No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री


नेकपाको मात्रै बाकस भरिन्छ भनेर डराए : प्रधानमन्त्री

बुटवल । नेकपा ओली समूहका नेताहरुले केपी शर्मा ओलीलाई अझै एक कार्यकाल प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपका रुपमा अगाडि सारेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड-माधव समूह सडक आन्दोलनमा छ भने सत्तामा रहेको ओली समूहले पनि सभाहरु गरेर  शक्ति प्रदर्शन गर्दै आएको छ । माघ २३ मा काठमाडौंमा सभा गरेको यो समूहले शनिबार बलियो पकड मानिएको लुम्बिनी प्रदेशको बुटवललाई शक्ति प्रदर्शन गरेको छ ।

बुटवल-७ सिद्धेश्वर माविको मैदानमा भएको सभाका लाागि प्रदेशका १२ वटै जिल्लाबाट कार्यकर्ता र जनता ल्याइएको थियो । सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्ट, मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिकसँगै विषयका मुद्दा समेत अगाडि सारे ।

आफूहरु विकास र समृद्धिको पक्षमा रहेको, तर प्रचण्ड-माधव पक्षले विकास देख्न नसकेर कामै गर्न नदिएको र अस्थिरता निम्त्याएको आरोप लगाए । पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुले नै पाउने जिकिर गर्दै नेताहरुले अलमलमा नपर्न र चुनावको तयारीमा जुट्न आग्रह पनि गरे ।

सभाको उपस्थिति देखेर हौसिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणको शुरुमै अर्को समूहलाई सभा हेर्न आउन निम्ता दिए । ‘तीन दिन अगाडिमात्रै देशभरिबाट केही मान्छे जम्मा गरेर मलाई जनसभा हेर्न आउ भनेका थिए’ प्रचण्ड-माधव समूहलाई इंगित गर्दै ओलीले भने, ‘देशभरिको होइन, लुम्बिनी प्रदेशका मात्रै जनता आएका छन्,जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनुस् ।’

त्यसपछि सम्बोधनको अधिकांश समय विकास निर्माणका कामका कुरा गरे । देशलाई स्थिरता र विकासको दिशामा अघि बढाउन तीन वर्ष अगाडि माओवादी केन्द्रसँग एकता गरेको, तर अर्को पक्ष देशको विकास हैन, आफू बलियो, गुट बलियो बनाउनतिर लागेकाले अहिलेको अवस्था आएको ओलीले बताए ।

अहिले पार्टी फुटेको नभई अस्थिरता चाहनेहरु बाहिरिएको भन्दै उनले भने, ‘गएको तीन वर्ष यस्ता आमसभा गर्न सक्ने थिएनौं, खुट्टा तान्नेहरु थिए, टेलिभिजन, रेडियोमा मनपरी बोल्दै हिँडे । ‘सरकारले गरेका राम्रा कामको प्रशंसा गर्नुभयो ? कहिल्यै, गर्नुभएन । बुटवल-नारायणगढ सडक, भैरहवा विमानस्थल, भेरी बबई डाइभर्सन, लुम्बिनीमा पांच हजार जना क्षमताको सभा हल सबैले देखेका छन्, तर उहाँहरु देख्नुहुन्न, भन्न सक्नुहुन्न, स्वीकार गर्ने हिम्मत छैन ।’

सिद्धार्थ राजमार्ग दुई लेन, कालीगण्डकी कोरिडोर, हुलाकी राजमार्ग, कृषि आधुनिकीकरण, लुम्बिनी गुरुयोजना, रामग्राम गुरुयोजना, सबैतिर विकास गरिरहेको ओलीले फेहरिस्त सुनाए । नौमुरे, कालीगण्डकी र माडी डाइभर्सनबाट सिंचाई गर्ने काम अघि बढेको, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा विकासका लहर आएका उनले बताए । देश सुरुङ युगमा प्रवेश गरेको र काठमाडौं-नौबिसे, सिद्धबाबा सुरुङ बन्ने क्रममा रहेको ओलीले सुनाए ।

‘देशमा विकास, सुशासन भ्रष्टाचारी अपराधीलाई कारवाही हुनुपर्छ, हामी त्यो पक्षमा छौं’ उनले भने, ‘कसलाई भोकले मार्न दिन्नौं लामखुट्टेले टोकेर मर्न दिंदैनौं ।’ मृत्युदर घटेको र यो सरकारको ठूलो सफता भएको समेत उनले बताए । फागुन ३ गते सिंहदरबारबाट तीन वर्षमा भएका कामको जानकारी दिने भन्दै उनले भने, ‘विरोधीहरु त्यतिकै छट्पटाएका होइनन् । अरु डेढ दुई वर्ष सरकार चल्यो भने अरुका बाकस रित्तै हुन्छन्, नेकपाको मात्रै भरिन्छ भनेर डराएका हुन् ।’

उनले संसद विघटन  संविधानसम्मत जिकिर गरे । ‘काम गर्न नदिएपछि वहुमतको प्रधानमन्त्रीको हिसाबले विघटन गर्नुपर्‍यो, संविधानको ७६ -१) अनुसार बनेको सरकारले उपधारा ७ र ८५ अनुसार विशेषाधिकार प्रयोग गरेर विघटन गरेँ’ उनले भने ।

संसद पुनर्स्थापना भए कसैको पनि बहुमत नहुने र किनबेचको राजनीति सुरु हुने भन्दै उनले भने, ‘अदालतले देशलाई अस्थिरतातर्फ फर्काउन छैन भन्ने विश्वास छ ।’

प्रचण्ड-माधव समूहतर्फ इंगित गर्दै उनले कसैलाई लोकप्रिय छु भन्ने लागेको भए चुनावमा आउन आग्रह गरे । ‘आमसभामा मान्छे हेर्ने मात्रै किन ? बाकसमा भाटै गनौंला’ भन्दै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले प्रत्यक्षमा वहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गरे ।

प्रचण्डले पूर्व लडाकूहरुलाई नहेरेको भन्दै उनले उपचार, रोजगारी र राजनितिक नियुक्तिमा ध्यान दिने आश्वासन दिए । वैसाख १७ र २७ गते चुनाव भएरै छाड्ने दावी गर्दै उनले सूर्य चिन्ह कसको भन्ने विषयमा विवाद गर्नु नपर्ने बताए ।

ओली अझै एक कार्यकाल प्रधानमन्त्री : पौडेल

सभामाअर्थमन्त्री विष्णु पौडेल नेकपा नफुटेको बरु विभाजनकारी, स्वार्थी तत्वहरु चोइटिएको तर्क गरे । ‘पार्टी र राज्य सत्ता कब्जा गर्ने मात्रै ध्याउन्न भयो । षड्यन्त्रकारीको जंगली महत्वाकांक्षाले पार्टी विभाजनको अवस्थामा आयो’ उनले भने । तर बुटवल सभाले ओलीको पक्षमा जनमत छ भन्ने पुष्टि गरेको भन्दै उनले अलमलमा रहेकाहरु फर्किएर आउने दाबी गरे ।

नेकपा र सूर्य चुनाव चिन्ह ओलीले नेतृत्व गरेको पार्टीको हुने भन्दै उनले भने, ‘दुनियाको कुनै ताकतले चुनाव रोक्न सक्दैन । लुम्बिनी प्रदेशमा यसअघि भन्दा धेरै सिट जित्छौं ।’ पार्टी अध्यक्ष ओलीलाई अर्को एकपटक प्रधानमन्त्री बनाएर देशको नेतृत्व गर्नु दिनुपर्ने अवस्था आएको उनले बताए । चुनावबाट ओलीको नेतृत्वमा वहुमतको सरकार बनाउन कसैले रोक्न नसक्ने उनको दावी छ ।

 प्रचण्ड-माधव पक्ष चुनावसँग डराए : पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका नेता शंकर पोखरेलले प्रचण्ड-नेपाल समूहले बुटवलमा गरेको आमसभालाई कोणसभाको संज्ञा दिए । ‘बुटवलमा कोणसभा गरेर प्रधानमन्त्रीलाई लल्कार्ने काम भयो’ उनले भने, ‘त्यसलाई जवाफ दिन हामीले आज आम सभा गर्‍यौं ।’ प्रचण्ड-नेपाल पक्षमा जनता नरहेको जिकिर गर्दै उनले जनतासंग डराएर चुनावबाट भाग्न खोजेको बताए ।

अबको चुनावमा रोल्पा रुकुममा पनि ओली नेतृत्वको नेकपाले चुनाव जित्ने पोखरेलले दावी गरे ।

एके ४७ ले प्रहार गरेपछि पछारिए : टोपबहादुर

आसमभामा पुर्व माओवादी नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड माधव पक्षले प्रधानमन्त्री ओलीलाई बिग्रेको थ्री नट थ्री राइफलले सुट गर्न खोज्दा प्रधानमन्त्रीले एके ४७ राइफलले सुट गरेको र उनीहरु उहांहरु सडकमा पछारिएको तर्क गरे ।

प्रचण्ड माधव पक्षसँग कुनै एजेण्डा नभएको जिकिर गर्दै उनले या त ओलीको हस्ताक्षरमा चुनावमा उम्मेदवार बन्ने या त वहिस्कार वा मोहन वैद्यतिर लाग्नुपर्ने मात्रै विकल्प भएको बताए । उनले पनि जनता केपी ओलीको पक्षमा रहेको बुटवलको सभाले देखाएको तर्क गरे ।

उद्योगमन्त्री लेखराज भट्टले प्रचण्ड माधव पक्ष पार्टीबाट चोइटिएर गएका टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल

बार्सिलोनाको शानदार जितमा मेसीको दुई गोल

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .