• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्


मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्

सप्तरी । सप्तरीको मलेठमा प्रहरी आक्रमणमा ५ जनाको मृत्यु भएको आज ४ वर्ष पुगेको छ ।

तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा राखेपछि तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

एमालेले अभियान प्रारम्भ गर्दा मधेशी मोर्चा (राजपाभित्रका तत्कालीन ६ दल र तत्कालीन फोरम नेपाल) ले सप्तरीमा कार्यक्रम हुन नदिने जनाएको थियो ।

एमाले कार्यक्रम गरेरै छाड्ने र मधेशी मोर्चा हुन नदिने अडानका बीच भएको कार्यक्रमले हिंसात्मक मोड लिएको थियो ।

सोही क्रममा प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।

एमालेको उक्त कार्यक्रमले हिंसात्मक मोड लिएका कारण सप्तरीमा त्यो दिनलाई ‘कालो दिन’ का रुपमा चिनिन्छ ।

ओलीले त्यसबेला भनेका थिए– गाछीबाट एउटा आँप झर्दैमा केही हुँदैन । त्यस्तै ओलीले नै त्यसबेला भनेका थिए( मानव साङ्लो बनाउँदा माक्खे साङ्लो ।

ओलीका अभिव्यक्तिले मधेशी मोर्चा झनै आक्रमक रुपमा प्रस्तुत हुनथाले ।

अझ एमालेले मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा सभा गर्ने भएपछि मोर्चा थप चिढियो ।

त्यसपछि मोर्चाले कार्यक्रम हुनै नदिने र एमालेले गरेरै छाड्ने अड्डी कसे ।

२०७३ फागुन २० गते सप्तरीका सुरक्षा निकायले तत्कालीन एमाले र मोर्चा दुवै पक्षलाई राखेर बैठक समेत गरायो ।

सुरक्षा निकायले तत्कालीन एमालेलाई राजविराजमा नगरी कञ्चनरुपमा कार्यक्रम गर्न सुझाव दियो । माहौल हेरेर एमाले त्यसबेला एक कदम पछाडि हट्यो ।

राजविराज बजारमा नै आमसभा गर्ने उसको तयारी अवस्था राम्रो नरहेको रिपोर्टिङ भएपछि सर्‍यो । र, मलेठको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्‍यो ।

मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम भइरहँदा त्यसभन्दा करिब ३०० मिटर दक्षिणको मलेठ चोकमा मधेसी दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे ।

दिउँसो करिब ४ः४५ बजेतिर तत्कालीन एमाले अध्यक्ष ओलीको मन्तव्य सकिनासाथ आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भयो ।

झडपको क्रममा सुरक्षा निकायले चलाएको गोली लागी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भयो ।

प्रहरीको गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको पनि उपचारका क्रममा सोही दिन मृत्यु भयो ।

त्यस्तै घाइतेहरु वीरेन्द्र महतो र इनरदेव यादवले उपचारका क्रमाम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाए ।

राष्ट्रि मानव अधिकार आयोगले मलेठ घटना छानविन गरी प्रतिवेदन त सार्वजनिक गर्‍यो । तर प्रदेश २ सरकारले उक्त प्रतिवेदन यथार्थ नभएको ठहर गरे ।

उसले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा यो घटना छानबिन गर्न २०७४ साउन ७ गते समिति गठन गर्‍यो ।

समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्रिपरिषदमा प्रतिवेदन पेश गर्ने भनिएको थियो ।

तर समितिले ३ बर्ष बितिसक्दा पनि प्रतिवेदन तयार पारेको छैन ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य रहेको सो समितिमा मुख्य न्यायाधिवक्ता कार्यालयका तत्कालिन उपन्यायधिवक्ता कृष्णप्रसाद बराललाई सदस्य सचिवमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मलेठ घट्नाका शहीदलाई सम्झे मुक्ति पार्टीका नेताले
  • २०७७ फाल्गुन २३, आईतवार २०:५६
  • In "BannerNews"
  • मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’
  • २०७७ फाल्गुन २३, आईतवार २०:५६
  • In "BannerNews"
  • आज १८ औं बलिदानी दिवस मनाइँदै
  • २०७७ फाल्गुन २३, आईतवार २०:५६
  • In "BannerNews"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

लोकसेवा आयोगको प्रहरी जवानको लिखित परीक्षा निदे २२ जना नक्कली परीक्षार्थी फन्दामा

भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकले लगाए गाउँपालिकामा ताला

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version