• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरस्वतीको मूर्तिलाई अन्तिम रुपदिन व्यस्त महोत्तरीका मुर्तिकार ‘मिथिला बिहारी’


सरस्वतीको मूर्तिलाई अन्तिम रुपदिन व्यस्त महोत्तरीका मुर्तिकार ‘मिथिला बिहारी’

धनुषा । विद्याकी देवी सरस्वती पूजाको एकदिन मात्रै बाँकी हुँदा मुर्तिकार (कालिगढ) हरुलाई सरस्वतीको मुर्ति रंगरोगन गर्न भ्याइनभ्याई छ । यतिबेला मुर्तिकारहरु सरस्वतीको मुर्तिलाई रंगरोगन गरी अन्तिम रुपदिन व्यस्त छन् ।

परम्परा अनुसार माता सरस्वतीको पूजा गर्न अधिकांश सामुदायिक, निजी विद्यालय तथा शैक्षिक संघसंस्थाले मूर्ति नै स्थापना गरी पूजा अर्चना गर्ने गरेका छन् ।

यस्तै मागको मुर्ति रंग्याएर अन्तिम रुपदिन महोत्तरी जिल्लाको सम्सी गाउँपलिका ४ गढाभेटपुरका मूर्तिकार मिथिला बिहारी पण्डितका परिवार नै लागि परेका छन् ।

डेढमहिनादेखि अर्डर तथा बिक्रीवितरणका लागि बनाएको साना ठूला गरी ३० वटा मुर्ति रंगरोगनमा उनका ५ छोरी र एकछोराले सघाइरहेका छन् ।

एउटा मुर्तिक मिहिनेत, आकमर र लगानी अनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनी बताउँछन् । सिजनमा विभिन्न देवी देउताको मुर्ति बनाएर वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको पण्डितको भनाइ छ ।

कोरोना कहर र शीतलहरको कारण यसपटक कमै मात्र मुर्ति तयार गर्न सकेका छन् ।

परम्परागत पेशामा लागेका ५५ वर्षीय पण्डित १५ वर्षकै उमेरदेखि मुर्ति बनाउँदै आएका छन् । बाँस, पराल, माटो र रंगको संयोजन गरेर मूर्ति बनाउने गरिन्छ ।

यसपटक २० वटा सरस्वती माताको मुर्तिको अर्डर आएको उनले बताए । आकर्षक मुर्ति बनाउने गरेको कारण उनलाई सरस्वती पूजा आउनु दुईमहिना अघिदेखि नै मुर्तिका लागि अर्डर आउने गरेको छ ।

मुर्ति बनाउने कार्यमा श्रीमती, ५ जना छोरी र एक छोरा सबैले सघाउने गरेको पण्डितले बताए । मुर्ति रंग्याउन भने हुलाकी सडकको धुलोले समस्या हुने गरेको उनको गुनासो छ ।

‘हुलाकी सडकको धुलोले रंग लगाउन, मुर्ति सजाउन निकै गाह्रो हुन्छ । सडकमा पानी छर्किदैनु दलिनमा राखिएको मूर्तिमा रङ लागाउँदै’ उनले भने, ‘रंग लगाउने बेला धुलो पर्यो भने मुर्ति बिगार्छ । त्यसैले आगन, दलिनमा राखेर जसोतसो रंगरोगन गर्नुपर्छ ।’

सिजनमा मुर्ति बनाएर नै छोराछोरीको पढाइ लेखाईसहित घरको जोहो गर्ने गरेको पण्डित बताउँछन् । अन्यदिनमा पण्डित कल गाड्ने काम गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो
  • २०७७ फाल्गुन ३, सोमबार १९:०४
  • In "BannerNews"
  • आज वसन्तपञ्चमीः देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
  • २०७७ फाल्गुन ३, सोमबार १९:०४
  • In "BannerNews"
  • आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
  • २०७७ फाल्गुन ३, सोमबार १९:०४
  • In "देश"
Tags: #शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

ओली र प्रचण्डलाई काङ्ग्रेस नेताको प्रश्न: चीनले सिमा मिच्दा किन बोल्न सक्नुभएन?

ओलीले मैदानबाहिरबाट गोल हाने, अदालतले मैदानमा फर्काओस्’

गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version