धनुषा । धनुषाबाट नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका छन् ।
महेन्द्रनगरस्थित विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो।
बर्दिबास कार्यालयबाट खटिएको अख्तियारको टोलीले शुक्रवार दिँउसो घुस रकम लिँदै गर्दा कर्मचारीहरु जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतोलाई मिथिला नगरपालिका– ५ स्थित विश्रामपुरबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरी दिएवापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस रकम मागेको अख्तियारको भनाइ छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनको अख्तियारले जनाएको छ ।