• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्


मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्

सप्तरी । सप्तरीको मलेठमा प्रहरी आक्रमणमा ५ जनाको मृत्यु भएको आज ४ वर्ष पुगेको छ ।

तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा राखेपछि तत्कालीन मधेसी मोर्चाले विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

एमालेले अभियान प्रारम्भ गर्दा मधेशी मोर्चा (राजपाभित्रका तत्कालीन ६ दल र तत्कालीन फोरम नेपाल) ले सप्तरीमा कार्यक्रम हुन नदिने जनाएको थियो ।

एमाले कार्यक्रम गरेरै छाड्ने र मधेशी मोर्चा हुन नदिने अडानका बीच भएको कार्यक्रमले हिंसात्मक मोड लिएको थियो ।

सोही क्रममा प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।

एमालेको उक्त कार्यक्रमले हिंसात्मक मोड लिएका कारण सप्तरीमा त्यो दिनलाई ‘कालो दिन’ का रुपमा चिनिन्छ ।

ओलीले त्यसबेला भनेका थिए– गाछीबाट एउटा आँप झर्दैमा केही हुँदैन । त्यस्तै ओलीले नै त्यसबेला भनेका थिए( मानव साङ्लो बनाउँदा माक्खे साङ्लो ।

ओलीका अभिव्यक्तिले मधेशी मोर्चा झनै आक्रमक रुपमा प्रस्तुत हुनथाले ।

अझ एमालेले मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा सभा गर्ने भएपछि मोर्चा थप चिढियो ।

त्यसपछि मोर्चाले कार्यक्रम हुनै नदिने र एमालेले गरेरै छाड्ने अड्डी कसे ।

२०७३ फागुन २० गते सप्तरीका सुरक्षा निकायले तत्कालीन एमाले र मोर्चा दुवै पक्षलाई राखेर बैठक समेत गरायो ।

सुरक्षा निकायले तत्कालीन एमालेलाई राजविराजमा नगरी कञ्चनरुपमा कार्यक्रम गर्न सुझाव दियो । माहौल हेरेर एमाले त्यसबेला एक कदम पछाडि हट्यो ।

राजविराज बजारमा नै आमसभा गर्ने उसको तयारी अवस्था राम्रो नरहेको रिपोर्टिङ भएपछि सर्‍यो । र, मलेठको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्‍यो ।

मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेको कार्यक्रम भइरहँदा त्यसभन्दा करिब ३०० मिटर दक्षिणको मलेठ चोकमा मधेसी दलका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरे ।

दिउँसो करिब ४ः४५ बजेतिर तत्कालीन एमाले अध्यक्ष ओलीको मन्तव्य सकिनासाथ आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भयो ।

झडपको क्रममा सुरक्षा निकायले चलाएको गोली लागी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भयो ।

प्रहरीको गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको पनि उपचारका क्रममा सोही दिन मृत्यु भयो ।

त्यस्तै घाइतेहरु वीरेन्द्र महतो र इनरदेव यादवले उपचारका क्रमाम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाए ।

राष्ट्रि मानव अधिकार आयोगले मलेठ घटना छानविन गरी प्रतिवेदन त सार्वजनिक गर्‍यो । तर प्रदेश २ सरकारले उक्त प्रतिवेदन यथार्थ नभएको ठहर गरे ।

उसले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा यो घटना छानबिन गर्न २०७४ साउन ७ गते समिति गठन गर्‍यो ।

समितिले १५ दिनभित्र मलेठ घटनाको निष्पक्ष छानविन गरी मन्त्रिपरिषदमा प्रतिवेदन पेश गर्ने भनिएको थियो ।

तर समितिले ३ बर्ष बितिसक्दा पनि प्रतिवेदन तयार पारेको छैन ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य रहेको सो समितिमा मुख्य न्यायाधिवक्ता कार्यालयका तत्कालिन उपन्यायधिवक्ता कृष्णप्रसाद बराललाई सदस्य सचिवमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

लोकसेवा आयोगको प्रहरी जवानको लिखित परीक्षा निदे २२ जना नक्कली परीक्षार्थी फन्दामा

भत्ता नदिएको भन्दै ज्येष्ठ नागरिकले लगाए गाउँपालिकामा ताला

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version