• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल


ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भनेका छन् ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएका छन् । उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताएका छन् ।

यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले अनलाइनखबरसँग भने, ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो । सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’

एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताए ।

यो लोकतान्त्रिक स्थिरताका साथ मुलुकले लिएको संकल्प र विश्वासमाथि भइरहेको आक्रमणमध्ये अन्तिम चरणको पहिलो किस्ता हुनसक्ने भन्दै उनले भने, ‘ओलीको यो कदम सफल हुने भनेको कम्युनिस्ट आन्दोलन र मुलुकले हार्ने कुरा हो ।’

एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको उनले बताए । ‘ओलीजीका यस अगाडिका हर आक्रमणलाई परास्त गरेझैं यो आक्रमणलाई पनि परास्त गरिने छ’ एमाले उपमहासचिव भुसालले भने, ‘यो मुलुकको कम्युनिस्ट आन्दोलनमा एमालेले बनाएको जुन सामर्थ्य र जीवनशक्ति छ । त्यसलाई संगठित गरेर यसलाई परास्त गरिनेछ ।’

संसद विघटन, एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि तेस्रो किस्ताका रुपमा यो कदम आएको भन्दै उनले न्यायिक र वैधानिक हिसाबले च्यालेन्ज गर्ने बताए । ‘राजनीतिक हिसाबले त भर्त्सनायोग्य, निन्दायोग्य छ’ उनले भने ।

माधव नेपाल पक्षमा रहेका उपमहासचिव भुसालले कुनै न कुनै ठाउँमा लगेर ओलीलाई सुधार्न सकिन्छ वा ओलीजीको गलत प्रवृत्तिबाट पार्टीलाई मुक्त पार्न सकिन्छ भनेर अहिलेसम्म ओलीसँग रहेका नेताहरुले पनि यसबारे सोच्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन्
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:४४
  • In "देश"
  • ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:४४
  • In "देश"
  • महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार
  • २०७७ फाल्गुन २८, शुक्रबार १८:४४
  • In "BannerNews"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

‘ओलीले संविधानमा पारेको भ्वाङ टाल्न कांग्रेसले सरकार चलाउनु पर्छ’

बारामा भेटिएको शवको पहिचान खुल्यो

आफैंले थालेको छानविनमा फसे जर्साब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version