• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार


महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार

काठमाडौं । केपी शर्मा ओलीलाई दोस्रो पटक अध्यक्ष वनाउँदै नेकपा एमालेको दसौं महाधिवेशन सकिएको छ। महाधिवेशनबाट अध्यक्ष ओलीले ‘कम्फर्टेवल टिम’ तयार गरेका छन् ।

महाधिवेशन प्रतिनिधिले मत दिने आफ्नो अधिकार ओलीलाई सुम्पिएर केन्द्रीय कमिटी र पदाधिकारीको सूची तयार पारिएको थियो । सोही अधिकार प्रयोग गर्दै ओलीले आफूप्रति बफादारहरूको केन्द्रीय समिति र पदाधिकारीको सूची बनाए।

यद्यपी भिम रावल, घनश्याम भुसाललगायतका नेताहरुले उनको सूचीलाई अस्विकार गरे। तर, ओलीको प्रस्ताव अस्विकार गर्ने र उनको आलोचना गर्नेहरु सम्पूर्ण रुपमा पराजित भएका छन् । फरक मतको नेतृत्व गर्नेहरू बाहिरिएसँगै ओलीप्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई चयन गरे। सोही पदमा उम्मेदवारी दिने अडान लिएका सुवासचन्द्र नेम्वाङलाई पाखा लगाएर पोखरेललाई स्थापित गरे ओलीले। पूर्व माओवादी नेता रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डे उपाध्यक्ष वने।

अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा ओलीले ढाल वनेर उभिँदै आएका शंकर पोखरेल निर्विरोध भए । उपमहासचिवमा पनि ओलीले आफ्ना बफादारहरूलाई नै अगाडि सारे । विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीपकुमार ज्ञवालीलाई उपमहासचिवको जिम्मेवारी दिईएको छ।

सचिव पदमा १० बुँदे सम्झौता गरी एमालेमै फर्किएका र पछिल्लो समय ओलीका क्रियाकलापप्रति कुनै प्रश्न नउठाएका योगेश भट्टराई र गोकर्ण विष्टलगायत छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, रघुवीर महासेठ र लेखराज भट्टलाई समेटिएको छ।

ओलीको प्रश्ताव विरुद्ध उभिएका भीम आचार्य र पूर्वराजदूत टंक कार्की निर्वाचनमा पराजित भए ।

जानकारहरुका अनुसार यस पटक ओलीको गुणगान नगाउने र उनको आलोचना गर्ने राम्रा र स्वच्छ छविका नेतासमेत वढारिएका छन् । विन्दा पाण्डे, लालबाबु पण्डित, विशाल भट्टराई लगायतका नेता छाँटिए ।

तथापी १९ जना पदाधिकारी चुनिएका मध्ये ५ जना निर्विरोध चुनिएका छन् भने १४ जनाले चुनावी प्रतिष्पर्धा गरेका छन्। अध्यक्षदेखि सचिवसम्म १४ पदका लागि चुनाव भएको थियो। १४ पदका लागि १८ जनाले उम्मेदवारी दिएका थिए।

यस्ता छन एमालेका नयाँ पदाधिकारी  प्राप्त मत

अध्यक्ष– केपी शर्मा ओली (१८४०)

वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल (निर्विरोध)

महासचिव– शंकर पोखरेल (निर्विरोध)

उपाध्यक्षहरू
अष्टलक्ष्मी शाक्य (१९७६)
सुरेन्द्र पाण्डे (१९२५)
सुवास नेम्वाङ (१८६५)
विष्णु पौडेल (१८५६)
युवराज ज्ञवाली (१८४२)
रामबहादुर थापा ’बादल’ (१७६८)

उपमहासचिवहरू
प्रदीप ज्ञवाली (निर्विरोध)
पृथ्वीसुब्बा गुरूङ  (निर्विरोध)
विष्णु रिमाल (निर्विरोध)

सचिवहरू
गोकर्ण विष्ट (१९७६)
योगेश भट्टराई (१९६४)
पद्मा अर्याल (१८००)
छबिलाल विश्वकर्मा (१८००)
लेखराज भट्ट (१७०४)
टोपबहादुर रायामाझी (१७००)
रघुवीर महासेठ (१५१३)

१९ पदाधिकारी मध्ये ९ जना पहिलो पटक एमाले पदाधिकारी बनेका हुन्। सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा ‘बादल’,  विष्णु रिमाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायामाझी र रघुवीर महासेठ पदाधिकारीमा नयाँ अनुहार हुन ।

पदाधिकारीमा रघुवीर महासेठ मधेशीतर्फवाट र छविलाल विश्वकर्मा दलितवाट प्रतिनिधित्व गर्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली कांग्रेससँग सहकार्य गर्न नेकपा एमाले तयार छ : अध्यक्ष ओली
  • २०७८ मंसिर १६, बिहीबार १३:३५
  • In "BannerNews"
  • युवा संघ सिरहा अध्यक्षमा राजेश, ओलीको सरकार मुस्किलले अब एक वर्ष टिक्नेः युवा संघ अध्यक्ष शाही
  • २०७८ मंसिर १६, बिहीबार १३:३५
  • In "मधेश प्रदेश"
  • चोलेन्द्रको बचाउ गर्दै ओलीले भने : न्यायको पक्षमा उभिँदा महाअभियोग
  • २०७८ मंसिर १६, बिहीबार १३:३५
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

विमानस्थलबाट बुधबार १५ किलो ‘झिटिगुन्टा’ सुन बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version