राम नारायण यादव/
राजविराज । वर्तमान सरकारले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार सोको बिरोधमा एक दिनको लागि आमह्डताल गरेका छन् ।
नेकपा दाहाल–नेपाल समुहको बन्दका कारण छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन, पसल, विद्यालय, उद्योग धन्दा, सरकारी कार्यालय एक दिन बन्द रहयो । विशेष कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।
बन्द कारण पूर्व पश्चिम राजर्मागमा चल्लने सावारी साधानहरु बाटोमै धनिकिएको छ, भने केही ठाउँमा प्रहरीले बल प्रयोग गरी सवारी साधनलाई गन्तव्य तर्फ पठाएको छ । बन्द गराउन सडकमा निस्केका दाहाल–नेपाल समूहका कार्यकर्ता बीच झडप समेत भएको छ । झडपको क्रमम केही कार्यकर्ता र प्रहरी समते घाईते भएका छन् । नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् ।