• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री कोबाट असुरक्षित ?


प्रधानमन्त्री कोबाट असुरक्षित ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा मुलुकका चार सुरक्षा निकायबाट दुई सय बढी सुरक्षा अधिकारी २४ सै घन्टा खटिन्छन् । नेपाली सेनाले पहिलो घेरामा रहेर प्रधानमन्त्रीको सुरक्षा नेतृत्व गर्छ भने त्यसपछि क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट टोली खटिन्छन् ।

हालै ओलीको सुरक्षामा नेपाली सेनाले विशेष हतियारसहित सादा पोशाकका सैनिकलाई पनि खटाउन थालेको छ । राष्ट्रिय सुरक्षा समिति, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागले मुलुकका कार्यकारी प्रधानमन्त्रीको सुरक्षा चुनौतीबारे समय समयमा विश्लेषण गरिरहेको हुन्छ ।

तर, सोमबार पोखरा पुगेर प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएपछि सुरक्षा संयन्त्र नै आश्चर्यमा परेको छ । ओलीले ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ भन्दै गर्दा पनि उनी विशेष फौजबाट घेरिएका थिए ।

जतिवेलै बलियो सुरक्षा घेरामा रहने ओलीमाथि कोबाट सुरक्षा चुनौती छ ? केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरसँग यसको जवाफ छैन । भन्छन्, ‘यो विषयमा मलाई बोल्न नलगाउनु होला ।’

अनौपचारिक कुराकानीमा नेपाल प्रहरीका एक जना वरिष्ठ अधिकृतले प्रधानमन्त्रीको भनाइबाट आफू आश्चर्यमा परेको बताए । ‘सुरक्षा चुनौती नै भए पनि बाहिर भन्ने कुरा होइन, विश्लेषण गरेर गोप्य रुपमा त्यसलाई परास्त गर्नुपर्ने हो’, उनले अनलाइनखबरसँग भने, ‘अहिले प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा पछाडि कुनै सत्यता छैन ।’

जब नेतालाई जनता आफ्नो साथमा छैनन् भन्ने लाग्छ, त्यसपछि यस्तो अभिव्यक्ति दिएर नागरिकबाट सहानुभूति बटुल्ने प्रयास हुन्छ – इन्द्र अधिकारी, सुरक्षाविद्

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिले सार्वजनिक खपतका लागि गम्भीर विषयमा असंवेदनशील भएर टिप्पणी गर्नु नहुने बताउँछन् । ‘यदि चुनौती नै भए पनि सुरक्षा निकायलाई जानकारी दिने हो, सार्वजनिक रुपमा भन्दा यसले गलत सन्देश दिन्छ’, उनले भने ।

के हुनसक्छ चुनौती ?

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकृत पनि हाल प्रधानमन्त्रीलाई भौतिक चुनौतीको सम्भावना नरहेको बताउँछन् । बरु संसद विघटनको असफल प्रयासपछिको अवस्थामा प्रचण्ड–माधव समूह वा अन्य पार्टीका कार्यकर्ताबाट कालो झण्डा देखाउने, चप्पल हान्ने जस्ता सामान्य खाले चुनौती रहेको उनी बताउँछन् ।

‘सम्भावित त्यस्ता गतिविधिलाई पनि नजिकबाट नियालिरहेका हुन्छौं’, उनले थपे, ‘प्रधानमन्त्रीको सुरक्षामा देशका सबै निकाय सचेत छन् ।’ सुरक्षा चुनौतिकै विश्लषेणका आधारमा ओली सहभागी कार्यक्रममा अहिले कालो मास्कसमेत लगाउन निषेध गरिएको अधिकृतहरु बताउँछन् ।

सुरक्षा मामिलाकी जानकार इन्द्र अधिकारी प्रधानमन्त्री ओली नैतिक, वैधानिक र राजनीतिक हिसाबले कमजोर बन्दै जाँदा प्रतिरक्षात्मक हुन अत्यन्त भावनात्मक र कपोकल्पित कुरा गर्न थालेको बताउँछिन् ।

‘उहाँको भनाइ आफ्नो कमी कमजोरीलाई लुकाएर म मात्र ठीक हुँ, म नहुने हो भने राष्ट्र सिद्धिन्छ र मलाई सबै सिध्याउन लागेका छन् भन्ने सन्देश प्रवाह गर्ने कोशिस हो’, अधिकारीले अनलाइनखबरसँग भनिन्, ‘वास्तवमा उहाँको अभिव्यक्ति कतैबाट पनि प्रमाणित हुननसक्ने कुरा हो, यो तथ्यगत विषय होइन ।’

सुरक्षा चुनौती विश्लेषण गर्दा इन्टलिजेन्सले त्यसलाई पुष्टि गर्दै त्यसको विश्लेषणका आधारमा सुरक्षा नीति अख्तियार गरिने एक सुरक्षा अधिकृत बताउँछन् । चुनौती बढी भएको अवस्थामा विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधिभन्दा बाहिर गएर पनि थप सुरक्षा दिइने उनी बताउँछन् । तर, ओलीलाई थ्रेट रहेको विषय प्रमाणित गर्ने इन्टलिजेन्स नभएको उनले बताए ।

सुरक्षाविद् अधिकारीको भनाइमा जनाधार भएको नेतालाई कसैले पनि केही गर्न सक्दैन, जनताले नै सुरक्षा गर्छन् । ‘जब नेतालाई जनता आफ्नो साथमा छैनन् भन्ने लाग्छ, त्यसपछि यस्तो अभिव्यक्ति दिएर नागरिकबाट सहानुभूति बटुल्ने प्रयास हुन्छ’, उनी थप्छिन्, ‘ओलीको अभिव्यक्ति पनि त्यही मनोविज्ञानबाट आएको हो ।’

सुरक्षामा विशेष व्यवस्था

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षामा नेपाल प्रहरीबाट मात्रै एक सय जना प्रहरी खटिन्छन् । नेपाली सेनाबाट पनि उत्तिकै संख्यामा सुरक्षा अधिकारी खटिएका हुन्छन् ।

जंगी अड्डाका अनुसार हालैबाट ओलीको सुरक्षामा ब्रिफकेस गनसहितका सुरक्षाकर्मी खटाउन थालिएको छ । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयको उद्घाटनका वेला ब्रिफकेससहितका सुरक्षाकर्मी देखिएका थिए ।

प्रधानमन्त्रीको सुरक्षामा ब्रिफकेशसहितका सुरक्षाकर्मी ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका वेला पनि ब्रिफकेससहितको सुरक्षाकर्मी परिचालित थिए । त्यसकै सिको ओलीको सुरक्षामा पनि गरिएको चर्चा गरिएको छ । बुलेटफ्रुट ब्रिफकेसमा अत्याधुनिक हतियार रहेको सुरक्षासम्बद्ध अधिकृतहरु बताउँछन् ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल पनि भन्छन्, ‘ब्रिफकेसमा अति विशिष्ट व्यक्तिको सुरक्षामा आवश्यक उपकरण हुन्छ, यो अन्तर्राष्ट्रिय प्रचलन नै हो ।’

विशेषतः संसद विघटन गर्ने ओलीको कदमपछि थ्रेट बढेको बताउँदै ब्रिफकेससहितका सुरक्षाकर्मी खटाइएको अधिकृतहरु बताउँछन् । गृह मन्त्रालयले भने विशिष्ट व्यक्ति सुरक्षामा नयाँ कार्यविधि लागू गरिएको बताउँदै नेताहरुको सुरक्षामा भारी कटौती गरेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउँदै आफुखुसी पूर्वजनमुक्ति सेनालाई सुरक्षामा खटाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षा अपर्याप्त भएको भन्दै पुनः मूल्यांकन गर्न गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन
  • २०७७ फाल्गुन १७, सोमबार २०:४६
  • In "BannerNews"
  • निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, तीन लाख सुरक्षाकर्मीहरु परिचालन
  • २०७७ फाल्गुन १७, सोमबार २०:४६
  • In "BannerNews"
  • स्थानीय तहको निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • २०७७ फाल्गुन १७, सोमबार २०:४६
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेपाली काँग्रेस : विपक्षमा रहेको सरकारी दल

बाबुको बिँडो थाम्दै आन्दोलनमा

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version