No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

काठमाडौं । चिनियाँहरुको पर्व ल्होसारका कारण  रसुवागढी नाका १८ दिनदेखि बन्द छ । नाका ठप्प हुँदा सो नाका भएर हुने व्यापार प्रभावित भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

माघ २९ गतेबाट केही दिनका लागि भन्दै बन्द गरिएको नाका अझै सञ्चालनमा नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए ।

नाका १८ औ दिनमा पनि बन्द रहेको र नाका खुल्नेबारे चिनियाँ अधिकारीहरुले हालसम्म कुनै जानकारी नगराएको भन्सार प्रमुख रेग्मीको भनाइ छ ।

‘नाका १८ औं दिनमा पनि बन्द छ, कहिलेदेखि नाका सञ्चालनमा आउँछ भन्नेबारे अहिलेसम्म हामीलाई चिनियाँ पक्षले जानकारी गराएको छैन,’ भन्सार कार्यालय प्रमुख रेग्मीले केरुङबाट भने ।

नाकाको गेट बन्द रहेको र चिनियाँतर्फको भन्सारबाट कुनै पनि सूचना नेपाललाई नदिइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । सामान्य अवस्थामा बिहान ८ बजे नाका खुल्ने र चिनियाँ कन्टेनरहरुले सामान ल्याएर नेपालतर्फ छोड्ने गरेकोमा अहिले नाका ठप्प रहेको कार्यालयले जनाएको छ ।

नाका सञ्चालनको अनिश्चितताले गर्दा गर्मीको सामान समयमै नआउने चिन्ता थपिएको हिमालय सीमापार व्यापार संघले जनाएको छ । नेपाली व्यवसायीले खरिद गरेका झण्डै ४ सय कन्टेनर सामान अझै नेपाल आउने क्रममा रहेका संघका निवर्तमान अध्यक्ष विष्णु खत्रीले बताए ।

फलफूल लगायतका कुहिने सामानहरु ल्हासाबाट नेपालतर्फको नाकामा पठाइए पनि लत्ता कपडा लगायतका रेडिमेड सामानहरु अझै ल्हासाको गोदाममा रहेको उनको भनाइ छ ।

ल्होसार बिदाकै कारण केही व्यवसायीको जाडोका लुगा समेत अडि्कएको उनले बताए ।

‘तातोपानीबाट केही मात्रामा सामान आएको छ तर रसुवागढी नाका बन्द हुँदा असजिलो भएको छ, आगामी साताबाट खुल्लाकी भन्ने आशा छ,’ खत्रीले भने ।

तातोपानी र रसुवागढी नाका सहज रुपमा सञ्चालन नभए गर्मीको सामान बजारमा अभाव हुनेसक्ने उनले बताए । हवाई मार्ग भएर आएका सामान उपभोक्तालागि महँगो पर्ने भएकाले स्थलमार्गबाट हुने आयात सहज बनाउन पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

ल्होसार कै कारण माघ मसान्तदेखि बन्द तातोपानी नाका भने १० औं दिनमा गत सोमबारदेखि सञ्चालनमा आएको थियो । कोरोना र प्राकृतिक विपत्तिका कारण यो वर्ष नेपाल चीन स्थलगत मार्गको व्यापार पटक पटक प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post
प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

‘निजी क्षेत्रलाई ट्रायल सेन्टर जिम्मा दिने निर्णय कार्यान्वयन नगर्नू’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .