• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल


अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे ।

सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका छन् । अब पुनर्स्थापित संसदमा कांग्रेसको भूमिका के हुन्छ ? सरकारमा सहभागी हुन्छ कि हुन्न ? यसै सन्दर्भमा कांग्रेस वरिष्ठ नेता पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

संसद पुनर्स्थापनालाई कसरी हेर्नु भएको छ ?

सर्वाेच्च अदालतको संवैधानिक इजलासले संविधानको भावना र मर्म अनुरुप फैसला गरेर देशलाई ठूलो संकटबाट बचाएको छ । अनिश्चय र अस्थिरताबाट बचाएको छ । मैले त्यही रुपमा बुझेको छु ।

संसद पुनर्स्थापना भएपछि अब नयाँ सरकार बन्ने होला, कांग्रेसको भूमिका के हुन्छ ?

भोलि पार्टीको बैठक बस्दैछ, त्यहाँ यो विषयमा छलफल गर्छौं । हामीलाई जनताले कांग्रेसलाई सरकार बनाउने म्यान्डेड दिएको छैन । संसदीय प्रणाली जोगाउनु पनि छ ।

(नेकपा) का ९० जना सांसदले एकथरि कप्रस्ताव गरेका छन् । बाँकी ८० जना प्रधानमन्त्री केपी शर्मा ओलीसँग छन् । यस्तो अवस्थामा कांग्रेसले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्नुपर्छ । हामीले सत्ताको लालच देखाउनुहुन्न ।

लोकतन्त्र कसरी स्थिर हुन्छ ? संसदीय प्रणाली कसरी राम्रोसँग चल्छ ? भनेर हेर्नुपर्छ । कता लागेर कुर्सी पाउँछौ भन्ने नहेरौं । दुईमध्ये कसले ठीक ढंगले चुनाव गराउँछन् ? कसले राम्रोसँग देश चलाउँछन् ? यो समयमा चुनाव गराउँछु भन्दा को सहमत हुन्छन् ? त्यसलाई फ्लोरबाट सपोर्ट गर्न पनि सकिन्छ ।

हामीले त चुनाव जितेर आएपछि आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउनुपर्छ । नभए विकृति र विसंगति हुन्छ । त्यसमा फस्न हुँदैन भन्ने लाग्छ ।

त्यो भनेको प्रचण्ड–माधव समूहलाई समर्थन गर्ने हो कि ?

हामी अहिले यसलाई या त्यसलाई भन्दैनौं । तर हामी संसदीय प्रणालीको पक्षमा हौं । संसदीय प्रकृयालाई अगाडि बढाएर चुनावमा पुर्‍याउन कसले राम्रो योजना प्रस्तुत गर्छ, हाम्रो सहयोग उत्तैपट्टी हुन्छ । यति भन्दाभन्दै पनि ओलीले जुन कदम चाले, जस्तो क्रियाकलाप देखिए, अहिले उनलाई विश्वास गर्ने अवस्था छैन ।

यो भनेको त प्रचण्ड–माधव समूहलाई सहयोग गर्ने भयो होइन र ?

उहाँहरुसँग पनि कुरा गर्छौं, उहाँको योजना र कार्यक्रम हेर्छौं । उहाँहरुले कसरी अगाडि लानुहुन्छ ? कहिले चुनाव गराउनुहुन्छ ? त्यो सबै कुरा हेरेर मात्र निर्णय गर्छौं ।

अल्पमतको सरकार चलाउन दिने सम्भावना पनि छ ?

हामी संसदीय प्रणालीको पक्षमा छौं । बाँकी कुरा बैठकमै छलफल हुन्छ ।

कांग्रेसले नै सरकारको नेतृत्व गर्ने अवसर पाए कसलाई प्रधानमन्त्री बनाउँछ ?

अहिले हामीले त्यतातिर सोचेका छैनौं, त्यसैले कसलाई प्रधानमन्त्री बनाउने भन्ने नै छैन । सरकारमा जाने नजाने निधो पनि छैन । त्यसैले अहिले त्यो कुरा भन्न सकिन्न ।

पार्टीमा आन्तरिक छलफल गर्छौं । आन्तरिक छलफलमा आउने कुरा अहिले नभनिहालौं ।

तर, सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चर्चा छ नि ?

उहाँ चुनावको तयारीमा पनि हुनुहुन्थ्यो नि । उहाँ त यस्तै हो ।

तर कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने असंवैधानिक रुपमा हुन लागेको चुनावको तयारी गर्नुभएका देउवा प्रधानमन्त्री बन्न नैतिक रुपमा मिल्छ ?

मैले अघि नै भनिसकेँ कि पार्टीमा सरकारमा जाने नजाने बिषयमा छलफल भएकै छैन । बाँकी रह्यो देउवाजीमाथिको आरोप । जनतामा गलतफहमी छ भने त्यसलाई हटाउने काम पनि उहाँले नै गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल
  • २०७७ फाल्गुन १२, बुधबार २०:२६
  • In "देश"
  • पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !
  • २०७७ फाल्गुन १२, बुधबार २०:२६
  • In "थप"
  • संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल
  • २०७७ फाल्गुन १२, बुधबार २०:२६
  • In "देश"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

सामसङको ग्यालेक्सी एम०२ नेपाली बजारमा, १२ हजार रुपैयाँबाट मूल्यको सुरुवात

सिरहामा एक महिलाको वेवारिसे अवस्थामा लास फेला

कतारका नेपाली श्रमिक सेयर लगानीमा आकर्षित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version