• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैलै सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन


निर्वाचन आयोग पुगेर प्रधानमन्त्रीले भने : मैलै सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बहादुर भवन पुगे ।

त्यहाँ निर्वाचन आयोगका पदाधिकारीले अहिलेसम्म भएको तयारीबारे ब्रिफिङ मात्र गरेनन्, बजेट र बन्दोबस्तीका सामान लगायतको आवश्यकताबारे पनि जानकारी गराए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले निर्वाचन तयारीको काम निरन्तर अगाडि बढाउन आग्रह गरेका छन् ।

के प्रधानमन्त्री ओली आफैं निर्वाचन आयोगमा पुग्नु निर्वाचनको तयारी बुझ्नु मात्र हो ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिता विवादबारे कुरा भएन ?

किनकी प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलका साथै सुवासचन्द्र नेम्वाङ पनि आयोग पुगेका थिए । यी नेताहरुलाई ओली समूहले पार्टीको आधिकारिता विवादको सबै टुंगो लगाउने जिम्मेवारी दिएको छ ।

आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए ।

प्रधानमन्त्री र आयोगका पदाधिकारीहरुबीच भएको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आयोगमा जानुको उद्देश्य पार्टीको आधिकारिकताको विषयमा छलफल गर्नु नभएको दाबी गरे ।

तर प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरुसँग नेकपाको आधिकारिकता विवादबारे कुरा गरेको पाइएको छ ।

आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए । पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता गर्‍यौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’

पार्टी एकता गर्दा पनि सूर्य चिह्न राख्ने समझदारी प्रचण्डले भत्काएको ओलीको भनाइ थियो । उनको आशय सूर्य चिह्नबाटै आगामी चुनाव लड्छु भन्ने देखिएको स्रोतले बतायो । उनले आयोगमा भने, ‘मैले चुनावमा जाँदा पार्टी नभएको, निर्वाचन चिह्न नभएको भन्ने अवस्था त कसरी आउन मिल्छ र ?’

आयोगले माघ ११ मा नेकपाबारे निर्णय लिइसकेकाले अब निर्वाचनभन्दा अरुतिर ध्यान नदिन ओलीले आग्रहसमेत गरे । त्यो दिन आयोगले पुस ५ यताको दुवै समूहले गरेको दावी अमान्य हुने निर्णय गरेको थियो । तर प्रचण्ड–माधव समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार, वैधानिकता दावी गर्दै पत्र बुझाएको छ ।

यसबारे आयोग अध्ययनमै रहेका बेला प्रधानमन्त्री पुगेर त्यसमा नअल्झिन आग्रह गरेका छन् ।

भेटमा सहभागी ओली समूहका नेता सुवास नेम्वाङले पनि निर्वाचनको तयारीबारे बुझ्न जाँदा पार्टी वैधानिकताबारे थोरै कुराकानी भएको बताए । ‘कुरा हुँदै जाँदा निर्वाचन चिह्नबारे (प्रधानमन्त्रीले) थोरै बोल्नुभयो, तर यसै प्रयोजनका लागि गएको होइन’, उनले अनलाइनखबरसँग भने ।

आयोग पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले ६४ प्रतिशत बहुमत भएको अवस्थामा आफूले संसद भंग गर्ने निर्णय गरेकाले निर्वाचन हुन्छ भन्नेमा ढुक्क भएर अगाडि बढ्न आग्रह गरे । निर्वाचन गर्न आवश्यक सबै सहयोग सरकारले गर्ने भन्दै उनले आयोगले ढिलाइ गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
  • २०७७ माघ २७, मंगलवार १६:३७
  • In "थप"
  • बालुवाटारमा प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल
  • २०७७ माघ २७, मंगलवार १६:३७
  • In "BannerNews"
  • सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै
  • २०७७ माघ २७, मंगलवार १६:३७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

निर्वाचन पर्यवेक्षणको प्रतिवेदन छुट्टाछुट्टै आउने

ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्तेष्टि (तस्बिर)

Next Post

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

प्रचण्ड माधव समूहले खोज्यो अन्तर्राष्ट्रिय समर्थन

माघ ३० गते सार्वजनिक विदा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

एक सातासम्म राहदानी सेवा अवरुद्ध हुनसक्ने

एक आपसमा भिडे रूस, चीन र अमेरिका

६ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version