No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘पहिले कांग्रेस निर्णायक थियो, अब जसपा’

‘पहिले कांग्रेस निर्णायक थियो, अब जसपा’

काठमाडौं । भावी सत्ता समीकरण सम्बन्धमा संसदमा रहेका दलहरुबीचमा औपचारिक र अनौपचारिक छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले जनता समाजवादी पार्टीका नेताहरुसँगको वार्ता गरिरहेका छन् । सत्ता समीकरणकै सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेताहरुसँग एकसरो छलफल सकेका छन् ।

सत्ता समीकरणको सम्बन्धमा अनलाइनखबरले कुरा गरेका आधा दर्जन नेपाली कांग्रेसका नेताहरुले सत्ता समीकरण कता जान्छ र पार्टीले के गर्ने भन्नेमा स्पष्ट नभइसकेको बताए ।

देउवा निकट एक नेताका अनुसार देउवा यतिबेला निकै होसियारीपूर्वक आन्तरिक र वाह्य परिस्थिति नियालिरहेका छन् । ती नेताले भने, ‘प्रचण्ड र माधव नेपालले पटक पटक प्रधानमन्त्रीको प्रस्ताव गरेपनि परिस्थति त्यता जाने परिपक्व अवस्था बनिसकेको छैन ।’ पछिल्लो समयमा देखिएका तीन घटनाक्रमका कारण देउवाले एकदमै होसियारीपूर्वक कदम चाल्ने पक्षमा छन् ।

कांग्रेसका नेताहरुका अनुसार हिजो सरकार निर्माणमा कांग्रेस निर्णायक थियो तर अहिले जसपा निर्णायक भएकाले पनि पार्टीले लिने पहलमा केही फरक आएको हो । कांग्रेसले सो दलभित्रको आन्तरिक राजनीति कसरी अगाडि जान्छ भन्ने पनि नजिकबाट नियालिरहेको छ ।

पहिलो, नेकपा एमाले र माओवादी केन्द्रकै गठबन्धन सरकारलाई निरन्तरता दिने प्रयास । एमाले र माओवादी केन्द्र दुवै पार्टीका केही नेता दुई पार्टीको संयुक्त सरकार निर्माण गर्ने गृहकार्यमा छन् । त्यही भएर नै नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

एक नेताका अनुसार केही दिन अगाडि भएको भेटमा देउवाले प्रचण्डलाई समर्थन फिर्ता किन नलिएको भनी सोधेका थिए तर उनले स्पष्ट जवाफ दिएनन् । देउवा निकट केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भन्छन्, ‘मेरो व्यक्तिगत विचारमा अहिले दुई कम्युनिष्ट पार्टी मिल्ने सम्भावना कम छ । तर, हामीसँग सरकारमा बसेर एमालेसँग गठबन्धन बनाउने प्रचण्डको शैलीप्रति हामी परिचित छौं ।’

विश्वकर्मा अगाडि भन्छन्, ‘तर यस पटक उहाँहरुले हामीलाई ‘यस्तो तिक्ततासहित छुटिएका छौं, तत्काल मिल्ने सम्भावना छैन ज्यादा आशंका नगर्नुस्’ भन्नुभएको छ ।’

दोस्रो, प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिएमा जनता समाजवादी पार्टी नेपाललाई सरकारमा ल्याएर वहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् । ओली निकट केही नेता सो पार्टीसँग निरन्तर वार्तामा छन् । उनीहरु जसपाले उठाएको सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधनलगायतका विषयमा कुराकानी गरिरहेका छन् ।

कांग्रेसका नेताहरुका अनुसार हिजो सरकार निर्माणमा कांग्रेस निर्णायक थियो तर अहिले जसपा निर्णायक भएकाले पनि पार्टीले लिने पहलमा केही फरक आएको हो । कांग्रेसले सो दलभित्रको आन्तरिक राजनीति कसरी अगाडि जान्छ भन्ने पनि नजिकबाट नियालिरहेको छ ।

नेता विश्वकर्मा भन्छन्, ‘पहिले कांग्रेस निर्णायक थियो अब जसपा निर्णायक भयो । निर्णायक शक्ति जसपा भएको हुनाले ऊ एकमुष्ट रुपमा प्रस्तुत हुन्छ कि हुँदैन भन्ने चासो पनि छ । जसपालाई एकमुष्ट ठीक ठाउँमा उभ्याउन दलहरुबीच छलफल भइरहेको छ ।’

तेस्रो, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरामा कांग्रेस अझै विश्वस्त भइसकेको छैन । त्यसमाथि जसपाले उठाएका मागहरु सम्बोधन गर्न सक्ने अवस्थामा देउवा छैनन् ।

उनी निकट एक नेताका भनाइमा, ‘समग्रमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन्छ भन्ने नै यकीन छैन । त्यसैले अहिले नै सरकार निर्माणको पहल गर्ने भनेर अगाडि बढ्न सकिने अवस्था रहेन, त्यसमाथि हाम्रो संख्या एकदमै कम छ ।’

देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँडले सत्ता समीकरणका सम्बन्धमा विस्तृतमा बताउन चाहेनन् । उनले भने, ‘यो विषयले अहिले ठोस आकार लिइसकेको छैन छलफलकै क्रममा छौं ।’

कांग्रेसका नेताहरु माओवादी र जसपासँग पनि निरन्तर वार्तामा छन् । विश्वकर्मा भन्छन्, ‘कांग्रेसले अहिले केपी ओली नेतृत्वको विकल्पमा बन्ने सरकारलाई मध्यनजर गरी सबैसँग खुला छलफल गर्ने सल्लाह गर्ने र सहकार्यका लागि लचिलो बन्ने भनेको छ ।’

आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माण हुने वा नहुने यकीन नभएपछि अब देउवाको ध्यान भदौमा हुने महाधिवेशनमार्फत सभापतिमा निर्वाचित हुनेमा छ । तर उनले पुन सभापतिमा उठ्ने तयारी भने गरिसकेका छन् । उनी २०७४ सालमा आफू सभापति हुँदा पार्टीेले निर्वाचनमा नराम्रोसँग पराजय भोगेको र पुन: सभापति भएर निर्वाचनमार्फत पार्टीलाई ठूलो पार्टी बनाएर मात्र राजनीतिबाट अवकाश लिने सोचाइमा छन् ।

केही दिनअघि पार्टी आबद्ध जनजाति नेताहरुसँगको भेटमा देउवाले आफ्नो एकमात्र उद्देश्य पार्टी सभापति हुनु रहेको बताएका थिए । कांग्रेसले २०७८ भदौमा महाधिवेशन गर्नेगरी कार्यतालिका अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा

हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा

सीमा नाका चाँडै पूर्ववत् रुपमा खुला हुन्छ : ईश्वर पोखरेल

सीमा नाका चाँडै पूर्ववत् रुपमा खुला हुन्छ : ईश्वर पोखरेल

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .