• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त


भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

काठमाडौं : नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो ।

उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।

उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् ।

जंगी अड्डाले विभिन्न सैनिक अड्डाभित्र भइरहेका आर्थिक अनियमितता छानबिन गर्न गठन गरेको निगरानी संयन्त्र (ओभर साइट सेल)को गोप्य प्रतिवेदनका आधारमा राणा र सिलवाल अनुसन्धानमा तानिएका थिए । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका अन्य सैनिक उच्च अधिकारीबारे छानबिन भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ । भ्रष्टाचार छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा संयन्त्र गठन गरिएको थियो । प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न संयन्त्र गठन भएको थियो ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजन भएका दुई दर्जनभन्दा बढी अड्डामाथि छानबिन गरेको थियो । संयन्त्रले ती निकायमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो ।

उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीलाई कारबाही थालेका हुन् । उपरथीको नेतृत्वमा गठित संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापतिलाई दिएको थियो । जंगी अड्डाले सैनिक उच्च अधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई आठ वर्ष कैद
  • २०७७ भाद्र १, सोमबार १८:१९
  • In "BannerNews"
  • मधेश प्रदेश मिडिया काउन्सिल अध्यक्ष, उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी, ६ महिना कैद र जरिवाना
  • २०७७ भाद्र १, सोमबार १८:१९
  • In "BannerNews"
  • उपेन्द्र यादवको जसपामा मौलाएको भ्रष्टाचार , तीन पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित
  • २०७७ भाद्र १, सोमबार १८:१९
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post

'मन की बात' गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ

१६८ संक्रमित थपिए २४ घण्टामैं उपत्यकामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version