• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध


घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध

सुर्खेत : पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँमा अहिले पनि दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा छुट्टै कुवा छन् ।  स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर दलित समुदायले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई अरु कुवामा जान दिँदैनन् उनीहरु पनि हामीले प्रयोग गर्ने कुवामा पानी भर्न आउँदैनन्’ कुवामा पानी भर्दै गरेकी मनिसराले भनिन् ।

कुवामा दलित समुदायका मानिसहरु पालो गरेर पानी  भर्ने गरेको उनले बताइन् । ‘एउटै कुवामा १५ देखि २० घरधुरीले पानी भर्ने भएकाले पालैपालो भर्दै आएका छौँ,’ मनिसराले भनिन्, ‘अरुका कुवामा पानी मागेपनि दिँदैनन् हामीलाई दलित जात भनेर हेपेको होला ।’  कुवामा धमिलो पानी आउने भएकाले कतिपयले फिल्टर प्रयोग गर्ने गरेपनि केहीले भने धमिलै पानी पिउने गरेको उनले जानकारी दिइन् । कतिपय स्थानीयहरु धमिलो पानी भएकाले गाउँदेखि आधा घण्टा टाढाको कर्णाली नदीमा पानी लिन जान्छन् । सोही गाउँकी विष्ना कामी ६ घरधुरी दलित समुदायले एउटा छुट्टै कुवा प्रयोग गर्ने गरेको बताउँछिन् । ‘हामीहरु ६, ७ घरधुरी मिलेर एउटा कुवा बनाएका छौँ,’ उनले भनिन्, ‘त्यही कुवाको पानी  नै खाने, नुहाउने र कपडा धुने गर्छौं ।’

यहाँको वडा कार्यालयका अनुसार घाटगाउँमा २५ वटा कुवा छन् । जसमा दलित समुदायले प्रयोग गर्ने कुवामा गैरदलित समुदायले प्रयोग गर्दैनन्  र दलित समुदायलाई अरुले प्रयोग गर्ने कुवाको पानी प्रयोग गर्न दिँदैनन् । पाँच सय घरधुरी रहेको घाटगाउँमा दलितहरुको बाहुल्यता छ । वडा कार्यालयको तथ्यांक अनुसार सो गाउँमा पाँच सय घरदुरीमध्ये २५० भन्दा धेरै घर दलित समुदायको  छ ।

करिब पाँच वर्षअघि तत्कालिन गाउँ विकास समिति र विभिन्‍न संघसंस्थाको पहलका घाँटगाउँलाई छुवाछुतमुक्त गाउँ घोषणा गरिएको थियो । तर, छुवाछुतमुक्त गाउँ घोषणा गरिए पनि विभेदको अवस्था कायमै रहेको अधिकारकर्मीहरुको भनाइ छ । अधिकारकर्मी प्रतिमा परियारले पश्‍चिम सुर्खेतको तातापानी र घाँटगाउँमा छुवाछुतको चरम मारमा दलित समुदाय रहेको बताइन् । छुवाछुतमुक्त मुक्त गाउँ घोषणा भएता पनि छुवाछुत भने नहटेको उनको भनाइ छ । ‘यो गाउँमा दलित समाज सुर्खेतद्वारा सञ्‍चालित कार्यक्रम सञ्‍चालन  गर्न गएको बेला पनि यस्तै विभेद थियो,’ उनले भनिन्, ‘यो समस्या अहिले पनि हट्न सकेको छैन ।’

केही दिनअघि पञ्‍चपुरी नगरपालिकाले पनि दलित समुदायलाई जनचेतनामुलक कार्यक्रम सञ्‍चालन  गरेको थियो । लाखौँ रकम खर्च गरिएको सो कामर्यक्रम हलभित्र दलित समुदायलाई राखेर प्रशिक्षण दिइएको थियो । यस्ता खालका प्रशिक्षण कार्यक्रमले दलित समुदायमाथि हुने विभेदको अन्त्य हुन नसक्ने अधिकारकर्मी प्रतिमाको भनाइ छ । ‘दलितमाथि हुने विभेदको अन्त्य गर्नको लागि कोठे कार्यक्रम होइन, फिल्डमै गएर दलित र गैरदलितलाई राखेर सचेतना जगाउनुपर्छ,’ उनी भन्छिन्, ‘यस्ता कार्यक्रम भनेका त आएको बजेट सक्नका लागि मात्र हो।’

दलित महिला संघ सुर्खेतका उपाध्यक्ष खगिसरा वली दलितमाथि हुने विभेदको अझै अन्त्य हुन नसकेको बताउँछिन् । ‘प्रदेश राजधानीमा पनि यो अवस्था भएपछि गाउँको कस्तो अवस्था होला ?,’ उनी भन्छिन्, ‘यो समस्यालाई जरैदेखि उखेल्न जरुरी  छ ।’ यता चौकुने गाउँपालिका-९ का वडाध्‍यक्ष  नवराज जैशीले गाउँमा छुवाछुत प्रथा हटेको दाबी गरे । ‘यी कुवाहरु पहिला बनाएको हो र यस वडा मा एकैठाउँ झुम्म परेका बस्ती भएकाले पनि छुट्टा छुट्टै कुवाको प्रयोग भएको हुन सक्छ,’ उनले भने, ‘यो गाउँमा छुवाछुत प्रथा छैन ।’घाटगाउँमै  पुगेर पत्रकार लक्ष्मी भण्डारीले लेखेको यो समाचार हामीले इकागजबाट लिएका हों – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१८
  • In "कर्णाली प्रदेश"
  • दलित महिलालाई दुर्ववहार गर्ने राम सागर यादवलाई कार्वाहीको माग गर्दै दलित महिला केन्द्र
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१८
  • In "मधेश प्रदेश"
  • खानाभन्दा पानी महंगो !
  • २०७७ फाल्गुन १८, मंगलवार २२:१८
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बंगलादेशबाट आएको मल बुधबार कोलकात्ताबाट नेपालतर्फ छुट्ने

१० हजारले घट्यो सामसुङको एस २० प्लसको मूल्य

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version