• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल


‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल

पोखरा । नेकपा प्रचण्ड– माधव समूहका नेता घनश्याम भुसालले फाँसीवादको रुपमा विकास भइरहेको ओलीवादको अवसान सुरु भइसकेको बताएका छन् ।

पञ्चायतमा मण्डलेहरु स्टेजमा आएपछि पञ्चायतको दिनगन्ती सुरु भएको भन्दै भुसालले ओलीले पनि त्यस्तै मण्डले अगाडि ल्याइरहेकाले अवसान सुरु भइसकेको चेतावनी दिए ।

पोखरामा शुक्रबार भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका भुसालले अहिले जोरजोरले लागिरहेको ‘केपी बा आइ लभ यु’ भन्ने नारा ओलीवाद भएको उनको भनाइ थियो ।

‘केपी बा आई लभ यु, आई लभ यु भन्दै जोर जोरले नारा लागिरहेको छ । यसलाई ठट्टाको रुपमा नलिऔं । यो ओलीवादको फर्ममा आउँदै छ,’ भुसालले भने, ‘उहाँले बनाउन खोजेको संगठन उहाँले तोकेका मान्छेहरुको संगठन हो । यो ओलीवाद हो ।’

ओलीवादका रुपमा फाँसीवादको विकास भइरहेकाले त्यसलाई घुँडा टेकाउन किन जरुरी रहेको भुसालको भनाइ थियो ।

‘रामराज्यको परिकल्पनामा जब मण्डलेहरु स्टेजमा आए, पञ्चायतको दिनगन्ती सुरु भयो,’ भुसालले भने, ‘कमरेड ओली तपाईंले मण्डलेहरु अघि ल्याउन थाल्नुभएको छ, अब ओलीवादको अवसान सुरु भयो ।’

कम्युनिस्ट पार्टी राम्रो बनेन भने मुलुक राम्रो नबन्ने र आधुनिक दुनियाँमा असल राष्ट्र बनाउने हो भने असल पार्टी चाहिने भएकाले पनि सबै कम्युनिस्ट एक जुट हुन भुसालले आग्रह गरे । ‘कम्युनिस्ट आन्दोलनको इतिहासको गर्भमा फेरि अर्को ओली कसरी जन्मिन्न भन्ने कुराको संगठन लोकतान्त्रिक संकगठन हो,’ भुसालले भने, ‘त्यसका लागि हामी एक हुन जरुरी छ ।’

अन्त–अन्त देखेको फाँसीवाद, ट्रम्पवाद जस्ता ओलीवाद पनि नेपालमै हुन लागेको भुसालको आरोप थियो । नेता भुसालले अहिले ओलीवाद आफ्नो चरित्रसहितको पूर्ण रुपमा आएको बताए ।

ओलीको आँखामा भएका मान्छे जति सबैलाई चाकर ठान्ने र चाकर होइनन् भने तीनलाई सत्रु ठान्ने प्रवृत्ति उनमा भएको भुसालको आरोप छ ।

अर्का स्थायी कमिटी सदस्य वर्षमान पुनले केपी शर्मा ओलीले देशलाई दलाल नोकरशाही पँुजीवादको बाटोमा लगेको बताए । ओली नेतृत्वमा लुटतन्त्र मौलाएको पुनको भनाइ थियो ।

३ वर्षको ओली कार्यकालमा सरकारले भ्रष्टाचारका सञ्जालमा फसेको पुनले दाबी गरे । समाजवादी क्रान्तिकारी पार्टी बनाउने भनेर एकता गरिएकोमा ओली उल्टो बाटो हिँडेको पुनको भनाइ थियो ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालले नेतृत्व गरिरहेको पार्टी नै आधिकारिक पद्धतिसंगत पार्टी भएको उनको दाबी थियो । त्यो आफुहरुले सिद्ध गरेर देखाउने पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल
  • २०७७ माघ २३, शुक्रबार २०:५०
  • In "देश"
  • प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
  • २०७७ माघ २३, शुक्रबार २०:५०
  • In "थप"
  • ‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’
  • २०७७ माघ २३, शुक्रबार २०:५०
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

केपी ओली बुद्धको उत्तराधिकारी : सत्यनारायण मण्डल

संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version