No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

६ महिनामा १ खर्ब ६९ अर्ब वैदेशिक ऋणको प्रतिवद्धता, खर्च भने कमजोर

६ महिनामा १ खर्ब ६९ अर्ब वैदेशिक ऋणको प्रतिवद्धता, खर्च भने कमजोर

 काठमाडौं । सरकारले ६ महिनाको अवधिमा पौने दुई खर्ब वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा कुल १७ आयोजना/कार्यक्रमका लागि दाताबाट १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको हो ।

यसमध्ये १८ अर्ब अर्थातः ९.६७ प्रतिशत अनुदान सहायता हो । १ खर्ब ६९ अर्ब ३१ करोड रुपैयाँ (९०.३३ प्रतिशत) भने वैदेशिक ऋण हो । यसबीचमा सरकारले पूर्वाधार निर्माणमा खर्च गर्ने गरी ठुलो ऋणका रुपमा हिस्सा प्राप्त गर्नेछ ।

प्राप्त सहायता प्रतिवद्धतामध्ये अधिकांश रकम बजेटरी सहायता भित्रै रहेका कारण सहायता प्राप्तीमा समेत समस्या नहुने अर्थसचिव शिशिरकुमार ढुंगाना बताउँछन् ।

चालु आर्थिक वर्षका लागि सरकारले २ खर्ब ९९ अर्ब वैदेशिक ऋण प्राप्त हुने प्रक्षेपण थियो । तर, बजेटको अर्धवाषिर्क समीक्षाबाट सरकारले यसलाई संशोधन गरी २ खर्ब ३५ अर्बमा झारेको छ । यसबीचमा ६० अर्ब ५२ करोड अनुदान प्राप्त हुने अनुमान थियो । अनुदान समेत अर्धवाषिर्क समिक्षाबाट ३५ अर्बमा झारिएको छ ।

६ महिनामा कति प्रतिवद्धता ?

अनुदान : १८ अर्ब १२ करोड (९.६७ प्रतिशत

ऋण : १ खर्ब ६९ अर्ब ३१ करोड (९०.३३ प्रतिशत)

कुल : १ खर्ब ८७ अर्ब ४३ करोड (१०० प्रतिशत)

१७ आयोजना तथा कार्यक्रमबाट प्रतिवद्धता

अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म कुल १७ वटा कार्यक्रम/आयोजनाका लागि सहायताको प्रतिवद्धता प्राप्त भएको छ । यसबीचमा विश्व बैंकबाट रणनीतिक सडक संजाल तथा व्यापार सुधार आयोजनाका लागि ५४ अर्ब रुपैयाँका प्रतिवद्धता प्राप्त भएको छ ।

यो ऋणका रुपमा प्राप्त भएको हो । विश्व बैंकबाटै भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निर्माण आयोजनालाई ६० करोड रुपैयाँ अनुदानको प्रतिवद्धता आएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि समेत विश्व बैंकबाट अनुदानका रुपमा १ अर्ब २७ करोड रुपैयाँको प्रतिवद्धता रहेको छ ।

नेपाल शासकीय शहरी सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंकबाट १७ अर्ब ७६ करोड र ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि ९ अर्ब ३९ करोडको प्रतिवद्धता आएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । विश्व बैंकले आर्थिक वृद्धिका लागि वित्त कार्यक्रमलाई बजेटरी सहायताका रुपमा २३ अर्ब ६८ करोड रुपैयाँ दिने समेत प्रतिवद्धता व्यक्त गरेको छ ।

एसियाली विकास बैंकबाट विद्यूत प्रसारण तथा वितरण प्रणाली सुदृणिकरणका लागि २३ अर्ब ७१ करोड ऋणको प्रतिवद्धता गरेको छ । यही आयोजनालाई नर्वेले ४ अर्ब १५ करोड अनुदान दिने घोषणा गरेको छ । एडीबीले विमानस्थल क्षमता विकास आयोजनालाई १७ अर्ब ७६ करोड रुपैयाँ दिने सम्झौता गरेको छ ।

प्राथमिकता प्राप्त नदीजन्य बाढी जोखिम आयोजनालाई एडीबीबाट ४ अर्ब ७१ करोड अनुदान र १ अर्ब १७ करोड ऋणका रुपमा प्राप्त हुने गरि प्रतिवद्धता प्राप्त भएको छ । एडीबीले नै विद्यतीय ग्रीड आधुनिकीकरण आयोजनामा १८ अर्ब २७ करोड रुपैयाँ ऋण प्रतिवद्धता यसबीचमा गरेको छ । जर्मनीले नेपालको स्वास्थ क्षेत्र कार्यक्रमका लागि १ अर्ब २६ करोड अनुदानको प्रतिवद्धता गरेको छ ।

डीएफआइडीबाट समेत नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ४० करोड रुपैयाँ बराबरको अनुदान दिने घोषणा गरेको छ । इयुबाट नेपालको विद्यालय क्षेत्रमा सहयोग कार्यक्रमका लागि २ अर्ब ८५ करोड रुपैयाँ अनुदानको प्रतिवद्धता आएको छ ।

स्विटजरल्याण्डबाट नेपाल कृषि बजार विकास कार्यक्रमका लागि १ अर्ब २५ करोड अनुदान प्राप्त हुनेछ । जापानले विद्यालय क्षेत्र कार्यक्रमका लागि ३३ करोड अनुदान दिने भएको छ ।

वैदेशिक सहायता खर्च भने कमजोर

६ महिनामा वैदेशिक सहायताको खर्च भने कमजोर रहेको छ । यसबीचमा वैदेशिक अनुदानमा प्राप्त रकममध्ये ५ खर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ९.४२ प्रतिशत कम हो ।

वैदेशिक ऋणतर्फ ३० अर्ब ४ करोड ५ लाख खर्च भएको छ । यस्तो खर्च अघिल्लो आवको यसै अवधिको तुलनामा २६.४० प्रतिशत कम भएको छ । वैदेशिक स्रोत उपयोग प्रभावकारी नभएपछि वैदेशिक सहायताबाट बेहोरिने खर्च गत आवको तुलनामा कमजोर भएको अर्थ मन्त्रालयले जनाएको छ ।

१५ खर्ब नाघ्यो सार्वजनिक ऋण

चालु आर्थिक वर्षको ६ महिना पुरा भइसक्दा नेपालको कुल सार्वजनिक ऋण भने १५अर्ब नाघेको छ । अर्थ मन्त्रालयका अनुसार अब नेपालको कुल सार्वजनिक ऋण १५ खर्ब ६ अर्ब ८० करोड रहेको छ । यसमध्ये ६ खर्ब ६४ अर्ब २१ करोड आन्तरिक ऋण हो ।

८ खर्ब ४२ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक ऋण हो । वैदेशिकमध्ये पनि बहुपक्षिय दाताको हिस्सा ठूलो छ । बहुपक्षीय दाताबाट ७ खर्ब ४१ अर्ब ९२ करोड रुपैयाँ ऋण रहेको छ । द्विपक्षीय दाताको ऋण भने १ खर्ब ६७ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
नेकपा फुटेको छैन : विष्णु पौडेल

नेकपा फुटेको छैन : विष्णु पौडेल

केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे: सान्सद आचार्य

केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे: सान्सद आचार्य

रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल

रोल्पा र रुकुममा पनि चुनाव जित्छौं : पोखरेल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .