काठमाडौं। राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब उपाधि जितेको छ । प्रतियोगितामा एपीएफलाई हराउँदै आर्मी क्लबले उपाधि जितेको हो ।
आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जित्न सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।
२१२ रनको लक्ष पछ्याएको एपीएफले १७९ रनमै सिमित भयाे ।