• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ : दमननाथ ढुंगाना


नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ : दमननाथ ढुंगाना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले बिहीबार संघीय संसदका महासचिवलाई पत्राचार गरेपछि नेकपा विवाद औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ ।

साढे दुई महिनासम्म पनि निर्वाचन आयोगले टुंगो लगाउन नसकेपछि आधिकारिकता विवाद संसदमा पुगेको हो । पूर्वसभामुख दमननाथ ढुंगाना नेकपा विवाद संवैधानिक संकट र अराजकताको कारण बन्न सक्ने जोखिम देख्छन् । सभामुख अग्निप्रसाद सापकोटाले दुवै पक्षसँग अनौपचारिक छलफल वा साहसिक निर्णय गरेर सभा सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।

प्रस्तुत छ, वरिष्ठ अधिवक्तासमेत रहेका पूर्वसभामुख ढुंगानासँगको संक्षिप्त संवादः

नेकपा आधिकारिकता विवाद संसद सचिवालयमा प्रवेश गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

टुंगो लगाउनुपर्ने निकायले बेलैमा निर्णय दिन नसक्दा यो विवाद संसदमा पुगेको छ । संसदमा नपुग्दै निर्वाचन आयोग वा नेकपा संसदीय दलले निर्णय गर्नुपर्दथ्यो । ती दुईमध्ये एउटा निकायले छिट्टै निर्णय गरेको भए यो अवस्था आउने थिएन ।

निर्वाचन आयोगले आफ्नो भूमिका निर्वाह गर्न नसकेको हो ?

शक्ति केन्द्रहरू पक्ष र विपक्षमा भएपछि संवैधानिक निकायमाथि दबाब पर्नसक्छ । उसलाई निर्णय गर्न पक्कै सजिलो छैन । तर कठिन छ भन्दैमा निर्णय नदिई बस्न पनि भएन ।

त्यसो भए यो विवाद संसदले टुंगो लगाउन सक्छ ?

संसद सचिवालयमा पत्र पुग्नुको भनेको सभामुखको टेबलमा पुग्नु हो । सभामुखलाई पनि यो विषयमा निर्णय गर्न सजिलो छैन । जस्तो, प्रचण्ड–माधव समूहले पठाएको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओली वा उनको समूहका अरु कसैले गरेका वा गर्ने पत्राचार अनधिकृत हुने उल्लेख छ । नेकपाका दुबै पक्षमध्ये सभामुखले कसको कुरा मान्ने ? बहुमतले निर्णय गरेर ल्यायो भने मान्यता दिने कि नदिने भन्ने कुरा सभामुखका लागि पनि चुनौतीपूर्ण छ ।

यसमा सभामुखले के गर्न सक्नुहुन्छ त ?

सभा सञ्चालनको मामिलामा सभामुखको ठूलो भूमिका हुन्छ । नेकपा विवादको विषयमा पनि उहाँले साहसिक निर्णय लिन सक्नुहुन्छ । सभामुखजीले त्यो आँट गर्ने हो भने नेकपा आधिकारिकताको विषयले एउटा रुप लिनसक्छ । तर उहाँले साहस गर्नुहुन्छ कि हुँदैन ? गर्नुभयो भने त्यसले कति वैधता पाउला ? भन्ने लगायतका प्रश्नहरु पनि छन् ।

आफूलाई गाह्रो हुने भएकाले संसदले निर्वाचन आयोगलाई पनि छिटो निर्णय गर भन्न पनि सक्दछ । विवादित दुवै पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग अनौपचारिक छलफल गरेर सभामुख एउटा निष्कर्षमा पुग्नु राम्रो हुन्छ । उनीहरूबीच सहमति जुटाउन सक्ने हो भने सभा सञ्चालनमा पनि सहजता हुन्छ ।

२३ फागुनमा बोलाइएको संसद बैठक सञ्चालन सहज छैन भन्न खोज्नुभएको हो ?

नेकपाका सांसदहरू सत्तापक्षको सिटमा बस्छन् कि प्रतिपक्षको भन्ने निक्र्योल हुनसकेको छैन । यो विषयमा सभामुखले पनि केही गर्न सक्नुभएन भने सभा सञ्चालन सहज नहुन सक्दछ । त्यही भएर त अधिवेशन सुरु हुनुअघि नै पर्याप्त अनौपचारिक छलफल जरुरी छ । सभामुखको अग्रसरताको खाँचो छ । होइन भने सदनमा द्वन्द्व र गञ्जागोल हुने देख्छु ।

नेकपाको कुन पक्षले आधिकारिकता पाउने भन्ने विषय लम्बिँदै गयो भने यसको प्रभाव के–के हुनसक्ला ?

फेरि संवैधानिक संकट पर्न सक्दछ । संसद पुनस्र्थापनाले संविधानलाई एउटा संकटबाट बचायो । नेकपाको आधिकारिकता विवादले संवैधानिक अराजकतातर्फ लैजान सक्दछ । एउटा पार्टीको विवादका कारण मुलुकलाई संवैधानिक संकटतर्फ धकेल्नु पक्कै राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘नेकपा विवादले संवैधानिक संकट निम्त्याउँदैछ’
  • २०७७ फाल्गुन २२, शनिबार १६:४४
  • In "देश"
  • नेकपा आधिकारिकता विवाद : निर्वाचन आयोगको भूमिकामाथि १० प्रश्न
  • २०७७ फाल्गुन २२, शनिबार १६:४४
  • In "देश"
  • नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?
  • २०७७ फाल्गुन २२, शनिबार १६:४४
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

नेकपाको नाम विवादमा सर्वोच्चले आज फैसला सुनाउँदै

उपेन्द्र यादवलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्डका पिडीतहरू काठमाडौंमा, प्रधानमन्त्री ओलीसंग भेटघाट ( भिडियो सहित)

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णपाठ)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version