• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शैक्षिक सत्र असोजसम्म सारौं : शिक्षाविद् डा. वाग्ले


शैक्षिक सत्र असोजसम्म सारौं : शिक्षाविद् डा. वाग्ले

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण अस्त व्यस्त बनेको शैक्षिक क्षेत्र विस्तारै लयमा फर्किएको छ । तर, लकडाउनका कारण खल्बलिएको यस वर्षको शैक्षिक सत्र चैत–बैशाखमै पूरा हुने स्थिति छैन । चालु शैक्षिक सत्र कहिलेसम्म जारी राख्ने भन्नेबारे शिक्षा क्षेत्रमा बहस जारी छ ।

सरकारले आगामी शैक्षिक सत्र असारदेखि सुरु हुने निर्णय गरिसकेको छ । तर, सरकारको यो निर्णयबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

शिक्षाविद् डा. मनप्रसाद वाग्ले जेठमा विद्यार्थीहरुको पढाइ पूरा नहुने भन्दै यस वर्षको शैक्षिक सत्र असोजसम्म लम्ब्याउनुपर्ने बताउँछन् ।

चालु शैक्षिक सत्र जेठ मसान्तमा पूरा गरेर असारदेखि अर्को शैक्षिक सत्र शुरु गर्ने सरकारको निर्णय कत्तिको उचित हो ? यही विषयमा केन्द्रित रहेर शिक्षाविद् डा. वाग्लेसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

यो वर्षको शैक्षिक सत्र असारबाट सुरु गर्ने निर्णय सही छ ?

विद्यार्थीलाई पढाएको, सिकाएको कुरा सबै सिकुन्, जानुन् भनेर बनाएको समय हो शैक्षिक सत्र । कोरोना महामारीले प्रभावित पारेको यो वर्ष विद्यार्थीले पाठ्यक्रममा भएको कुरा सिक्न पाउन्, सकुन् भनेर निर्धारित गरेको समय हो ।

यो वर्ष विद्यार्थीले पढ्न, सिक्न पाएकै छैनन् । माघसम्म पनि सबै विद्यार्थी शिक्षासँग नजोडिएको अवस्थामा जेठसम्म विद्यार्थीले कसरी सिक्छन् ? त्यसमा पनि सार्वजनिक विदाहरू कटौती गरिएका छैनन् । शिक्षकले लेखेको कुरा भट्याउने मात्रै अनि विद्यार्थीले सिक्ने समय खै ? त्यसैले यो निर्णय गलत हो । यो निर्णयले त झनै समस्या बढाउँछ ।

कस्तो समस्या उत्पन्न हुन्छ ?

शिक्षकले कक्षाकोठामा भट्याउने अनि तिम्रो पढाइ पूरा भयो भनेर सक्ने । अनि अर्को कक्षा चढाउने देखिन्छ । यसले शैक्षिक सत्रको अर्थ नै अर्को कक्षामा चढाउने मात्रै जस्तो देखिन्छ । मैले अघि पनि भनेँ शैक्षिक सत्र भनेको पढाएको कुरा विद्यार्थीले सिकुन् भनेर दिइने समय हो ।

अहिले दुई महिना पछाडि धकेलिएको छ । विद्यार्थीले पढेको कुरा सिक्ने समय नै दिइएको छैन । पाँच महिनामा शिक्षकले भट्याउन मात्रै सक्छ । त्यसमाथि सार्वजनिक विदाहरू यथावत राखिएको छ । त्यसले गर्दा सिक्ने समय रहेन ।  विद्यार्थीले सिक्ने कुरा नसिकेपछि स्वतः समस्या हुन्छ । अहिलेको कमजोर सिकाइले अर्को वर्ष असर गर्छ । अझ भनौं वार्षिक रुपमा कमजोर बनाउदै लैजान्छ ।

त्यसो हो भने यो वर्षको शैक्षिक सत्रलाई के गर्न सकिन्थ्यो ?

विद्यार्थीलाई पढाउने मात्र होईन, सिकाउनुपर्छ । पाठ्यक्रममा भएको विषयलाई पढाउँदै सिकाउनुपर्छ । त्यसको लागि समय आवश्यक पर्छ । यो वर्ष विद्यार्थीले त्यो समय पाएका छैनन् ।

सरकारले तीन वर्षको शैक्षिक सत्र–योजना बनाउनुपर्थ्यो । मैले भन्दै आएको छु–यो वर्षको शैक्षिक सत्र असोजमा, अर्को वर्षको शैक्षिक सत्र साउनमा र त्यसपछिको वर्ष बैशाखमा ल्याउनुपर्छ । त्यसरी तीन वर्षे शैक्षिक सत्र–योजना बनाउँदा ठीक हुन्थ्यो ।

माघमा विद्यालय खोलेर जेठमा पढाइ सक्छु भनेर हुँदैन । सार्वजनिक विदा पनि यथावत राखेर दुई महिनापछि धकेल्नुको अर्थ छैन ।

शैक्षिक सत्र लगातार दुई वर्ष पछाडि धकेल्दा विदेश जाने विद्यार्थीहरू कसरी जाने ?

पहिलो कुरा त यो महामारीको असर हामीलाई मात्रै होइन । अमेरिका लगायत देशहरूले पनि शैक्षिक सत्र पछाडि धकेलेका छन् । दोस्रो कुरा, हामीले नेपालमा नै पढ्न मन लाग्ने वातावरण बनाउने हो । हाम्रो शिक्षा स्तरीय बनाउने हो ।

तेस्रो, विदेश पढ्न जानेहरूलाई पनि हामीले त्यहाँ सिक्नयोग्य बनाएर पठाउनुपर्छ । हामीले यहाँ पढाउने, सिकाउने नाममा भट्टयाउने मात्र गरेर त हुँदैन ।

व्यवहारिक सिकाइमा जोड दिएको भए जेठ वा चैत्रमै शैक्षिक सत्र सकिने सम्भावना थियो ?

त्यस्तो गर्न सकेको भए सम्भव थियो । तर, हाम्रोमा त्यो पद्दति छैन । कक्षा ११, १२ मा जीवनपयोगी शिक्षालाई अनिवार्यबाट हटाएर विकल्पको रुपमा ल्याएको छ । सरकारले उल्टो काम गरेको छ । विद्यार्थीलाई पढाउने मात्रै काम हुन्छ । सिकाउन त शैक्षिक सत्रको समय थपिनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नयाँ शैक्षिक सत्र असार १ देखि शुरू हुने
  • २०७७ फाल्गुन १०, सोमबार १८:२८
  • In "देश"
  • शैक्षिक क्षेत्र चलायमान बनाउन विकल्प खाेजाैं
  • २०७७ फाल्गुन १०, सोमबार १८:२८
  • In "समाचार"
  • भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन
  • २०७७ फाल्गुन १०, सोमबार १८:२८
  • In "BannerNews"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

भूकम्पले क्षतिग्रस्त गुम्बा ५ वर्षपछि बल्ल पुनर्निर्माण हुँदै

पीसीआर नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टिनमा नराखौं : पर्यटन व्यवसायी

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version