• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र


सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ ।

मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए ।

तर बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइयो । ‘दलहरुबीच सहमति हुँदा पनि माथिको आदेशमा सभामुखले बैठक अनिश्चित कालका लागि स्थगित गर्नुभयो । यसमा हाम्रो आपत्ति छ’, प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन् ।

संघीयताको भावना र संविधान विपरीत प्रदेशका सभामुख संघीय सरकारको आदेशपालक बनेको भन्दै प्रचण्ड–माधव समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ ।

तत्काल बैठक बोलाउनुपर्ने र केन्द्रको आदेशमा नभएर परामर्श समितिमा जुट्ने सहमतिका आधारमा प्रदेशसभा चलाइनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि लगातार बैठक छल्ने प्रयास भएको भन्दै यो समूहले आपत्ति जनाएको छ ।

‘आजको बैठकबाट मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफल सुरु गर्ने सहमति जुटेको थियो । तर, सभामुख भाग्नुभयो’, शाक्यले भनिन् । बुधबार बैठक बोलाउने र मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्न यो समूह बाहेक नेपाली कांग्रेस र साझा विवेकशील पनि तयार भएका थिए ।

बैठक अनिश्चितकालका लागि स्थगित गरिए पछि कांग्रेस र साझा विवेकशीलले पनि विरोध जनाएका छन् ।

संसद् विघटन लगत्तै नेकपा विभाजित भएपछि मुख्यमन्त्री पौडेल विरुद्ध नेकपाकै ४५ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको पक्षमा थप चार जनाको सहमति रहेको प्रचण्ड–माधव समूहले दावी गरेको छ । नयाँ मुख्यमन्त्री चयन गर्न भने ५६ सांसद आवश्यक पर्छ ।

११० मध्ये नेकपा एक्लैसँग ८० सांसद थियो । तर, पार्टी विभाजन पछि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव पेश गरिएको छ । यो प्रदेशमा नयाँ मुख्यमन्त्री चयन गर्न काँग्रेससँग गठबन्धन आवश्यक छ । काँग्रेससँग २२ प्रदेश सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय
  • २०७७ फाल्गुन ५, बुधबार १६:३१
  • In "कोशी प्रदेश"
  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो
  • २०७७ फाल्गुन ५, बुधबार १६:३१
  • In "देश"
  • बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी
  • २०७७ फाल्गुन ५, बुधबार १६:३१
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

इन्धनको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकियो

जंकफुड होइन यस्ता खानेकुरा जरुरी छ बालबालिकाका लागि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version