• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !


प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !

काठमाडौं । नेकपा विभाजनपछि आफ्नो समूहले गर्ने हरेक कार्यक्रममा अर्का समूहका नेताहरू विरुद्ध आगो ओकल्दै आएका प्रधानमन्त्री केपी ओली शुक्रबार भने तुलनात्मक रुपमा नरम देखिए । करिब ५० मिनेट बोलेका उनले सभामा कुनै उखान टुक्का पनि सुनाएनन् ।

सरकार पक्षबाट सभा आयोजना गरिनुको मूल उद्देश्य अर्का समूहका नेताहरूले दिएको लल्कारको जवाफका लागि भएको ओलीको प्रष्टोक्ति थियो । तर, यसअघिका कार्यक्रममा जस्तो न ओलीमा उत्साह देखियो, न त कुनै नेताविशेष आक्रमण । जब कि, बितेको डेढ महिनामा ओलीले नामै किटेर क्यारिकेचर गर्नेदेखि विभिन्न उखान टुक्कामार्फत् विपक्षीमाथि खनिने गरेका थिए ।

तर, शुक्रबार बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्वोधन गर्ने क्रममा ओलीले त्यस्तो केही पनि गरेनन् । बरू, मूलतः तीनवटा राजनीतिक विषय प्रट्याउने काम प्रष्ट्याउने प्रयास गरे– संसद् विघटन गर्नुपर्ने कारण । तीन वर्षमा सरकारले काम । र, आम नागरिकमा निर्वाचनको अपिल ।

प्रचण्ड–माधव समूहले माघ ९ मा काठमाडौंमा गरेको जनप्रदर्शनपछि आजको सभाबाट नयाँ सन्देश दिने र एउटा छुट्टै माहौल सिर्जना गर्ने ओली समूहको तयारी थियो । प्रचण्ड–माधव समूहको सभालाई रत्नपार्कतिर दुई÷हजार हजार भेला भएको र वास्तविक सभा कस्तो हुन्छ त्यो २३ गते देखाउने भनेर ओलीले सार्वजनिक उद्घोष गरेका थिए ।

अझ कार्यक्रमको तयारी समितिका संयोजक एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारको कार्यक्रमलाई रहस्यमय बनाउने काम गरेका थिए । कार्यक्रमबारे आयोजना दिन गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले प्रधानमन्त्री नयाँ कुरा भन्ने तयारीमा रहेको मात्रै बताएका थिएनन्, राजावादी अर्थ राख्ने गरी मदन भण्डारीको अडियोसहित सभामा सहभागी हुन अपिल गरेका थिए ।

सभाको तयारीअन्तर्गत बुधबार मोटरसाइकल र्‍याली गर्दै तीन लाख मानिस उतार्ने नेता महेश बस्नेतको घोषणाले पनि आजको सभालाई चासोका साथ हेरिएको थियो ।

तर, सभा शुरु हुनुअघिबाटै सो समूहका नेताहरुमा उत्साह देखिएन । ओलीभन्दा अघि सम्बोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल हडबडमा देखिन्थे । मण्डलले केपी ओली गौतम बुद्धको उत्तराधिकारीजस्तै भएको भन्नुबाहेक अरु धेरै नबोलेर संक्षिप्त सम्बोधन सके । यसको कारण मौसम प्रतिकुल हुनु पनि थियो । पानी पर्ने संकेत देखिएपछि मञ्चमा रहेका नेताहरू चिन्तित देखिएका थिए । प्रमुख वक्ता ओलीले पनि ५० मिनेटमात्रै सम्बोधन गरेकाले कार्यक्रम साढे तीन नबन्दै सकियो ।

गुगल सर्च गरेर इञ्जिनियरको सहयोगमा कार्यक्रमस्थल तय गरिएको भनिए पनि मंसिर २३ मा पानी पर्न सक्ने मौसमको अनुमान चाहिँ कार्यक्रममा आयोजकहरुले विचार पुर्‍याएको देखिएन ।

प्रधानमन्त्रीको अपिल

इतिहासको प्रशंग ल्याउँदै हरेक क्षेत्रलाई गाली गर्ने ओली आज भने शुरुबाटै अपिलको भाषामा बोलेका थिए । इतिहासकै ठूलो जनप्रदर्शन गरेको दाबी गरेका उनले सहभागीहरुलाई धन्यवादबाट भाषण शुरु गरे । ‘इतिहासमा कहिल्यै नभएको, इतिहासकै सबभन्दा ठूलो जनसभा हो’, उनले भने ।

आफूले गरेको काम, सरकारलाई काम गर्न नदिएकाले संसद् भंग र अब समृद्धिको यात्रामा अगाडि बढ्न ओलीले साथ दिन आग्रह गरेका थिए । सभाका कारण असर गरेको भन्दै सबै क्षेत्रसँग माफी माग्दै अर्को समूहको भ्रममा नपर्न आग्रह गरे ।

‘नयाँ पिँढीलाई आग्रह गर्छु, भविश्य तपाइँहरुको हो । भ्रममा परेर देशलाई गलत बाटोमा दिशामा जानु दिनुहुँदैन । जेष्ठ नागरिकहरुले लामो इतिहास देख्नुभएको छ’, ओलीले युवा विद्यार्थी, ज्येष्ठ नागरिक लगायत लगभग सबै तप्काका जनसमुदायसँग अनुनय गरे ।

अघिल्लोपटक चीनतर्फको नाका खोल्दा प्रधानमन्त्रीबाट हटाइएको, यसपटक नक्शा जारी गरेपछि हटाउन खोजिएको र काम गर्न नदिइएको भन्दै अब ताजादेशपछि फेरि प्रधानमन्त्री बनेर देशलाई स्थिरता र समृद्धि यात्रामा लैजान उनको आशय थियो ।

माओवादी जनयुद्वका कटु आलोचक ओली शुक्रबार नरमरुपमा प्रस्तुत भए । द्वन्द्वपीडितहरुलाई सरकारले समिति नै बनाएर विशेष पहल थालेको उनले बताए ।

मध्यावधि चुनाव भएरै छाड्छ भन्ने सन्देश दिन गरिएको सभामा ओलीले सहभागीसँगै नारा लगाए । ‘सबैले एकपटक भन्दिनुहोस् –अस्थिरता होइन, चुनावतर्फ जाऔं, चुनाव चाहियो, चाहियो ।’

तर, यो सभाबाट हिन्दू राष्ट्र घोषणा गर्ने तयारी भइरहेको भन्ने इतर समूहको चर्चाबारे ओलीले आफ्नो लाइनबारे प्रष्टोक्ति दिए । ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन्, यहाँ । कहिले केपी ओलीले आजको यो सभा केका लागि ? हिजोसम्म पनि भन्दै थिए’ ओलीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

सरकारी वकिललाई हायल कायल पार्ने प्रधानन्यायाधीशको त्यो प्रश्न

‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version