• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अलविदा गोलबजारका हस्ती राधेश्याम अग्रवाल


अलविदा गोलबजारका हस्ती राधेश्याम अग्रवाल

संजय यादव, गोलबजार, सिरहा
फागुन ५, बुधबार
सिरहा जिल्ला गोलबजारका एक हस्ती राधेश्याम अग्रवाल सदाकोे लागि अलविदा भएको छ । गोलबजार नगरपालिका वार्ड नम्बर ४ आफ्नै निबासमा गोलबजार विकासको लागि अहोरात्र खटिने समाजसेवी राधेश्याम अग्रवालकोे बुधबार बिहान निधन भएको छ । लामो समयदेखि ब्रेनह्याम्रेजबाट पिडित गोलबजार उद्योग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत रहेका अग्रवालको बिहान खाजा खाने बेलामा असजिलो महसुस भई बेहोस भएसंगैै सदाको लागि हामीबाट बिदा भएको पारिवारिक स्रोतले जनाएको हो । अग्रवाल गोलबजारका अग्रज व्यवसायी मात्र थिएन, अधिकार र पहिचानकोे आन्दोलनमा सधै सक्रिय रही गोलबजारबाट नेतृत्वदायी भूमिका निभाउँदै आएको उनी निकट स्रोतले बताएका छन् । मधेशका मसिहा भनेर चिनिएका तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको विश्वासपात्र रही अग्रवाल मधेस र मधेसीको अधिकार र पहिचानको लागि अहोरात्र खटदैै निरंकुश शासकहरूको निशाना बनी रहेको गोलबजार नगरपालिका वार्ड नं ८ निवासी मुकुन्द यादवको भनाई रहेको छ । नेपाल सदभावना पार्टीमा रहँदै मधेश र मधेशीको हकअधिकारको लागि लड्दै संगठन विस्तार गर्नुको साथै व्यवसायलाई पनि नरिन्तर अगाडि बढाउँदै आएकोे उनी निकट स्रोतले बताए । अग्रवाल राजनीतिमा सक्रिय हुँदै तत्कालीन असनपुर गाविसका निर्वाचित वडा अध्यक्ष समेत भएको बुझिएको छ । अग्रवालको निधन ले पुरै गोलबजार शोकमग्न भएको र गोलबजारको एक हस्ती सदाकोलागि अस्ताएकोले ठूलो क्षती र अभाव खट्किएको स्थानीय व्यवसायीहरूको कथन रहेको छ ।

यता स्व. अग्रवालको कान्छा छोरा उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष एवं सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका भरत अग्रवालले बुवाको निधनले अत्यन्तै मर्माहित भएको बताए । बुवाको कुशल अभिभावकत्वले नै आज हामी यहाँ सम्म सफलतापूर्वक आउन सकेको बताए । गोलबजारको व्यावसायिक विकासमा पनि स्व. अग्रवालको उच्च योगदान रहेको बुझिएको छ । गोलबजारका स्थानीय ब्यापारीहरुले एक स्वरमै भावुक भई भने, आफुहरुले एक कुशल अभिभावक गुमाएको र सधै उहाँको अभाव महसुस भईरहने बताउँछन् । स्व. अग्रवालको एक पत्नी सत्यवाला अग्रवाल तीन छोरा राजेश अग्रवाल, आनन्द र भरत अग्रवाल छोरी प्रेमलता अग्रवाल रहेको बुझिएको छ । स्व. अग्रवालको हिन्दु परम्परा अनुसार मैनावती नदीको घाटमा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्याक्टरबाट झरेर सिरहामा बालकको मृत्यु
  • २०७७ फाल्गुन ६, बिहीबार १०:४६
  • In "मधेश प्रदेश"
  • गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट
  • २०७७ फाल्गुन ६, बिहीबार १०:४६
  • In "मधेश प्रदेश"
  • गोलबजारमा छुरा प्रहारबाट एकको मृत्यु, एक गम्भीर
  • २०७७ फाल्गुन ६, बिहीबार १०:४६
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

Next Post

डाचारामको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड-माधव सर्लाही आउँदै

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version