• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनलाई खुशी पार्ने ज्यान दिने तर जग्गा नदिने !


चीनलाई खुशी पार्ने ज्यान दिने तर जग्गा नदिने !

काठमाडौं : झापा जिल्लाको दमक नगरपालिका, कमाल गाउँपालिका र गौरादह नगरपालिकाको भूभागलाई समेटेर चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको “नेपाल चीन औद्योगिक मैत्री पार्क” को जग्गाको मुआब्जा वितरण को विषयले उग्र रूप लिने देखिएको छ।

चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत करिब ६५ अर्बको लगानी रहने भनिएको उक्त मैत्री पार्कको निर्माणको लागि आफ्नो सदियौंदेखि हकभोग कायम रहेको जग्गाको मुआब्जा वितरणमा सरकारले लापरबाही गरी सर्वसाधारण जनतालाई उठिबास लगाउन खोजेको भन्दै स्थानिय उपभोक्ताहरूले एक सङ्घर्ष समिति नै गठन गरी आन्दोलनको घोषणा गरेका छ्न। दमक औद्योगिक पार्क सङ्घर्ष समिति नाम दिइएको सो समितिले जग्गाको मुआब्जाको निर्धारण वैज्ञानिक ढङगले नगरिएको आरोप लगाएको छ। उनीहरूले आफ्नो मागको सम्बोधनको लागि नेपाल सरकारका सबै सरोकारवाला कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् तर हालसम्म सरकारको कुनै पनि निकायले पीडितको आवाज नसुनेकोमा उनिहरूले दुःख प्रकट गरेका छन्। सङ्घर्ष समितिले सबै राजनैतिक दलहरूलाई समेत ध्यानाकर्षण पत्र बुझाएकोमा संघीय लिम्बुवान मन्चले मात्र पीडितको आवाजको पक्षमा बोलेको छ।

यही चैत्र २४ गते मंगलबार सङ्घर्ष समितिको आयोजनामा झापाको दमक, कमाल र गौरादहबाट २५ वटा सार्वजनिक बसमा आएका करीब १५०० पीडितहरुले झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले सङ्घर्ष समितिका संयोजक खगेन्द्र भट्टराईको संयोजनमा ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइ चन्द्रगढी चोकमा एक कोण सभा सम्पन्न गरेका छ्न। सभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष धनबहादुर पंधाकले पीडितको आवाजको सुनुवाई गर्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए। अध्यक्ष पंधाकले क्लिन पार्क बाट पीडित सर्वसाधारणको आवाजलाई लिम्बुवानले साथ दिने बताए।कोण सभामा सङ्घर्ष समितिका संयोजक खगेन्द्र भट्टराईले क्लिन पार्कबाट पीडितको आवाज सुनुवाई गर्न सरकारसङग आग्रह गरे। उनले क्लिन पार्क के हो? पार्क मा के के बन्छ ? लगायत प्रश्न उठाउदै स्थानिय जग्गादाता पुरा जानकारी गराउन समेत माग गरे। उनले मुआब्जा वितरणमा गल्ती भएकोले आफूहरुले कुनै पनि हालतमा कौडीको मूल्यमा आफ्नो जग्गा नदिने र आवश्यक परे निर्णायक आन्दोलन गर्ने चेतावनी समेत दिए। विभिन्न नारा लेखिएको प्ले कार्ड बोकी सर्वसाधारणहरू उल्लेख्य संख्यामा चन्द्रगढी आयका थिए।

स्थानीयलाई विश्वासमा नलिई प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको नेपाल चीन औद्योगिक मैत्री पार्क शिलान्यासमा मात्रै सिमित हुने सम्भावना बढेको छ। सरोकार वालाको मागको सम्बोधन नगरी निर्माण कार्य शुरू गरे आफुहरूले प्रतिकार गर्ने पीडित सुर्य राईले बताए। आफूहरु ज्यान दिने तर जमीन नदिने अधिकांशको पिडितको भनाई रहेको थियो। ओलिको चुनावी नारा दमक क्लिन पार्क हात्ती आयो हात्ती आयो फुस्सामा सिमित त हुँदैन भन्ने सर्वव्यापी चिन्ता बढन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ लगानीमा झापाको पार्कमा बनाउदा यसरी फस्छ नेपाल
  • २०७७ चैत्र २५, बुधबार १४:०६
  • In "देश"
  • दमक पार्कको नाममा चिनियाँको भुराजनीति बिस्तार हुँदै , नेपाललाई फायदा कि घाटा ?
  • २०७७ चैत्र २५, बुधबार १४:०६
  • In "कोशी प्रदेश"
  • घातक चिनियाँ ओबिओआर: ३० वर्षसम्म चिनियाँले सञ्चालन गरेपछि पार्क सरकारलाई हस्तान्तरण गर्ने !
  • २०७७ चैत्र २५, बुधबार १४:०६
  • In "देश"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

पत्रकारिता खोजमूलक नभएपछि वास्तविकताको नजिक पुगिँदैन : गुरुङ

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Next Post

प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह

अउदैछ छ माया बसेछ लभ स्टोरी

युवा संघ सिरहा अध्यक्षमा राजेश, ओलीको सरकार मुस्किलले अब एक वर्ष टिक्नेः युवा संघ अध्यक्ष शाही

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version