• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘सर्वोच्चको फैसला सानो जित मात्र हो’


‘सर्वोच्चको फैसला सानो जित मात्र हो’

काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको नागरिक समाजमा उप्रेती पनि सक्रिय रहे । शीतल निवास मार्च, बालुवाटार मार्च र टीयू मार्च हुँदा उनी ‘फ्रन्टलाइन’मा रहे ।

बृहत् नागरिक आन्दोलनले फागुन ७ गते घोषणापत्र जारी गर्दै संसद विघटनसहित सबैखाले प्रतिगमनको अन्त्य गर्ने लक्ष्य राखेकोमा मंगलबार साँझ सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक भएको फैसला गर्‍यो । यसपछि नागरिक समाजको भूमिका के हुन्छ ? आन्दोलन कता जान्छ ? अब लक्ष्य के हुन्छ ? जस्ता प्रश्नहरु उठेका छन् ।

यिनै सवालमा केन्द्रित रहेर नागरिक अभियन्ता एवं लेखक सञ्जीव उप्रेतीसँग खबरकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश :

संसद पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्चको फैसलाले प्रतिगमनलाई एक तहमा सच्याएको छ, तर नागरिक आन्दोलनको पक्षबाट हेर्दा यो सानो जित मात्र हो । संसद पुनर्स्थापना हाम्रो प्रारम्भिक उद्देश्य भएपनि अन्तिम लक्ष्य होइन । बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ ले योभन्दा धेरै पर हेरेको छ ।

फैसलाबाट त्यति खुसी हुनुहुन्न र ?

खुसी छु । जे सच्चिएको छ, त्यसले जनतामाझ न्यायालयको विश्वास बढेको छ । यद्यपि, नागरिक आन्दोलनको अन्तिम लक्ष्य–बिन्दु सर्वोच्च अदालतको फैसला होइन । भर्खरै सुरू भएको नागरिक संघर्ष देशभर अनवरत चल्नेछ ।

हामीले घोषणापत्रमा भनेका छौं– यो संविधानलाई ‘रिभिजिट’ (अद्यावधिक) गर्नपर्छ । जनआन्दोलन २०६२/०६३ को भावनाअनुसार दलित, मधेशी, आदिवासी जनजाति, नारी, सीमान्तकृत सबैलाई यो देशको मूलधारमा सहभागी गराउन, समानता स्थापना गर्न र समाजवादको बाटोमा जान हामी लड्नेछौं ।

अन्तरिम संविधानले दिएका अधिकारहरु नेपालको संविधान २०७२ मा समावेश भएन । हामी त्यो फेरि प्राप्त गर्न लड्नेछौं । नागरिक आन्दोलनको बाटो नागरिक सर्वाेच्चतातर्फ जान्छ । यो देशमा पहिले रैती थिए, त्यसपछि प्रजा भए, अहिले नागरिक भनिएको छ । तर, धेरै मान्छे अझै पनि अनागरिक हुनुको पीडा खेपिरहेका छन् । दलित, उत्पीडतहरु यो महसुस गरिरहेका छन् । यसलाई हटाएर नागरिक सर्वोच्चता स्थापित गराउनुपर्‍यो ।

राज्यको चरित्रमा सबै जात, धर्म, लिंगको सहभागिता हुनुपर्‍यो । देशका सबैलाई ‘यो राज्यमा म पनि छु है’ भन्ने महसुस भएमात्र वास्तविक विकास हुन्छ । यहाँ समृद्धिको कुरा गरिन्छ र डोजर चलाउने तथा भ्यू–टावर बनाउने काम गरिन्छ । यो गलत हो ।

तर संसद पुनर्स्थापनापछि धेरैको ध्यान सरकारतिर गएको छ । नागरिक आन्दोलन मुर्झाउने हो कि ?

बिल्कुलै मुर्झाएको छैन । हाम्रो उद्देश्य संसद पुनर्स्थापना वा कुनै अमुक दल वा नेतालाई सत्तामा पुर्‍याउने थियो भने पो मुर्झाउँथ्यो । हाम्रो प्रस्थान बिन्दु नै त्यो होइन । संविधान मिचिएको कुराबाट सुरु गरेर हामीले प्रष्ट भनेका छौं– आन्दोलन निरन्तर जारी रहन्छ ।

तर आन्दोलनप्रति समाजको चासो अलि कम देखाएको हो ?

दल र नेताहरुप्रति समाजमा वितृष्ण बढ्यो । जुन जोगी आएपनि कानै चिरेको भनेझैं जुन दल वा नेता आउँदा पनि जनतामा आशा जगाउने काम गरेनन् । उनीहरुले जनविश्वास गुमाउँदै गए । कुरा समाजवादको अनि काम भने पुँजीवादी गरे । कुरा लोकतन्त्रको, काम संविधान मिच्ने गरे ।
यसरी नैराश्य र विश्वासको खडेरी भएकाले आन्दोलनमा चासो घटेको हो । यो राम्रो संकेत होइन । जनता सचेत हुने, राजनीतिक प्रक्रियामा सामेल हुने, आ–आफ्नो हक खोज्ने भएमात्र देश बलियो हुन्छ । नत्र, लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुन्छ ।

मैले भन्दै आएको छु– आन्दोलनको बेलामात्र होइन, सचेत नागरिक सधैं जाग्नुपर्छ । खोकनामा बुलडोजरले घर भत्कायो । कमलपोखरीमा सिमेन्टको पोखरी बनाउन लागियो । रूकुममा जातकै कारण दलितको निमर्म हत्या भयो । यी पनि नागरिक आन्दोलको चासो हो, मुद्दा हो । यसमा सचेत भएर बोल्ने, लेख्ने गरेनौं भने हामी ठूलो जिम्मेवारी बोधबाट तर्किरहेका हुन्छौं । आफ्नो कर्तव्य बिर्सेका हुन्छौं ।

नागरिक आन्दोलन नेता जन्माउने थलोमात्र बन्यो पनि भन्छन् नि ?

नागरिक आन्दोलनले कसैलाई राजनीतिक नेता बनाउने नै होइन । त्यसले मैले र नारायण वाग्लेले आजन्म कुनै दलमा जाँदैनौं, कुनै पनि राजनीतिक नियुक्ति लिदैनौं भनेका छौं ।

सदैव खबरदारीको औला उठाउने हाम्रो काम हो । यहाँ अगुवा–पछुवा छैन, हुँदैन । मिडिया या अरुले भनिदिएपनि हामीले आफैंलाई अगुवा भनेका छैनौं । नागरिक आन्दोलनमा युवापुस्ता आएका छन् । भोलि आजको यो अनुहार पनि फेरिँदै आउँछ । हामी मोर्चा अरूलाई पनि हस्तान्तरण गर्न हिँडेका हौं ।

नागरिक आन्दोलनको यर्थाय शक्ति के रहेछ ?

नागरिक आन्दोलनको वास्तविक शक्ति देशको सार्वभौमिकता जनतामा निहित हुन्छ भन्ने अनुभूती हो । त्यो शक्ति धेरैजसो सुषुप्त हुन्छ । त्यसलाई बिउँझाउने अर्को शक्ति नागरिक आन्दोलन बन्छ ।

राज्यको चरित्रमा सबै जात, धर्म, लिंगको सहभागिता हुनुपर्‍यो । देशका सबैलाई ‘यो राज्यमा म पनि छु है’ भन्ने महसुस भएमात्र वास्तविक विकास हुन्छ ।

फेरि हामीसँग विकल्प पनि छैन । नेपालको इतिहासमा नागरिकले बारम्बार भोट दिएर सुतेर बसे । सबै काम दलले गरिहाल्छन् भन्ने भयो । तर उनीहरूले नागरिकको सपना पुरा गरिदिएनन् ।
शासन गर्ने, ऐन–नियम बनाउने, संसोधन गर्ने दलहरूले हो । उनीहरूलाई लोकतान्त्रिक बनाउन खबरदारी गर्ने हामी नागरिकले हो । दलहरू शक्तिशाली नै बनुन्, तर लोकतान्त्री बनुन् । त्यसको लागि खबरदारी गर्ने काम हामी नागरिकको हो ।

संसद विघटन असंवैधानिक ठहर भयो । अब प्रधानमन्त्री र राष्ट्रपतिले राजीनामा दिनुपर्छ ?

संसद विघटनको सवालमा राष्ट्रपतिले गलत भन्न सक्नुपर्ने हो, तर विवेक प्रयोग नगरी ‘रबर स्ट्याम्प’ बन्नुभयो । संविधान मिच्ने प्रधानमन्त्रीको प्रस्ताव रोक्नपर्ने राष्ट्रपतिले सहजै कार्यान्वयन गरिदिएको देखियो । त्यसैले, उहाँहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो । अदालतले नै गलत साबित गरेपछि त्यसलाई स्वीकार्नुपर्ने हो । यद्यपी, यो विषयमा मैले पण्डित भएर कुरा गर्न मिल्दैन । उहाँहरूले आफ्नै मनलाई नै सोध्नुपर्ने हो ।

फेरि, नागरिक आन्दोलनले कसले राजीनामा दिनुपर्र्छ, कसले पर्दैन, को सत्तामा जाने, को नजाने जस्ता कुरा सोच्दैन, गर्दैन । हाम्रो उद्देश्य पनि उहाँहरूलाई राजीनामा गराउने वा नगराउने होइन । हामी त समावेशीपन, समानता र लोकतन्त्रको लागि लडिरहेका छौं र अडिरहने छौं ।

नेपालमा लोकतन्त्र संस्थागत हुन नसक्नुको कारण केलाई मान्नुहुन्छ ?

एउटा कारण चरम दलीयकरण हो । विश्वविद्यालय नै हेर्नुस्, त्यहाँ दलीयकरण व्याप्त छ । त्रिविमा तीन दशक पढाएको आधारमा म यसो भन्न सक्छु ।

उता संवैधानिक आयोगहरुमा हेर्नुस् । त्यहाँ पनि दल र नेताका मान्छे राख्ने । प्रज्ञा प्रतिष्ठानमा आफ्नो मान्छेमात्र राख्ने । सबैतिर दलीयकरण गरिदिने । लोकतन्त्र बचाउने संस्थाहरु नै दलीयकरण भएपछि तिनले लोकतन्त्रबारे सोच्दैन, दल र नेताका वफादार बन्छन् । आखिर लोकतन्त्र त कुनै एउटा दलभन्दा माथिको कुरा हो नि ।

हामीकहाँ बहुदल भयो, लोकतन्त्र भएन भन्न सकिन्छ ?

बुहदल हुँदैमा लोकतन्त्रको सही अभ्यास हुन्छ भन्ने हुँदैन । लोकतन्त्रमा नागरिक सचेतना र आत्मनिर्णयको क्षमता हुनुपर्छ ।

हाम्रो देशमा लोकतन्त्र नै छैन भनौं भने पाँच–पाँच वर्षमा चुनाव भइरहेकै छ । एउटा मान्छे चुनाव जित्न करोडौं खर्च गर्छ । त्यत्रो पैसा जुटाउँदा बिभिन्न स्वार्थ समुहसँग जोडिन्छ । त्यसरी जित्नेहरु पनि एउटै जाति, एउटै वर्गका हुन्छन् ।

हाम्रो संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । त्यसलाई नियन्त्रण गर्न ओली सरकार बारम्बार लागेको छ । सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन खोजिएको छ । प्रधानमन्त्रीले नै साइबर सेना बनाएका छन् ।

त्यसैले हाम्रो लोकतन्त्र एकदम कमजोर छ । लोकतन्त्र जोगाउनु हामी सबैको दायित्व हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने
  • २०७७ फाल्गुन १३, बिहीबार १६:२५
  • In "देश"
  • नागरिक आन्दोलनको फेरिँदो अनुहार
  • २०७७ फाल्गुन १३, बिहीबार १६:२५
  • In "देश"
  • म्यानमारको सैन्य ‘कू’को काठमाडौंमा विरोध
  • २०७७ फाल्गुन १३, बिहीबार १६:२५
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

बंगलादेशबाट युरिया मलको पहिलो खेप आइपुग्दै

नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version