• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन


प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

भरतपुर । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन्स डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ ।

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाफको उत्पादन हुनसकेको छैन । व्यावसायिकरूपमा फूलको खेती गर्ने किसान छन् तर बजारको माग पूरा गर्न सकेका छैनन् ।

प्रेम दिवसमा उपहारका रूपमा दिइने गुलाफ फूलको उत्पादन चितवनमा पनि निरन्तर घट्दै गइरहेको छ । समय र तापक्रमको सन्तुलन मिलाउन नसक्दा कुनै बेला राम्रो उत्पादन गर्ने क्षमता बनेको चितवनमा गुलाफ उत्पादन अहिले निरन्तर घटेको हो । फेब्रुअरी १४ को दिन प्रेमी जोडीहरुले एक–अर्कालाई गुलाफ फूल, कार्ड र उपहारस्वरूप विभिन्न सामान आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन चितवनसहित देशभर करोडौँको गुलाफ फूलको कारोबारसमेत हुने गरेको पुष्प व्यवसायीहरुले बताएका छन् ।

पुष्प व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष प्रकाश पन्तले प्रणय दिवसमा चितवनमा गुलाफ फूलको माग निरन्तर बढेको भए पनि उत्पादन भने घटेको बताए । उनले भने, ‘अन्य समयमा रु ५० मा बिक्री हुने गुलाफ यस दिन रु १०० मा बिक्री हुने गरेको छ । यसको बिरुवा महङ्गो र उत्पादनमा धेरै नै मेहनत गर्नुपर्ने भएकाले पनि चितवनमा उत्पादन घटेको छ । एउटा बिरुवालाई रु १५० सम्म पर्छ ।’

यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ

गुलाफ फूलको उत्पादन गर्न तापक्रम ३० देखि ३२ डिग्री सेन्टिग्रेडको आवश्यकता पर्छ तर चितवनमा धेरै गर्मी हुने भएकाले यसको उत्पादन चितवनभन्दा पहाडी क्षेत्रमा नै बढी हुने गरेको छ । खुला ठाउँमा खेती गरेको गुलाफ त्यति आकर्षक नदेखिने भएकाले हरितगृहमा खेती गर्दा चितवनमा तापक्रम र प्रकाशको सन्तुलन मिल्न नसकेको व्यवसायी पन्तले जानकारी दिए । उनले चितवनमा व्यावसायिकरूपमा गुलाफको खेती गर्ने किसान नरहेको बताए ।

अहिले चितवनमा गुलाफ फूलको बढ्दो माग भए पनि सदाबहार फूलको खेतीमा किसान आकर्षित भएको प्राविधिक बताउँछन् । कृषि ज्ञान केन्द्र चितवनका बागवानी प्राविधिक सहायक पुनम पौडेलले चितवनमा पुष्प खेती गर्नेको सङ्ख्या बढ्दै गए पनि गुलाफको खेती भने घट्दै गएको बताइन् । उनले भनिन्, ‘विशेष अवसरमा मात्र गुलाफको बिक्री हुने भएकाले यसको बजार सानो छ । जोगाएर राख्न र उत्पादन गर्न पनि कठिन भएकाले किसानको आकर्षण गुलाफमा छैन ।’ धेरै किसानको आकर्षण सयपत्री फूलमा देखिएको उनले बताए ।

नेपालमा मागअनुसार गुलाफको उत्पादन हुन सकेको छैन । अन्य स–साना कार्यक्रम र सजावटका लागि नेपालकै उत्पादनले धाने पनि प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । देशभर बजारको मागअनुसार ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल आयात गर्नुपर्ने व्यवसायीहरुले बताएका छन् ।

फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकूल मौसम अर्थात् जाडो सिजन हुने भएकाले यहाँ गुलाफको आन्तरिक उत्पादनमा कमी आएको प्राविधिकहरू बताउँछन् ।

यस वर्षको प्रेम दिवसमा देशभर एकदेखि सवा करोडसम्म फूलको कारोबार हुने पुष्प व्यवसायीको अनुमान छ । गत वर्ष देशभर एक लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यस वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रतिस्टिम रु ८० देखि १०० को हाराहारीमा दुई लाख स्टिम गुलाफको कारोबार भएको थियो ।

नेपालमा गुलाफ फूलको व्यावसायिक खेती मुख्यगरी काठमाडौँ उपत्यकाभित्रको तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोेकमा हुने गर्छ । चितवनको उत्पादन घटेसँगै धेरै प्रतिशत गुलाफ विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्लास्टिकका माला प्रतिबन्ध : बजारमा सयपत्रीको माग अत्याधिक
  • २०७७ फाल्गुन २, आईतवार ०९:०४
  • In "BannerNews"
  • केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
  • २०७७ फाल्गुन २, आईतवार ०९:०४
  • In "BannerNews"
  • बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी
  • २०७७ फाल्गुन २, आईतवार ०९:०४
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

परीक्षणको नतिजासम्म उपलब्ध गराउने चिनियाँ खोप किन लगाउने ?

केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन कांग्रेसको माग

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ओली र प्रचण्ड-माधव समूहका चालिसे विजयी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version