No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता


महामारीमा थपिए २० लाख इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता (सब्स्क्राइबर) थपिएका छन् ।

लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । गत फागुनसम्म ५० लाख ८२ हजार रहेको तारसहितको (फिक्स लाइन) इन्टरनेट प्रयोगकर्ताको संख्या ६१ लाख १९ हजार पुगेको छ ।

तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणले जनाएको छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलोपटक हो ।

यो अवधिमा रोचक के भएको छ भने करिब ४३ हजारले नेपाल टेलिकमको एडीएसएल प्रविधि छाडेका छन् । फागुनमा ९ लाख ४३ हजार प्रयोगकर्ता रहेको एडीएसएलसँग कात्तिकसम्म ९ लाख मात्र छन् ।

विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ (एफटीटीएच) प्रयोगकर्ता ह्वात्तै बढेका छन् । गत फागुनमा यस्तो सेवा लिनेको संख्या ४१ लाख ३८ हजार थियो, अहिले बढेर ५२ लाख १७ हजार पुगेको छ ।

लकडाउनअघि ३ लाख ९२ हजार रहेको वर्ल्डलिंक कम्युनिकेसनको फिक्स्ड लाइन ग्राहक कात्तिकससम्म ४ लाख २२ हजार पुगेको छ । नेपाल टेलिकमको २ लाख ३४ हजार फिक्स्ड लाइन ग्राहक पनि बढेर २ लाख ७० हजार पुगेको छ । सुबिसुको १ लाख १७ हजार फिक्स्ड लाइन ग्राहक बढेर १ लाख ६९ हजार पुगेको छ । भायानेटको ग्राहक १ लाख ३ हजारबाट १ लाख २३ हजार पुगेको छ ।

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।

फिक्स्ड लाइनतर्फ ‘वायरलेस’ इन्टरनेट प्रयोगकर्ता भने लकडाउनमा दुई हजार मात्र बढेका छन् । लकडाउनअघि रेडियो वाइफाइ र वाइम्याक्सबाट ताररहित इन्टरनेट सेवा लिनको संख्या २ लाख २४ हजार रहेकोमा अहिले २ लाख २६ हजार पुगेको छ ।

मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । ८ महिनाको अवधिमा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्नेको संख्या १० लाखभन्दा माथि उक्लिएको छ । लकडाउनअघि १ करोड ६५ लाख ४५ हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता थिए, अहिले १ करोड ७५ लाख ७५ हजार नाघेको छ ।

यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । लकडाउनअघि १ करोड १५ लाख ६९ हजार रहेको थ्रीजी प्रयोगकर्ता कात्तिकसम्म १ करोड ११ लाख ६ हजारमा झरेको छ । फोरजी प्रयोगकर्ता भने ४८ लाख ३९ हजारबाट ६३ लाख ३२ हजारमा पुगेको छ ।

यो अवधिमा नेपाल टेलिकमको विभिन्न प्रकारका इन्टरनेट सेवामा १२ लाख ८० हजार प्रयोगकर्ता थपिएका छन् । मोबाइल इन्टरनेट सेवा मात्रै दिँदै आएको निजी सेवा प्रदायक एनसेलमा समीक्षा अवधिमा ८ हजार मात्र इन्टरनेट प्रयोगकर्ता थपिए ।

मोबाइल इन्टरनेट सेवा दिँँदै आएको स्मार्ट टेलिकमको ग्राहक भने चैतदेखि कात्तिकसम्म घटेका छन् । लकडाउनअघि स्मार्टका २ लाख ९० हजार फोरजी सेवा प्रयोगकर्ता थिए, अहिले १ लाख ९९ हजारमा झरेका छन् ।

कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ । एडीएसएल तामाको तारबाट इन्टरनेट सेवा दिने पुरानो प्रविधि हो भने फाइबरमार्फत दिइने सेवा अप्टिकल प्रविधि हो । जसमा अवरोधरहित ढंगबाट छिटो इन्टरनेट सेवा प्रवाह हुन्छ ।

ग्राहक बढ्नुको कारण

इन्टरनेट सेवा प्रदायकहरुको संस्था ‘आइस्पान’ लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उछाल आएको बताउँछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पनि ८ महिनामा एफटीटीएचतर्फ १० लाखभन्दा बढी ग्राहक थपिए ।

पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ । महामारीकालमा भने मोइबाल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ । आइस्पानका पूर्वअध्यक्ष विनय बोहोरा यसलाई महामारीकै देन मान्छन् ।

महामारीमा ‘वर्क प|mम होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको उनी बताउँछन् । ‘अफिसको काम घरबाटै गर्नुपरेपछि इन्टरनेट जोड्नै पर्‍यो,’ उनी भन्छन्, ‘मोबाइल डाटाले काम चलाएकाहरुलाई फिक्स्ड लाइन इन्टरनेट जरुरत पर्‍यो ।’

बोहोराका अनुसार, त्यति मात्रै कारणले एफटीटीएच इन्टरनेटका ग्राहक बढेको भने होइन । मोबाइलको डेटा भन्दा फिक्स्डलाइन कैयौं गुणा सस्तो हुने भएकाले पनि यसमा ग्राहक थपिएको उनको मत छ ।

महामारीमा घरबाटै काम गर्नेहरुले डेटाभन्दा छिटो र गुणस्तरीय भएकाले पनि फाइबर अप्टिक इन्टरनेट जोडेको उनी बताउँछन् । ‘बालबालिकाको अनलाइन कक्षा घरबाटै चल्न थाले, अफिस जानेहरु घरमै बस्नुपर्दा समय कटाउन युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘इन्टरनेट नजोडी घरमा बस्न नै मुस्किल भइदियो ।’

घरबेटी वा छरछिमेकको इन्टरनेटबाट काम चलाएकाहरुले पनि यो अवधिमा इन्टरनेट सेवा जोडेको बोहोरा बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरण अनुसार लकडाउनअघि नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत ५०० देखि ५५० गिगाबाइट प्रतिसेकेण्ड -जीबीपीएस) थियो । अहिले बढेर ७७७ जीबीपीएसमा पुगेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल बताउँछन् ।

उनका अनुसार, सरकारले ग्रामीण दूरसञ्चार कोषको रकमबाट १८ परियोजनामार्फत गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याइरहेको छ । ‘मध्यपहाडी लोकमार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ’, अर्याल भन्छन्, ‘यी कारणले पनि सब्स्क्राइबर संख्या बढेको हो ।’

पछिल्लो वर्ष गाउँका स्वास्थ्य चौकी, विद्यालय लगायतमा सरकारले नै इन्टरनेट सेवा पुर्‍याएको उनले बताए । उनकाअनुसार, नेपाल टेलिकम र एनसेलको फोरजी प्रतिस्पर्धा गाउँसम्म पुग्दा इन्टरनेट सेवा विस्तार र प्रयोग बढेको हो ।

‘महामारीका कारण मात्र इन्टरनेट सब्स्क्राइबर बढेको हैन,’ उनी भन्छन्, ‘स्वभाविक रुपमा विस्तार भइरहेको इन्टरनेट सेवाले ग्राहक बटुलिरहेको छ, प्रविधिमा बढी निर्भर हुनुपर्ने गरी महामारीले सिर्जना गरेको अवस्था पनि महत्वपूर्ण कारक भने हो ।’

सेवा महँगिँदै, गुणस्तर कमजोर

इन्टरनेट सेवामा प्रतिस्पर्धा बढिरहे पनि सेवाको मूल्य भने अझै सुलभ हुन सकेको छैन । विशेष गरी मोबाइल डेटा सेवा धेरै महँगो छ । अन्तर्राष्ट्रिय ब्यान्डविथको मूल्य सस्तिँदै गए पनि नेपालमा फिक्स्ड लाइन इन्टरनेटको मूल्य त्यसअनुसार घटेको छैन ।

विश्वभर नै इन्टरनेटको गति बढ्दै र मूल्य घट्दै गए पनि नेपालमा त्यसअनुसार नभएको अध्ययनले देखाएको छ । केबल डट यूकेको तथ्यांक अनुसार नेपालमा फिक्स्ड लाइन इन्टरनेटको मासिक औसत मूल्य सन् २०२० को अन्त्यमा १३.१५ डलर (१,५५० रुपैयाँ) पुगेको छ । २०१८ को अन्त्यमा यो मूल्य १२.०५ अमेरिकी डलर थियो ।

२०१८ मा नेपालमा इन्टरनेट विश्वको १४औं सस्तो मानिन्थ्यो भने २०२० मा १८औं सस्तो । केबल डट यूकेको अध्ययनअनुसार, नेपाल इन्टरनेटको गतिको हिसावले विश्वमा १५०औं स्थानमा छ ।

दूरसञ्चार प्राधिकरणका निर्देशक अर्याल इन्टरनेटको गुणस्तर सुधार्न दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी विनियमावली परिमार्जन गर्न लागिएको बताउँछन् । सेवा प्रदायकहरुलाई उच्च गतिको इन्टरनेट र गुणस्तरीय सेवा दिन बाध्य पार्ने विभिन्न व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

‘इन्टरनेट सेवाको गुणस्तर अनुगमन गर्न विशेष उपकरण ल्याउँदैछौं’, उनले भने, ‘इन्टरनेट ब्यान्डविथअनुसार सेवालाई प्रभावकारी र सस्तो बनाउन प्राधिकरणले कडाइ गर्दैछ ।’

आइस्पानका पूर्वअध्यक्ष बोहोराका अनुुसार अन्तर्राष्ट्रिय ब्यान्डविथ सस्तो हुँदै गए पनि विगतमा इन्टरनेट जोडिएका घर/कार्यालयमा सीमित मान्छेले मात्रै इन्टरनेट चलाउँथे, जसले ब्यान्डविथको खपत न्युन थियो ।

‘अहिले सबैको हातमा इन्टरनेट जोडिने साधन छन्, इन्टरनेट जोडिएका ग्राहकको घर/अफिसमा ब्यान्डविथ खपत उच्च मात्रामा बढेपनि प्रतिस्पर्धाका कारण सेवाको मूल्य बढाउन सकेका छैनौं,’ उनी भन्छन् ।

विद्युत प्राधिकरणले आफ्ना पोल प्रयोग गरेबापत लिने शुल्क बढाउने निर्णय गरेको भन्दै उनले सेवा प्रदायकको खर्च बढेअनुसार सेवाको मूल्य नबढेको तर्क गरे । दूरसञ्चार प्राधिकरण भने ब्यान्डविथको मूल्यअनुसार सेवा शुल्क समायोजन गर्नुपर्ने पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

Next Post
चिनियाँ खोपका विषयमा परराष्ट्र मन्त्रालय र दूतावासबीच पत्र जुहारी, तत्काल खोप लैजान ‘चेतावनी’

चिनियाँ खोपका विषयमा परराष्ट्र मन्त्रालय र दूतावासबीच पत्र जुहारी, तत्काल खोप लैजान ‘चेतावनी’

संसद विघटन मुद्दामा बहस गर्न सरकारी वकिललाई १५ मिनेटकाे समय

संसद विघटन मुद्दामा बहस गर्न सरकारी वकिललाई १५ मिनेटकाे समय

प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .