• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस


प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस

काठमाडौं : प्रदेश २ को प्रदेशसभा गठन भएको तीन वर्षको वर्षगाँठ प्रदेश सरकारले मनाइसक्यो । प्रदेशसभाको पाँच वर्षको कार्यकालमध्ये अब दुई वर्ष मात्र बाँकी छ । तर, हालसम्म पनि प्रदेशको नाम तथा राजधानी तोक्ने काम हुन सकेको छैन । प्रदेशको नाम र राजधानी नतोक्दै प्रदेशसभाको पहिलो कार्यकाल सकिन्छ कि भन्ने चिन्ता सबैतिर भइरहेको छ ।

प्रदेशको नामकरण र राजधानी तोक्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दुवै मौन छन् । पाँच महिनादेखि प्रदेशसभा बैठक बसेको छैन । कात्तिक ३ गते चौथो अधिवेशन सम्पन्न गरी स्थगित भएको प्रदेशसभा अझै सुचारु भएको छैन । प्रदेश सरकारले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा ध्यान नै नदिएको गुनासो प्रदेशका सांसद तथा नेताहरुको गुनासो छ ।

प्रदेशको नाम तथा राजधानी तोक्नका लागि दुई तिहाई बहुमत चाहिन्छ । प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले गरिरहेको छ भने काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिपक्षमा छन् । नाम र राजधानीको विषयमा सहमति जुट्न नसक्दा यो काम अलपत्र परेको छ । किनभने त्यहाँ कसैसँग पनि बहुमत छैन ।

सरकारले नेतृत्व गरेको जसपा नेपाल प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव गरेको छ । नेपाली काँग्रेसको राजधानीको विषयमा सहमति भए पनि प्रदेशको नाममा भने फरक मत रहेको छ । काँग्रेसले प्रदेशको नाम मिथिला राख्नुपर्ने बताउँदै आएको छ । उता, नेकपा पनि राजधानीको नाममा सहमत भएपनि प्रदेशको नाम मिथिला–भोजपुरा राख्नुपर्ने अडान राख्दै आएको छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशको नाम र राजधानीको प्रस्ताव गरिएको तर दुई तिहाई बहुमत नपुगेको कारण रोकिएको बताउँछन् । बहुमतका लागि काँग्रेस र कम्युनिस्टसँग छलफल भइरहेको बताउँदै उनले प्रदेशको नाम र राजधानी चाँडै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका मन्त्री सोनलले जसपा नेपालले गरेको प्रस्तावमा सहमति जुटाउने प्रयास भइरहेको बताए ।

तर, सत्ता पक्ष जसपाले (तत्कालिन समाजवादी र राजपा) ले प्रदेशको नाम र राजधानीबारे गरेको प्रस्ताव एक वर्षभन्दा बढी भइसकेको छ । तर अझै त्यसमा सहमति जुट्न सकिरहेको छैन । प्रदेशसभा सदस्य मनिष सुमन भन्छन्, ‘प्रदेशसभाको बैठक नै बस्दैन । अनि प्रदेशको नाम र राजधानी तोक्न कसरी सकिन्छ ? पाँच महिनादेखि बैठक नबसेको कारण प्रदेशको नामकरणलगायत थुप्रै कामहरु अड्किरहेको छ ।’

काँग्रेसको प्रदेशसभा संसदीय दलका नेता सरोज यादवले प्रदेशको नाम तथा राजधानी तोक्ने विषयमा प्रस्ताव पेस भएको छ तर दुई तिहाई बहुमत नपुग्दा त्यो पारित हुन नसकेको बताए । अब बस्ने बैठकमा यो कुरा विशेष रुपले उठाउने बताउँदै उनले भने, ‘प्रदेशसभा बैठक बसाउनका लागि सरकारलाई दबाब दिइरहेका छौँ ।’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फागुन अन्तिम सात वा चैतको पहिलो साता प्रदेशसभाको बैठक बोलाउने प्रतिबद्धता जनाएको उनले बताए ।

प्रदेशमा जसपा नेपालको ५५, नेकपाका ३२ र काँग्रेसको १९ सांसद रहेका छन् । नाम र राजधानी तोक्नका लागि अहिलेसम्म कसैको प्रस्तावमा बहुमत पुग्ने अवस्था छैन ।

प्रदेश सरकार गठन हुँदा सत्तारुढ समाजवादी पार्टी र राजपा नेपाल छुट्टा छुट्टै थिए । गत बैशाखमा दुवै पार्टीबीच एकीकरणपछि प्रायः प्रदेशसभा बन्द नै रह्यो । प्रदेश सभा बन्द हुनुलाई कोरोना महामारीको बहाना बनाइयो । अहिले कोरोनाको प्रभाव कम हुँदै गएको छ । सबै क्षेत्र खुलिसक्दा पनि प्रदेशसभा भने अझै बन्द छ । प्रदेशसभा बैठक प्रभावित हुनुका मुख्य कारण दुई पार्टीबीचको एकीकरण नै भएको नेताहरु बताउँछन् । किनभने दुई पार्टी एकीकरण भएपनि प्रदेशसभाको संसदीय दल समायोजन भएको छैन । त्यही भएर प्रदेश सरकारले सचेतरुपमा बैठक नबोलाएको गुनासो भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश २ मा हिउँदे अधिवेशनको तयारी, नाम र राजधानीसम्बन्धी प्रस्ताव पुनः पारित नहुने आशंका
  • २०७७ फाल्गुन १८, मंगलवार २२:४३
  • In "देश"
  • दशैँपछि प्रदेश २ को नाम र राजधानी टुंग्याउने तयारी, प्रदेशको नाम मधेस, मिथिला कि जानकी ?
  • २०७७ फाल्गुन १८, मंगलवार २२:४३
  • In "मधेश प्रदेश"
  • प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश
  • २०७७ फाल्गुन १८, मंगलवार २२:४३
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउँदै

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version