• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल


पार्टी एकता गर्दा ढंग नपुगेकाले समस्या भयो : ईश्वर पोखरेल

काठमाडौं । ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरी पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या आएको बताए ।

विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको भन्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

उनले भने, ‘हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुर्‍याएकै हो । एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने र चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो पर्‍यो ।’ अब सर्वोच्च अदालतको फैसलापछि नया ढंगले पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनु पर्ने उनको भनाइ छ ।

नेकपामा ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै उनले सबैलाई विश्वस्त हुन आग्रह समेत गरे ।

उनले भने, ‘नेकपा एमालेको ९ औं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुँदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीबात छैन जानुहुन्छ ।’

उनले नेकपा एमाले सूर्य चिन्हसहित सबैलाई समेटर अघि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफूहरुले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको उनको तर्क थियो । उनले प्रतिनिधिसभा पुनर्स्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेकपा भित्रैका नेताहरुबाट भइरहेको दाबी गरे ।

उनले भने, ‘अहिले तमासा के रे भने । आफ्नो झण्डै झण्डै दुई तिहाइको समर्थनमा सरकार छ । त्यो सरकारको प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कसलाई बनाउने भन्दा बूढानीलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भइदेऊ भन्ने यस्तो घिनलाग्दो काम यही नेकपा भित्रका नेताहरुबाट भइरहँदा यो कति निन्दनीय कुरा हो ? कति दुःखको कुरा हो यो । त्यसकारण अहिले जुन बिग्रह पैदा भएको छ, त्यसपछाडि सत्ताको लिप्सा, ईष्या कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।”

उनले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाइ गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुःखद भएको बताए ।

महिला अधिकार कसैले दिएर दिइने विषय नभएको उल्लेख गर्दे उनले श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गरे ।

उनले भने, ‘महिला अधिकार कसैले दिएर दिइँदैन । यो श्रम र उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसँग गाँसिएको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा जमिनको लालपुर्जा दिँदा महिलाको नाममा हुँदा दस्तुर मिनाहा गर्ने खालको कुरा पनि प्रारम्भ भयो । जहिलेसम्म सम्पत्तिमाथि पुरुष सरह महिलाको अधिकार हुँदैन त्यसबेलासम्म महिला स्वतन्त्र हुन सक्क्तैन । महिलाको मेहनतलाई श्रमको रुपमा नबुझ्ने हाम्रो परम्परा र बुझाइ छ । महिलाले घरभित्र गर्ने काम पनि ठूलो श्रम हो भनेर बुझ्नुपर्छ त्यो नबुझेसम्म समानता हुँदैन । ”

आफूलाई ठूला घरानीया भन्नेहरुले श्रीमतीको नाममा लालपुर्जा बनाएर सम्पत्ति माथिको अधिकार छ भनेर देखाउने गरेको भन्दै त्यसलाई समानता र अधिकारको कडी मान्न नसकिने तर्क उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माओवादी नेताहरू कम्युनिस्ट भन्दा कमाउनिस्ट भए
  • २०७७ फाल्गुन २४, सोमबार १९:४३
  • In "BannerNews"
  • ‘पार्टीभित्रकै हरिया साँपले डसे, त्यसैले प्रतिपक्षमा छौं’
  • २०७७ फाल्गुन २४, सोमबार १९:४३
  • In "गण्डकी प्रदेश"
  • प्रचण्डले बनाएको डुङ्गा अब डुब्ने खतरामा
  • २०७७ फाल्गुन २४, सोमबार १९:४३
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

कसरी कार्यान्वयन हुन्छ एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला ?

श्रमिक महिलालाई साइकल, एकल महिलालाई रातो टिका र पछ्यौरा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version