• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपी अर्कै मुद्दामा कारागार चलान


शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपी अर्कै मुद्दामा कारागार चलान

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक हातहतियार तथा खरखजना मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट पक्राउ परेका थिए । आइतबार हातहतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले कारागार चलानको आदेश दिएपछि उनी कारागार चलान भएका हुन् । सोमबार दर्ता भएको अपहरण र कर्तब्य ज्यान मुद्दामा आइतबार बयान लिने अदालतको तयारी छ ।

जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले सोमबार दर्ता भएको मुद्दामा पक्राउ परेका एकजान मात्रै प्रतिवादी हातहतियार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेकाले आइतबार बयानपछि बहस हुने बताए । उनका अनुसार आइतबार गोलाप्रथाबाट बेञ्च तोकेर बयान लिइनेछ ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विक व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा पक्राउ परेका थिए । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका विकको साथबाट एउटा सेमि अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइलहरु, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद भएको थियो ।

पक्राउ पछि सोधपुछ गर्दा मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा पनि उनको संलग्नता देखिएको प्रहरीको दाबी छ । विकविरुद्ध प्रहरीले हातहतियार खरखजना, अपहरण र कर्तव्य ज्यानसम्बन्धी छुट्टा छुट्टै मुद्दा दर्ता गराएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार उनीविरुद्ध हातहतियार खरखजना मुद्दा अदालतमा दर्ता गरेको थियो । सोही दिन थुनछेक बहस पछि पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सोमबार अपहरण र कर्तव्य ज्यान मुद्दामा उनीसहित ३५ जना विरुद्ध मुद्दा दर्ता भएको थियो । विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो । हत्या भएकै दिन ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान
  • २०७७ फाल्गुन ५, बुधबार १९:५१
  • In "कोशी प्रदेश"
  • मधेश प्रदेश सांसद यादव पुर्पक्षका लागि जेल चलान
  • २०७७ फाल्गुन ५, बुधबार १९:५१
  • In "BannerNews"
  • बारामा क्याम्पस प्रमुख कुशवाहाको मुख्य हत्या आरोपी सुरेन्द्र पक्राउ
  • २०७७ फाल्गुन ५, बुधबार १९:५१
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

पौडेलको तीन माग देउवाद्वारा अस्वीकार !

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता गर्ने प्रस्ताव

स्वास्थ्य तर्फका कर्मचारीको समायोजन : प्राथमिकतामा प्रदेशबाट स्थानीय तहमा जानेहरू

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version