• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य


महामारीअघिकै अवस्थामा फर्कियो आयात, निर्यातको वृद्धि सामान्य

 काठमाडौं । नेपालमा वस्तु आयातको ग्राफ कोरोना भाइरसको महामारी शुरु हुनु भन्दा अगाडि कै अवस्थामा फर्किएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को सातौं महिना (साउन-माघ) बित्दा वस्तु आयात गत आवको यसै अवधिमा भएको आयातकै हाराहारीमा पुगेको हो ।

चालु आवको ७ औं महिनासम्म कुल ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको यसै अवधिमा ८ खर्ब ३ अर्ब ६० करोडको वस्तु आयात भएको थियो ।

गत आवको यो अवधिमा कोरोनाको महामारीले मुलुकको अर्थतन्त्र प्रभावित बनेको थिएन । तर, यो वर्षको प्रारम्भिक तीन महिना कोरोनाबाट अर्थतन्त्र प्रभावित बनेको थियो । तर, वस्तु आयात भने सुरुदेखि नै कमजोर बनेन ।

अन्ततः सातौ महिनामा पुग्दा गत आवको भन्दा पनि बढी वस्तु आयात भएको भन्सार विभागको आँकडाले देखाएको छ ।

१ महिनामा १४२ अर्बको आयात

तथ्यांक अनुसार माघ महिनामा मात्र नेपालले विदेशबाट १ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । तथ्यांकअनुसार पुससम्म कुल आयात  ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

कोरोना भाइरसका कारण मुलुकभित्र अर्थतन्त्रका धेरैजसो क्षेत्र प्रभावित बने पनि यसले वैदेशिक व्यापारमध्ये आयातमा भने कुनै प्रभाव नपारेको देखिएको छ । यो अवधिमा निर्यातमा सामान्य वृद्धि देखिएको छ ।

यद्यपी निर्यातको ग्राफमा उत्साह थप्ने वस्तुहरु भने छैनन् । तेस्रो मुलुकबाट कच्च पदार्थ आयात गरी नेपालमा प्याकेजिङ तथा प्रशोधन भई भारत निर्यात गरेकै आधारमा केही वस्तुका कारण निर्यातको ग्राफ माथि देखिएको हो ।

७ महिनामा नेपालबाट ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको छ । माघ महिनामा ६ अर्ब हाराहारीको मात्र वस्तु निर्यात भएको छ ।

व्यापार घाटा चुलिँदै

आयातको ग्राफ ओरालो लागेको र निर्यात बढेका कारण छैटौं महिनासम्म व्यापार घाटा समेत सुधारोन्मुख थियो । तर, सातौ महिनामा जाँदा व्यापार घाटा समेत अब माइनसमा जाने अवस्थामा पुगेको छ ।

किनकी यो महिनादेखि आयात उकालो लागेको छ । ७ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार  ८ खर्ब ७३ अर्ब ५६ करोड पुगेको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधीको तुलनामा ०.५७ प्रतिशतले सुधार आएको छ ।

तथ्यांकअनुसार ७ महिनाको अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब पुगेको छ । यो गत आवको तुलनामा मात्र ०.६६ प्रतिशत कम हो ।

गत आवमा ७ खर्ब ३७ अर्बको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत पुगेको छ । निर्यातको हिस्सा मात्र ८ प्रतिशत छ ।

१ खर्ब माथि पेट्रोलियम पदार्थको आयात

सातौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब भन्दा माथिको मूल्यमा पुगेको छ । तथ्यांक अनुसार यो अवधिसम्म १ खर्ब ४७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यो अवधिमा निर्माण क्षेत्रमा प्रयोग हुने फलाम तथा स्टीलको आयात ८० अर्ब २४ करोड हाराहारीको भएको छ । ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको सवारी साधन समेत यसै अवधिमा आयात भएको छ ।

यो अवधिमा ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामानको आयात भएको छ । यसमा मोवाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २२ अर्ब ३९ करोड रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ४८ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

यस्तो रहृयो ७ महिनाको वैदेशिक व्यापार

आयात : ८ खर्ब ३ अर्ब ६४ करोड (०.०१ प्रतिशत बढेको)

निर्यात : ६९ अर्ब ९१ करोड (७.६१ प्रतिशत बढेको)

व्यापार घाटा : ७ खर्ब ३३ अर्ब ७२ करोड (०.६६ प्रतिशत घटेको)

कुल वैदेशिक व्यापार : ८ खर्ब ७३ अर्ब ५६ करोड (०.५७ प्रतिशत घटेको)

व्यापारमा आयातको हिस्सा : ९२ प्रतिशत (०.५७ प्रतिशत घटेको)

व्यापारमा निर्यातको हिस्सा : ८ प्रतिशत (७ प्रतिशत बढेको)

भारतबाट मात्र ५ खर्ब ३१ अर्बको आयात

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोहीकारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ७ महिनाको अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यसअवधिमा निर्यात भने ४९ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात भएको छ । यसले भारतसँग व्यापार घाटा ४ खर्ब ८२ अर्ब १ करोड देखिएको छ ।

यस अवधिमा चीनतर्फ मात्र ५५ करोडको सामान निर्यात हुँदा १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनसँग १ खर्ब १५ अर्ब  ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकामा ७ अर्बको सामान निर्यात हुँदा ९ अर्ब ४५ करोड रुपैयाँको मात्र आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चार महिनामा साढे चार खर्ब व्यापार घाटा
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:५९
  • In "BannerNews"
  • सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:५९
  • In "आर्थिक"
  • दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
  • २०७७ फाल्गुन ७, शुक्रबार १५:५९
  • In "BannerNews"
Tags: #आर्थिक#यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

‘हामीमा निहीत अधिकारसहित सम्पूर्ण नागरिकहरु जागौँ’

सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन : प्रधानमन्त्री

राष्ट्रपतिले संविधानको रक्षा गर्नुभएन : पूर्वराष्ट्रपति यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version