No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘सम्पत्तिको हक खोज्दा ७ दिन थुनियौं’

‘सम्पत्तिको हक खोज्दा ७ दिन थुनियौं’

काठमाडौं । सरकारले बालाजु, बाइपासस्थित हाम्रो घर जबरजस्ती भत्काएको स्थानमा फागुन ११ गते सूचना केन्द्र बनाउन भनेर जस्ता पाताको बार लगाएको रहेछ ।

त्यो कुरा थाहा पाएपछि महानगरीय प्रहरी वृत्त बालाजु पुग्यौं । प्रहरी निरीक्षकलाई व्यक्तिगत जग्गामा सूचना केन्द्र बनाउन लागेको जानकारी दियौं । उहाँले त्यसबारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो ।

त्यसपछि महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई यसबारेमा टेलिफोनमार्फत् जिज्ञासा राख्यौं । उहाँले पनि त्यहाँ सूचना केन्द्र बनाउने बारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । त्यसपछि प्रहरी र जनप्रतिनिधिको जानकारी विनै सूचना केन्द्र बनाउन लागेको निष्कर्षसहित बारबेर गरिएको ठाउँतिर फर्कियौं ।

यो फागुन १२ गते बिहान १० बजेतिरको कुरा हो । त्यहाँ फर्किँदा प्रहरी चौकीमा भेटेकै प्रहरी निरीक्षकको नेतृत्वको टोली देख्यौं ।

हामी त्यहाँ पुगेपछि उनीहरूले तपाईंहरू यहाँबाट गइहाल्नुस् भनेर धरपकड सुरु गरे । हामी पनि आक्रोशमा आयौं । त्यसपछि हाम्रो टोलीका केही साथीहरूले जस्ता पाता भत्काउन सुरु गरे । प्रहरीले धरपकड गर्दैगर्दा म पनि बारमाथि परेछु, बार भत्कियो ।

त्यसपछि मीनबहादुर शाही, भीमदेव श्रेष्ठ, सञ्जय तामाङ, दीपेन्द्र श्रेष्ठ, रुदित श्रेष्ठ र मलाई पक्राउ गरेर बालाजु चौकीमा लगियो । हामीलाई किन पक्रिएको भन्ने जानकारी दिइएन । हामी मध्येका भीमदेव श्रेष्ठजी दमका बिरामी हुनुहुन्छ । उहाँले प्राकृतिक उपचार गरिरहनु भएको छ ।

हाम्रो अवस्था बुझ्न उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी आउनुभयो । सायमीले नेवारी भाषामा दमले कत्तिको च्यापेको छ ? भनेर भीमदेवजीलाई सोध्नुभयो । उहाँहरूबीचको संवाद नसकिँदै एक जना प्रहरी हवल्दार आएर नेवारी भाषामा वार्ता नगर्न सचेत गराए ।

सायमीका साथमा विरोचन श्रेष्ठ पनि आउनुभएको थियो । उहाँहरूले मातृभाषा बोल्न पाउने हाम्रो अधिकार हो भनेर बहस गर्न थाल्नुभयो । नेवारी बोल्न पाइँदैन भनेर लिखित रुपमा दिनुस् भनेपछि प्रहरीले दुवै जनालाई पक्राउ गर्‍यो । त्यसपछि पक्राउ पर्नेहरूको संख्या ६ बाट ८ भयो ।

पक्राउ परेको रातिसम्म हामीलाई किन पक्राउ गरिएको भनेर जानकारी वा पक्राउ पुर्जी दिइएन । स्थानीयले विरोध गर्ला भनेर राति नै सोह्रखुट्टै वृत्तमा ल्याइयो ।

सोह्रखुट्टेमा आएको भोलिपल्ट बल्ल बालाजुको प्रस्तावित सूचना केन्द्रको उपभोक्ता समितिका अधिकारीहरूमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको थाहा पायौं । त्यही व्यहोरा राखेर पक्राउ पुर्जी थमाइयो । त्यसपछि बल्ल आफ्नो सम्पत्तिको हकको बारेमा आवाज उठाउँदा पक्राउ परेका रहेछौं भन्ने लाग्यो ।

हामीलाई सोह्रखुट्टेमा पनि आगन्तुकसँग मातृभाषामा कुरा नगर्न भनियो । प्रहरीको त्यस्तो निर्देशन आएपछि लाग्यो–संविधानमा भनिएको मातृभाषामा कुरा गर्न सक्ने भनिएको कुरा केवल संविधानमा मात्रै लेखिएको रहेछ ।

हामी यस्ता पीडित हौं जसले अभद्र व्यवहारको मुद्दामा पनि ७ दिनसम्म हिरासतमा बिताउनुपर्‍यो । सातौं दिनमा सर्वाेच्चले हामीलाई पक्राउ गर्नुपर्ने र मुद्दा चलाउनुपर्ने कुनै पनि कारण नरहेको ठहर गर्‍यो ।

कसले सुन्ला हाम्रो व्यथा ?

संविधानले आफ्नो सम्पत्तिको हकको व्यवस्था गरेको छ । हामीले पनि विसं २००५ सालदेखि बसोबास गर्दै आएको ठाउँमा आफ्नो सम्पत्तिको संरक्षणको लागि विगत ६ वर्षदेखि आन्दोलनमा उत्रिएका छौं ।

हामीसँग २००५ सालदेखिको स्वबासीको परिचयपत्र पनि छ । तर एकलौटी रूपमा गैरकानुनी रुपमा ३९ वटा घरपरिवारलाई विस्थापित गरियो भने हाम्रो सम्पत्ति क्षति पुर्‍याएबापत हामीले कुनैपनि क्षतिपूर्ति पाएका छैनौं ।

हामीमाथिको अतिक्रमण २०७० साल चैतदेखि सुरु भएको हो । दुई चरणमा गरेर ३९ वटा घर भत्काइए ।

यो वर्ष गाईजात्राको दिन हामीहरू सबै जात्रामा व्यस्त रहेको मौका पारी डोजर चलाइयो । सरकारसँग बलियो कानुनी आधार छ भने विदाको मौका पारेर किन डोजर चलाउनु परेको होला ? त्यसपछि हामीले अनसन लगायतका विरोधका कार्यक्रम गर्‍यौं ।

तर पछि प्रशासनले कोरोनाका कारण जमघटको काम नगर्न भनेपछि अनसन त छाड्यौं । तर कहिले राति, कहिले जात्राको समयमा राज्यले डोजर चलाउँछ । हामी चारैतिर छरिएर बसेका पीडितहरू एकजुट हुन्छौं, आन्दोलन गर्छाैं, फेरि केही दिनको लागि रोकिन्छ । तर हामी माथिको अन्याय चाहिँ निरन्तर छ ।

विभेदकारी सडक विस्तार

२०७० सालमा २२ धारादेखि बाइपास हुँदै ककनी जाने बाटो १४ मिटर फराकिलो बनाउने भनेर सडकको बीचलाई आधार मानेर दायाँबायाँ ७/७ मिटरको चिनो समेत लगाइएको थियो । तर केहीअघि दायाँतर्फ सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको अष्टनारायण हल समेत सोही क्षेत्रमा पर्ने भएपछि अहिलेको सबै षड्यन्त्र यसैको लागि रचिएको हो ।

अहिले हलतर्फको कुनै पनि घर भत्काइएको छैन भने अर्काेतर्फको सबै घर भत्काइएको छ । यसरी एउटा शक्तिशाली व्यक्तिको हल जोगाउने नाममा हामी सुकुम्बासी भएका छौं । त्यो विवादित जग्गा सरकारीकरण गर्नको लागि यतिधेरै शक्ति पोखिएको छ कि ७ वटा डोजर त्यो २०० मिटरको बाटो खन्न राखिएको छ । त्यसैले हामी यो मनपरीतन्त्रको विरोध गर्न संघर्षमा उत्रिएका हौं । यसमा राज्यको समेत दुरुपयोग भयो यो दुःखद् विषय हो ।

राज्यमन्त्रीज्यूसँग हाम्रो कुनै दुस्मनी भए जस्तो लाग्दैन । उहाँको केही बिगारेका पनि छैनौं । तर उहाँको चलचित्र भवन जोगाउनका लागि एकतर्फमात्रै सडक विस्तार गर्दा ३९ घर ध्वस्त बनाइयो ।

सर्वोच्च अदालतले आदेश दिँदा समेत हाम्रो घर भत्काउने क्रम रोकिएन । सडक फराकिलो भएन भनेर हाम्रोवस्ती उठाइयो । तर अहिले त्यही स्थानमा सूचना केन्द्र र सार्वजनिक शौचालय बनाउने रे । सरकारले अदालतको आदेश पालना गरेर हामीलाई न्याय दिनुपर्दछ, हाम्रो माग यत्ति हो ।

(बालाजु बाइपास सडक विस्तार पीडित संघर्ष समितिका संयोजक महेश्वर मानन्धरसँग अनलाइनखबरकर्मी सुदर्शन अर्यालले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .