• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रवीण बास्तोला मृत्यु प्रकरण : प्रहरीले मिसिलमा फोटो फेरेको पुष्टि


प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश

 विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धानमा कमजोरी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राई नेतृत्वको टोलीले अनुसन्धानमा प्रहरी अधिकृतको कमजोरी रहेको निष्कर्ष निकालेको हो ।

समितिको प्रतिवेदन बुझाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालयमा तानिएका छन् । उनको स्थानमा कुन्दन देवलाई पठाइएको छ ।

मिसिलमा अर्कै व्यक्तिको फोटो 

गत पुस ५ गते शंकास्पद अवस्थामा बास्तोलाको मृत्यु भएपछि उनका बुवा प्रेमप्रसाद बास्तोलाले प्रहरीमा ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर मिसिलमा प्रवीणको तस्वीर भनी अर्कै व्यक्तिको तस्वीर परेपछि प्रहरीले अनुसन्धान राम्रो नगरेको भन्दै दुईसाता अघि आफन्त र स्थानीयवासिन्दाले विरोध जनाएका थिए ।

मिसिलमा अर्कै व्यक्तिको फोटो राखेर बदनियतपूर्वक अनुसन्धान गरेको आरोेप आफन्तको थियो । समितिले इलाका प्रहरी कार्यालयमा रहेको मिसिलको नक्कलमा फोटो परिवर्तन भए पनि सरकारी वकिलको कार्यालयमा रहेको सक्कल मिसिलमा बास्तोलाकै फोटो रहेकाले वदनियत नरहेको उल्लेख गरेको छ ।

समितिले छानबिन गर्दा कार्यालयमा राख्ने कपी मिसिलमा गत भदौ ३ गते करेन्ट लागेर मृत्यु भएका मोरङको लेटाङ नगरपालिका–८ घर भई उर्लाबारी–७ मा बस्दै आएका २६ वर्षीय नवीनराज घिमिरेको फोटो परेको पत्ता लगाएको हो । करेन्ट लागेर घाइते भएका घिमिरेको गोदावरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना अनुसन्धानका क्रममा राखिएको उनको फोटो प्रहरी जवानले कम्प्युटरबाट प्रिन्ट गरेर निकाल्दा बास्तोलाको भनेर घिमिरेको फोटो राखेको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले के देख्यो कमजोरी

छानबिन समितिले प्रहरी अनुसन्धान अधिकृतको कमजोरी देखाएको छ । घटनासम्बन्धी कागजातहरु नियमित प्रमाणीकरण तथा अनुसन्धानमा नियमित समन्वय र सम्पर्क गरेको नदेखिएको समितिको निष्कर्षमा उल्लेख छ । पीडितमैत्री व्यवहार गर्नुपर्ने उल्लेख गर्दै समितिले अनुसन्धान अधिकृतलाई विभागीय कारबाहीस्वरुप सचेत गराउनुपर्ने सुझाव दिएको छ ।

पोस्टमार्टम एवं भिसेरा परीक्षणका लागि शव तत्काल पठाएर रिपोर्ट चाँडो प्राप्त गर्ने वातावरण बनाउनुपर्ने, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पर्याप्त समय लिने रणनीति बनाउनुपर्ने, जिल्ला न्यायाधिवक्तासँग समन्वय गर्नुपर्ने, गम्भीर ढंगले अनुसन्धानको मिसिल तयार पर्दै नियमित रुजु तथा प्रमाणित गराउनुपर्ने र घटनास्थल तथा शवको पर्याप्त फोटो लिनुपर्ने सुझाव दिएको छ ।

छानबिन प्रतिवेदनका आधारमा घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत उद्धव पोखरेल उर्लाबारीबाट जिल्ला झिकाइएको छ । मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनाका विषयमा उठेका प्रश्नहरुका बारेमा थप सोधपुछका लागि जिल्लामा तानिएको बताए ।

गत पुस ५ गते बास्तोला मृत भेटिएका थिए । बास्तोलाको मृत्यु प्रकरणमा झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादी सबै पक्राउ परेका छन् । राई र गिरी जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् । सन्दीप परियार र मेहरमान दर्जी पुर्पक्षका लागि थुनामा छन् । दुई जना प्रहरी नियन्त्रणमा छन् ।

प्रतिवादीमध्ये दर्जी, परियार र पौडेल गिरीको घरमा डेरामा बस्थे । बास्तोलालाई लिएर रणपहेली पुस ४ मा त्यहाँ पाहुना गएका थिए । कोठामा पुग्नुअघि सौरभ होटलमा खानपिन गरेको र त्यस क्रममा होटल सञ्चालक कुमार राईसँग विवाद भएको थियो ।

त्यसपछि साथीको कोठामा पुगेर सँगै सुतेकामध्ये बास्तोलाको भने शंकास्पद मृत्यु भएको थियो । प्रहरीले सुतेकै ठाउँमा बास्तोलाको हत्या गरेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो अर्कै, विरोधपछि छानबिन समिति गठन
  • २०७७ फाल्गुन २३, आईतवार २०:१४
  • In "कोशी प्रदेश"
  • प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन
  • २०७७ फाल्गुन २३, आईतवार २०:१४
  • In "कोशी प्रदेश"
  • बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी
  • २०७७ फाल्गुन २३, आईतवार २०:१४
  • In "कोशी प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

अध्यादेश टेबल गर्न नदिनु अशोभनीय : प्रदीप ज्ञवाली

‘एमालेको बैठक बोलाउँछु, माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु’

मलेठमा ५ जना आन्दोलनकारी मारिएको त्यो कालो दिन, प्रदेश सरकारले अझै छानबिन गर्न सकेन्

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version