No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्डको तीन गल्ती जसले उनलाई सडकमा पुर्यायो

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेपालमा राजनीतिक प्रक्रिया एक महत्वपूर्ण बिन्दुमा पुगेको छ । जहाँ आज लगभग सबै महत्वपूर्ण खेलाडी एक उदास र कमजोर परिस्थितिको सामना गरिरहेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि प्रचण्ड र माधव कुमार नेपालद्वारा प्रदर्शित उत्साहका बावजूद आज परिस्थिति प्रचण्ड र माधव नेपालका लागि जटिल बनेको छ । जस्तो कि उनीहरु भन्दै आएका छन्, नेपाली राजनीतिमा धैर्यता र लचिलोपन सबैभन्दा मूल्यवान सम्पत्ति हो । तर सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी ओलीका तथाकथित प्रतिद्वन्द्विहरुको फाइदाका लागि स्थिति परिवर्तन हुनेछ र प्रधानमन्त्री ‌ओलीलाई हटाउन सकिनेछ भन्ने आकलन पछिल्लो घटनाक्रमबाट स्पष्ट रूपमा गलत सावित भएको छ ।

विडम्बना यो हो कि आज नेपाली राजनीतिका लगभग सबै ठूला नामहरु प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव र मुख्य रूपमा रामचन्द्र पौडेल नेतृत्वको नेपाली कांग्रेस अति कुण्ठित नेताहरुको समूह वस्तुतः अस्तित्व जोगाउनका लागि संघर्षरत छ । अर्कोतिर प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले उनीहरुका प्राथमिकतालाई सावधानीपूर्वक गणना गरेका छन् भने विभिन्न विकल्पका लागि अन्य नेताहरु जसरी गिरेका छैनन् ।

पछिल्लो परिस्थितिले पनि मानिसहरूलाई यस तथ्यबाट सचेत गराएको छ कि राजनीतिक अचेतता वा चतुर व्यक्तिहरू मात्र यस कठिन अवस्थामा बाँच्न सक्छन् । यो तथ्यलाई कोही पनि अस्वीकार गर्न सक्दैन कि २०१८ मा प्रचण्डले एमालेसँग एकीकरण गरेर सबैभन्दा ठूलो गल्ती गरे । जब कि उनसँग अहिले जस्तै गठबन्धान बनाउने विकल्प थियो । त्यो बेला उनको अपेक्षा एकदमै अधिक थियो । उनी शायद नेकपामा उक्त अपेक्षालाई अझै ठूलो बनाउनका लागि आश्वस्त थिए । उनले अहिले आएर महसुस गरे कि नेपाली राजनीतिमा सपना र आकांक्षा एक मृगतृष्णा हो । अध्यक्ष र प्रधानमन्त्री पद आधा/आधा बाड्ने इमान्दार सहमति गरेको कुरालाई जबरजस्ती अगाडि बढाउन खोज्नु प्रचण्डको दोस्रो गल्ती थियो । उनी सायद यो सोचिरहेका थिए कि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको रूपमा निरन्तरता दिएर उनी ठूलो मन भएको र उदार भइरहेका थिए । र कुनै ठूलो कुराले पुरस्कृत हुनेछन् । खैर, यसको विपरीत भएको छ । तेस्रो गल्ती उनले सन् २०२० को मध्यमा प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक सबै तयारी भएर आएको अविश्वासको प्रस्ताव रोक्ने मौका दिएर गरे ।

यी सबै परिणामस्वरूप प्रचण्डले वर्तमान कठिन परिस्थितिको सामना गरिरहेका छन् । वर्तमान संकटबाट आफूलाई बचाउनका लागि अब उनी हताश छन् कि उनलाई वास्तवमा अरुको समर्थन आवश्यकता छ जसलाई उनले पहिले वेवास्ता गरेका थिए । यद्यपि अन्य दलहरू र नेताहरूले पनि बुझेका छन् कि जसले आफ्नै असफलता र कमजोरीका कारण सबै थोक गुमाउनुपर्योय भने त्यस्तो व्यक्तिलाई समर्थन गर्दा उनीहरूले पनि आफू कठिन अवस्थामा पुग्न सक्छन् ।

जहाँसम्म माधव नेपालको कुरा छ, उनले पनि प्रधानमन्त्री ओलीले नेकपालाई तोड्न सर्वोच्च अदालतको दोस्रो फैसला (कट्टेल मुद्दा) उपयोग गर्ने सम्भावनालाई बुझ्नुपर्थ्यो । आकलन गर्नुपर्थ्यो । धेरै विश्लेषकहरूले यसको अनुमान गरेका थिए । तर हाम्रा वरिष्ठ राजनीतिज्ञहरू आश्चर्यचकित भए जस्तो देखिन्छ। आज माधव नेपाल आफूलाई शैतान र गहिरो समुद्रको बिचमा फसेको महसुस गर्छन् ।

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल हरेक समय पर्दा पछाडिको मञ्चको अभिनेता बनिरहेका छन् । किनकि ३ वर्षदेखि कांग्रेस नेताहरुको बिचमा शक्ति जुटाउन असफल रहे भने सभापति शेरबहादुर देउवाको कडा विरोध गर्न पनि सकेनन् । तथ्य यो हो कि पार्टीभित्र देउबाविरुद्ध अभिनय गर्ने कैयौ मञ्चहरुमा उनी कांग्रेसको निर्विवाद नेता बन्न सफल रहे । तर पनि धरातलमा आफ्नो बलियो स्थिति र पौडेल तथा अन्य पार्टीका नेताहरुको कमजोर पकडलाई संकेत गर्दछ । यदि देउवाको साँच्चिकै विरोध भयो भन्ने अवधारणालाई हेर्ने हो भने यो तीन वर्षमा देउवा विरोधी खेमा एकजुट भएर देउवाविरुद्ध उभिन किन असफल भयो ?

कांग्रेसमा अहिले यस्तो अवस्था छ कि जब लड़ाई हार्नेहरु सबै एक ठाउँमा आएका छन् र देउबाविरुद्ध पार्टीभित्र दबाव बढाएका छन् । यसबाट यो पनि थाहा हुन्छ कि देउवाविरुद्ध आन्तरिक प्रतिरोध निकै कमजोर र अप्रासंगिक छ । किनकि उनीहरुलाई देउवालाई चुनौती दिन माओवादी र जसपाको आवश्यकता छ । प्रचण्डको समर्थन र राष्ट्रपति बनाउने वाचाको कारणले मात्र पौडेल र उनको समूह देउवालाई पार्टीबाट पछार्न जागेको छ । देउवाविरुद्ध रहेका कांग्रेस नेताहरुको यो फेरि एक भयानक सानो, क्षणिक दृष्टि हो ।  यदि उनीहरूमा आत्मविश्वास थियो भने उनीहरूले आफ्नै बलमा लडाई लड्नुपर्थ्यो न कि अन्य कुनै पार्टी (प्रचण्ड) को समर्थनमा ।

वर्तमान अवस्थामा, गुमाउने र असफल हुने प्रवृत्तिमा रहेका अधिकांश नेताहरूसँग, रणनीति र अंकगणितमा बलियो र सफल नेताहरूलाई स्पष्ट रूपमा कमजोरबाट छुट्याउन सकिन्छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउबा दुबैले आफ्नो कार्डहरू राम्रोसँग खेलेका छन् र आफैंलाई सुरक्षित राखेका छन् । दुबैको बुझाइ छ कि अन्तिममा राष्ट्रिय राजनीतिमा अहिले देखिएको अन्यौल परिस्थितिको समाधान मध्यावधि चुनावका माध्यमबाट हुन सक्छ र त्यो दिशामा अगाडि बढ्नका लागि इच्छुक छन् । तुलनात्मक रुपमा प्रचण्ड, माधव नेपाल र पौडेलले माओवादी, जसपा र कांग्रेसबिच गठबन्धन सरकार गठन गर्ने योजना जटिल छ र टर्दै गएको छ ।

संसदीय राजनीतिमा कमजोर प्रचण्ड, लगभग विभाजित जसपा र कांग्रेसमा नेताहरुबिच कडा मतभेदले कहिले पनि यी तीन पक्षबिच सहकार्य सहज छैन । यदि बनिहालेमा पनि यस्तो सरकार ३ महिनाभन्दा पर जान सक्ने छैन । टिक्नै मुश्किल पर्ने छ ।

यी सबै नेताहरूले गठबन्धनको गठनका लागि हरेक सम्भावित रणनीति प्रयोग गरेको देखिन्छ । पौडेलले देउवालाई जसपाका सबै नेताहरूको समर्थन पाउन सक्ने आश्वासन पनि दिएका छन् । उनले देउवालाई रेशम चौधरीको कुनै पनि खालको रिहाई कांग्रेस पार्टीको हितविरुद्ध हुने भनेर सचेत पनि गराएका छन् । अर्थात रेशम चौधरी छुट्न नदिएर प्रधानमन्त्री ओली र जसपा गठबन्धन बन्न नदिने रणनीति प्रचण्डसँग मिलेका पौडेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

Next Post
चीनलाई खुशी पार्ने ज्यान दिने तर जग्गा नदिने !

चीनलाई खुशी पार्ने ज्यान दिने तर जग्गा नदिने !

प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह

प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे : मन्त्री साह

अउदैछ छ माया बसेछ लभ स्टोरी

अउदैछ छ माया बसेछ लभ स्टोरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

टिकटकमा लाइभ भिडियो प्रसारण गरिरहेकी मोडलको दिनदहाडै गोली हानी हत्या

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .