• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आफ्नौ सम्बन्ध ‘रअ’ संग रहेको प्रचण्ड र माधव नेपालको भनाई


आफ्नौ सम्बन्ध ‘रअ’ संग रहेको प्रचण्ड र माधव नेपालको भनाई

काठमाडौं । यस्तो छ प्रचण्ड र माधव नेपालको लामो सहकार्यमा विदेशी सेना, हतियार र सुरक्षा संयन्त्रको रसायन ।

१. प्रचण्डजी आफ्नो माधव नेपालसँगको दशकौँ लामो सहकार्यात्मक सम्बन्धको बारेमा बारम्बार चर्चा गर्नुहुन्छ । सन्दर्भहरूले त्यसलाई सावित पनि गरेका छन् । नेपालमा गणतन्त्र स्थापना मूलतः ‘रअ’ लगायतका  भारतीय गुप्तचर संगठन, श्याम सरणको प्रशासनिक नेतृत्वको भारतीय विदेश मन्त्रालय, सोनिया गान्धी नेतृत्वको  काङ्ग्रेस  र सिताराम येचुरीहरूको  नेतृत्व मण्डलीको भारतीय कम्युनिस्ट पार्टीको निर्णायक  भूमिका  रहेकोबारे दर्जनौ पुस्तक लेखिएका छन् । राजनाथ सिंह नेतृत्वको भारतीय जनता पार्टीको एउटा पाटो पनि त्यसमा परोक्षरूपमा जोडिएको थियो । तर लालकृष्ण आडवाणी जस्ता वरिष्ट नेताहरू भाजपाको त्यो पाटोबारे अनभिज्ञ रहेका थिए भन्ने कुरा आडवाणीको आत्मकथा ‘माई कन्ट्री माई लाइफ’ बाट प्रष्ट हुन्छ ।

२. ‘रअ’ ले मिलाइदिएको व्यवस्था अनुसार श्यामसरण प्रचण्ड र बाबुरामलाई सिलिगुढीमा भेटेर नेपाल आए र सोझै नेपाली सेनाको मुख्यालयमा गएर प्रधानसेनापति प्यारजंग थापालाई हामी पट्टि कि राजा पट्टि भनेर धम्की दिएका र थापाले उनका सामू ‘त्वं शरणं’ गरेको बारेमा पनि धेरै लेखिसकिएको  छ । विवेक शाह, एसडी मुनी, कान्तिपुरका प्रचण्ड निकट मानिने प्रधान सम्पादक सुधीर शर्मा र स्वयम् श्यामसरणका पुस्तकहरूले यसलाई प्रष्ट पारेका छन् ।

माओवादी निकट पत्रकार शुभ शंकर कँडेलको पुस्तक ‘अवतरण’ मा प्रचण्ड र बाबुरामले पनि त्यो भारत सम्वन्धलाई स्वीकार गरेका छन् । यता श्यामसरण  प्रचण्ड र बाबुरामसँगको परामर्श अनुसार  प्रधानसेनापतिलाई आत्मसमर्पण गराउने कार्य होइरहँदा, युरोपीय मुलुकका राजदुतहरू हूल बाँधेर गिरिजाप्रसाद कोइरालाको निवासमा हरहालतमा राजासँग सम्झौता नगर्न चेतावनी दिन गएको आन्दोलनकारी भीडसँग एकता प्रदर्शनको नाउँमा दवाव दिन गएकोबारे विश्व बैंकको नेपाल र दक्षिण एसिया शाखामा लामो समय कार्यरत दाता संगठन र राष्ट्रसँग निकट रहेर काम गरेका राजीब उपाध्यायले आफ्नो पुस्तक “क्याबाल्ज एण्ड कार्टेल्स” पृष्ठ १०९मा उल्लेख गरेकाछन् ।

६२-६३ को आन्दोलन र नेपालमा गणतन्त्रको स्थापनामा युरोपेली मुलुकहरूको सरोकार जोड्न र त्यसलाई मुखरित पार्न वाह्य सहयोग र अनुदानमा बाँचेका र पालिएका तत्कालीन एमाले निकट एनजीओहरू र तिनको  सञ्जालको निर्णायक योगदान थियो । विदेश विभाग समेत हेर्ने तत्कालीन एमाले महासचिव माधव नेपालको सम्वन्ध एमाले निकटका ती एनजीओसँग मात्रै थिएन, ती एनजीओलाई वाह्य अनुदान र सहयोग (खास गरेर युरोपेली मुलुकहरूको सहयोग) उपलव्ध गराउनमा समेत माधव नेपालको राजनीतिक हैसियतको उपयोग-दुरूपयोग हुन्थ्यो ।

त्यस्तो सम्बन्धलाई बलियो र स्थायी बनाउने क्रममा नै माधव नेपालजीको होली वाइन ग्रुप सहितका विभिन्न इसाई संगठन र तिनको प्रभावका युरोपीय मुलुकसँग सम्बन्ध जोडिएको बुझ्न सकिन्छ । कृष्ण बहादुर महरा लगायतका माओवादीका विभिन्न नेताहरूको विभिन्न मुलुकहरूको चर्च सम्बन्ध पनि युरोपका मुलुकसँगको सहयोग र सुरक्षाको लक्षवाट परिचालित भएको देखिन्छ ।

माओवादीहरूलाई युरोपमा त्यस्तो सम्बन्ध गाँसिदिन आफूले सक्दो र सफल सहयोग गरेकाबारे नेपालका चर्चित इसाई नेता डा. के बी रोकायाले बारम्बार भनेका छन् ।

३. प्रचण्ड र बाबुरामको भारतीय गुप्तचर सँस्थासँगको सहकार्य जग जाहेर भएकोबारे माथि उल्लेख गरियो । तर माधवकुमार नेपालको त्यस्तो सम्बन्ध र सहकार्यबारे थोरै चर्चा हुन्छ तर वास्तवमा माधवकुमार नेपालको त्यस्तो सम्बन्ध प्रचण्ड र बाबुरामको भन्दा पनि पुरानो देखिन्छ । यसलाई नेपालको कम्युनिस्ट आन्दोलनका वरिष्ट तथा  मालेका संस्थापक नेता राधाकृष्ण मैनालीले आफ्नो चार वर्ष अघि प्रकाशित पुस्तकू नलेखिएको इतिहास पृष्ठ १२३-१२४ मा प्रष्ट पारेका छन् ।

मैनाली अनुसार २०४६ साल फागुन २० र २१ गतेको तत्कालीन मालेको केन्द्रिय समितिको बैठकमा माधवकुमार नेपालले भारतका एउटा अत्यन्त जिम्मेवार व्यक्तिबाट नेपालमा राजसंस्था हटाउन हातहतियार सहितको भारतीय सेना पठाउने प्रस्ताव आएकोले सो प्रस्तावलाई स्वीकार गरेर नेपालमा गणतन्त्र स्थापना गर्ने प्रस्ताव राखेका थिए ।

महासचिव मदन भण्डारीले त्यसलाई ठाडै अस्वीकार गरे ।

केही दिन पछिको माले केन्द्रिय समितिको बैठकमा फेरी भारतको त्यस्तै जिम्मेवार तहवाट हतियार पठाइदिने र भारतीय सेनामा रहेका नेपाली सिपाहीहरूलाई बिदाको नाऊँमा नेपाल पठाइदिने उनीहरूलाई प्रयोग गरेर राजतन्त्र समाप्त पार्नै पर्ने प्रस्ताव माधव नेपालले राखेका थिए । भनिरहनु परेन, मदन भण्डारीले त्यसलाई पुन: अस्वीकार गरे । नेपाली भूमिमा वाह्य सेना र शक्ति उपयोग गरेर कुनै राजनीतिक अभिष्ट प्राप्ति र सिद्धिमा आफू र आफ्नो पार्टी कहिल्यै संलग्न हुन नसक्ने उनको प्रतिवद्धता त्यतिखेर अभिव्यक्त भएको थियो ।

तत्कालीन मालेमा वरिष्ट हैसियतका नेता, ४६ सालको जनआन्दोलनको अन्त्य गर्ने क्रममा राजासँगको सम्झौतामा किसुनजी, गणेशमानजी, गिरिजाबाबु र सहाना प्रधानसँग समेत सहभागी राधाकृष्ण मैनालीको यो खुलासाले माधव नेपाल नेपालमा भारतीय सेना भित्र्याएर राजसंस्था अन्त्य गर्नमा २०४६ साल देखि नै सक्रिय  हुनुहुन्थ्यो  भन्ने प्रष्टहुन्छ ।

४. भारतीय गुप्तचर संयन्त्रसँगको त्यतिखेर देखिकै सम्बन्धको बलमा मदन भण्डारी र जीवनाथ आश्रितको रहस्यपूर्ण दुर्घटनामा भएको निधन पछि पार्टीका अन्य वरिष्ट नेताहरूलाई उछिन्दै माधव नेपालजी एमालेको महासचिव बन्नु भएको बुझ्न गाह्रो छैन । भारतीय हतियार र सेना मार्फत नेपालमा गणतन्त्र स्थापना गर्ने माधव नेपालजीको त्यो पुरानो लक्षलाई प्रचण्ड र बाबुरामजीले माओवादी विद्रोह मार्फत सजिलो पारिदिए । सहज र सरल बनाइदिए ।

माओवादी युद्धताकाका कतिपय घटनामा विदेशी सेनाको उपस्थितिलाई सङ्केत गर्ने साक्ष र सन्दर्भहरू नेपाली मिडियामा आएका पनि हुन् । दृश्यमा अगाडि अगाडि प्रचण्ड र बाबुराम पर्दा पछाडिबाट माधव कुमार नेपाल र वामदेव गौत्तमहरूको गूट माओवादी विद्रोहसँग जोडिएको त्यतिखेर देखि नै देखिएको हो ।

स्मरणीय छ केपी ओलीजी निकट मानिने कुनै एमाले नेता माओवादी गतिविधिसँग त्यसरी गाँसिएका देखिएनन् ।

माधव नेपाललले उनीहरूलाई त्यस्तो कार्यमा पत्याउनु भएको बुझिएन ।

(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको टिप्पणी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनसित समझाैतामा हस्ताक्षर मात्र भयो, कार्यान्वयन भएन
  • २०७७ चैत्र १९, बिहीबार २१:१३
  • In "देश"
  • के ओलीको कदममा भारतको साथ छ ?
  • २०७७ चैत्र १९, बिहीबार २१:१३
  • In "थप"
  • भारतमा केपी ओलीका दूतले भोगेको यत्रो अपमान !
  • २०७७ चैत्र १९, बिहीबार २१:१३
  • In "देश"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

दक्षिण एसियामै नेपालमा महिलाहरुका लागि सामाजिक सञ्‍जाल सुरक्षित : भारतीय अध्ययन

महन्थ ठाकुरको प्रधानमन्त्री दाबी

ओलीले नै गर्लान त मधेशको मागको सम्बोधन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version