाएका छन् ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भइसकेका यादव पुनः सरकारमा सहभागी हुन चाहेका हुन् ।
यसअघि बर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा गएको तत्कालिन उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी (सपा) झण्डै दुई बर्ष सरकारमा रह्यो । मधेशको मुद्दा सम्बोधन गर्ने विश्वास लिएर सरकारमा गएका उनलाई शुरुमा उप प्रधान तथा स्वास्थ्य मन्त्रालय दिएपनि पछि कानुन मन्त्रालयको जिम्मेबारी दिइएको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री ओलीले नै सरकारबाट बाहिरिन एक किसिमको दवाव दिएपछि उनले सरकार छाडेका थिए ।
त्यहीं भएर ओलीसँग चिढिएका यादव अहिले नेपाली कांग्रेस, माओवादी केन्द्रसँग मिलेर सरकारमा जाने दाउमा छन् । उनी पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नजिकिएका पनि छन् । यादव अहिले केपी ओली बाहेकका सरकारमा जान पार्टी फोडन समेत तयारी गरिरहेका छन् ।
जसपाकै एक पक्ष ओलीलाई सघाउने पक्षमा छन् भने यादव विगतमा आफूलाई सरकारमा भएको बखत गरेको व्यबहारले ओलीलाई मान्न तयार छैनन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले ओलीतिर लाग्दा मधेशका मुद्दा सम्बोधन हुने विश्वास गरेका छन् । जसपाको मुख्य मागहरू सांसद रेशम चौधरीको रिहाइ र अन्य मधेसी तथा थारु आन्दोलनकारीहरूमाथी लगाइएको मुद्दाहरू फिर्ता लिनु रहेको र ती मागहरु पूरा हुने ठाकुर–महतो पक्षको भनाई छ । यसो त ओली सरकारले गत साता मात्रै मधेश आन्दोलको क्रममा लगाइएको १ सय २० जनाको मुद्दा फिर्ता पनि लिइसकेको छ । ठाकुर–महतोसँग ओलीले नागरिकता र संविधान संशोधनसँग सम्बन्धित अन्य मुद्दाहरू पनि छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
जसपाकै एक पक्षले नेपाली राजनीतिमा प्रचण्ड लगायत धेरै नेताले मधेसका यी मागहरूमा सहयोग पुयाउने वाचा गरेपनि कसैले पूरा गरेका छैनन् । प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्रीको रूपमा रहँदा समेत मधेश मुद्दाको सम्बोधन हुन नसकेको उनीहरुको बुझाई छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा ’सरकार गठनका लागि पहल गर्ने’ औपचारिक निर्णय गरे लगत्तै जनता समाजवादी पार्टी अध्यक्ष यादवको भूमिका बढेको छ ।
नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने भएपछि अध्यक्ष यादव पनि सरकारमा सहभागी हुने संकेत देखिन्छ । ओलीलाई सत्ताबाट हटाउन उनले प्रचण्ड संग पार्टी एकता गर्न पनि तयार रहेको जसपा एक नेताले बताए ।
नयाँ सरकार गठनलाई लिएर दुईथरी धार रहेको भनिएको जसपा अब त्यसबारे खुल्नुपर्ने अवस्था आउने देखिन्छ । तर औपचारिक निर्णय जे भएपनि उपेन्द्र ओली विरुद्ध प्रचण्डसंगै रहने देखिन्छ । मधेशको मुद्दामाथि कुनै चिन्ता नरहेका यादव नयाँ सरकारमा गृहमन्त्री बन्ने कसरतमा लागेका छन् । उनी प्रचण्डसंग सरकारमा जान कुनैपनि सम्झौता गर्न तयार रहेको देखिन्छ ।

सरकारमा रहँदा विदेशै विदेश, बाहिर आउँदा मधेश

यादव केपी ओली नेतृत्वको सरकारमा रहँदासम्म मधेशको मुद्दाबारे कुनै चर्चा नै गरेनन । उनी सरकारमा रहँदा विदेश भ्रमण र पैसा कमाउन व्यस्त देखिए । ओली सरकारमै सहभागी रहेका एक मन्त्री भन्छन्, “उहाँ त्यती बेला मधेशको मुद्दाका बारेमा चर्चा गर्दा केही हदसम्म समाधान हुन्थ्यो होला । तर यादवजी लाई विदेश भ्रमण बाटै फुर्सद भएन ।”
हुन त उनी सरकारमा रहँदा एक वर्षमा २५ वटा देश भ्रमण गरेको चर्चापनि संचार माध्यमहरुले गरिसकेका छन् ।
यादव कुनैपनि सरकारमा रहँदा आफ्नै फाइदाको लागि मात्र काम गर्ने रुचि राख्ने व्यक्तिको रूपमा चिनिन्छन् । यादवले २०६६ मा २२ बुंदे सम्झौतामा हस्ताक्षर गर्दा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २२ बुँदे सम्झौतामा उल्लेखित सबै मागहरूलाई सम्बोधन गर्न सम्भव नभएको बताएका थिए । यसमा यादवले ‘कसैले मधेसीका माग सम्बोधन गर्न चाहन्छ’ भनेर टिप्पणी गरेका थिए ।
त्यति खेर त्यो सम्झौता उपेन्द्र यादव आफू सरकारमा सामेल हुनको लागि मात्र गरेका थिए । यादव आफू सरकारमा त्यतिखेर पनि प्रधानमन्त्री खनाललाई कुनै पनि मागहरू सम्बोधन गर्न दबाब दिएनन । यादव बारम्बार प्रमुख दलहरूसँग सम्झौता गरेर सरकारमा सामेल भए । मधेसी भावनामा शक्तिको आनन्द उठाए र आफ्नै नातेदारलाई मात्र फाईदा पुर्याए । त्यहीं भएर होला मधेश आन्दोलनमा सहिद भएकाको परिवारले हालसम्म न्याय पाउन सकेका छैनन् ।

ठाकुर र महतो पनि रणनीति बनाउनमा व्यस्त

ठाकुर र नेता महतोबिच असमझदारी भएको खबरहरु आइरहेका छन् । तर निकट नेताहरुका अनुसार महन्थ र राजेन्द्र मधेस जित्नेगरी रणनीति बनाउनमा व्यस्त छन् । उनीहरु सत्ता भन्दा पनि मुद्दा सम्बोधन गरेर मधेस जिताउने रणनीतिमा छन् । यसका लागि अर्को हस्ताक्षर अभियान समेत सञ्चालनको तयारीमा छन् ।
तर बाहिर भने महतोले महन्थको साथ छाडेको खबरहरु छ्यापछ्याप्ती आइरहेका छन् । नयाँ सत्ता गठबन्धनको समयमा कार्यकर्तामाझ तिक्तता बढाउन उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले हुँदै नभएको हल्ला फैलाउन सक्रिय भएको ठाकुर निकटको भनाई छ ।
अध्यक्ष ठाकुर र नेता महतोबीच खटपट सुरु भएको र महतोले ठाकुरको साथ छोडेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको जसपाका केन्दीय सदस्य संजय यादव बताउँछन् । उनले पार्टीभित्र नेताहरु आन्तरिक छलफलमा रहेकोले छिट्टै बैठक बसेर ठोस निर्णय लिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
बौद्ध शीलालेखहरू नष्ट हुने गरी चीन र पाकिस्तानले बनाउन लागेको बाँधको बिरोध

चीनले अर्को मुलुकम सिङ्गो गाउँ बसाउदै

जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन

जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन

विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए

विपक्षी गठबन्धनमा माधव नेपालले ७ र उपेन्द्र यादवले ३ मन्त्रालय पाउने, को को बन्दैछन मन्त्री? प्रदीप र इस्तियाकहरु बढारिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .