• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गणतन्त्रका लागि महेन्द्रलाई वम हान्ने दुर्गानन्द किन उपेक्षित ?


गणतन्त्रका लागि महेन्द्रलाई वम हान्ने दुर्गानन्द किन उपेक्षित ?

जनकपुर– धनुषाको जटही निवासी दुर्गानन्द झा ४५ वर्ष अघिने गणतन्त्र माग गर्दै तत्कालिन राजा महेन्द्रमाथि वम प्रहार गरे। सोहि आरोपमा उनलाई मृत्युदण्ड दिईयो। तर, अहिलेको राजनीतिक अवस्था हेर्दा उनको मृत्युको कुनै मुल्य देखिएको छैन ।

दुर्गानन्दको नाममा अहिले पनि राजनिति राम्रै फस्टाएको छ। अघिल्लो प्रतिनिधि सभामा निर्वाचनमा तत्कालिन राजपाका अध्यक्ष राजेन्द्र महतोले जटही गाउँमा रहेको दुर्गानन्द झाको शालिकमा माल्यर्पण गरेर निर्वाचनको प्रचार प्रसार सुभारम्भ गरेका थिए । यसैगरी, तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीले दुर्गानन्दकी पत्नि काँसीदेवीलाई संविधान सभा सदस्य र राज्यमन्त्री समेत बनायो। तर, मधेस केन्द्रित दलको सरकार रहेको प्रदेश–२ मा भने अहिलेसम्म पनि उनीहरुको खोजी गरिएको छैन ।

प्रदेश सरकारले मधेस आन्दोलनमा मारिएका रमेश महतोको शहादतलाई लिएर बलिदानी दिवस मनाउने गरेको छ। तर, गणतन्त्र स्थापनाको लागि आफनो ज्यान आहुती दिने झालाई भने अहिलेसम्म सम्झनासम्म गरेको छैन । ०२० सालमा तत्कालीन राजा महेन्द्रलाई वम प्रहार गरेको आरोपमा फाँसीमा चढ्नु अघि उनले आमालाई भनेका थिए–‘नरोउ अव गणतन्त्र आउँछ । एक दिन यस्तो आउँने छ, जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गर्नेछन्।’

०२० माघ १५ गते उनलाई फाँसी दिईयो। तर, उनले भनेको त्यो दिन आजसम्म कहिलै आएन।  १९९९ वैशाख १४ गते शहीद दुर्गानन्द झा धनुषाको नगराइन नगरपालिको जटही गाउँमा जन्मेका थिए । पिता देवनारायण र आमा सुकुमारीदेवीका उनी एक मात्र सन्तान हुन । १० कक्षामा पुगेपछि उनको विवाह २०१७ सालमा १४ वर्षीया काशीदेवीसंग भयो । बुबाको निधनपछि आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा सुरु भयो ।

अध्ययनकै क्रममा नेपालमा लोकतन्त्रका लागि संघर्ष चलिरहेको थियो । उमगावँको सो विद्यालयमा लोकतन्त्रका लागि आन्दोलन गर्ने आन्दोलनकारीहरुसंग उनको भेट भयो । यता, ०१७ साल पुस १ गते राजा महेन्द्रको निरंकुश कदम विरुद्ध नेपाली काँग्रेसले आन्दोलनको घोषणा गर्यो । राजा महेन्द्रको कुशासन बिरुद्ध दुर्गानन्दले पनि अठोट गरे–निरंकुशता हटाएरै छोड्ने हो।

उनी भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका काँग्रेसका नेता सरोज कोइरालाको सम्पर्कमा पुगे। गर्भवती श्रीमतीलाई आमासँग छोडेर उनी लोकतन्त्रको संघर्षमा लागे। आवश्यक रेखदेख नुहँदा उनको वच्चा पनि मृत जन्मियो।

०१८ माघ १९ गते जनकपुर भ्रमणमा आएको बेला महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाइयो । कडा सुरक्षाका बीच जानकी मन्दिर पुगेका तत्कालिन राजा महेन्द्रमाथि उनले बम प्रहार गरे । तर विष्फोट भएन । महेन्द्र चढेको गाडीको सिसामा बम लाग्यो । वम फालेर भागेका दुर्गानन्द जनकपुरधाममै एक  मन्दिरमा बसे। त्यसको भोलीपल्ट फेरी उमगावँ नै फर्किए।

यता विभिन्न व्यक्तिलाई धरपकड गर्ने कार्य शुरु भयो। पक्राउ परेकाहरुलाई चरम यातना दिइयो । यो सुनेपछि भारतमा पुगीसकेका दुर्गानन्दलाई असह्य भयो। उनी जयनगरबाट रेल चढेर जनकपुर हिडे। तर जनकपुर नपुग्दै तत्कालीन एसपी मानबहादुर राईको नतृत्वमा गएको टोलीले उनलाई पक्राउ गर्यो । त्यसको भोलिपल्टै उनलाई हेलिकप्टरबाट काठमाडौँको केन्द्रीय कारागार पुर्याईयो र राजद्रोहको मुद्दा चलाइयो ।

सरकारले बमकाण्डको अध्ययन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानविन आयोग गठन गर्यो । त्यो आयोगले ०१९ भदौ १९ मा प्रतिवेदन बुझायो । प्रतिवेदनले दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दियो। तर, त्यस वेलाको कानुनमा ब्राह्मणलाई मृत्यु दण्ड दिनु हुँदैन भन्ने कुरा उल्लेख भएकाले परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिए।

सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले ०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए । सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गर्यो । ०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो।

प्रशासनले दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख्न लगाये। तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे । उनलाई फाँसी दिईयो र लास पनि दिईएन। परिवारले कुशको शव बनाएर भारतको गयामा उनको अन्तिम संस्कार गरे।

दुर्गानन्दलाई फाँसी दिएको दिनलाई स्मरण गर्दै नेपाली कांग्रेसले प्रत्येक वर्ष माघ १५ गते बलिदानी दिवस मनाउँदै आएको छ । तर,  कांग्रेसले उनलाई कहिलै पनि शहिद घोषणा गर्न सकेन । अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरियो । गणतन्त्रका लागि हाँसीखुशी फाँसीमा चढेका दुर्गानन्द झाले शहीदको सम्मान पाउनका लागि ५२ वर्ष लामो प्रतिक्षा गर्नु पर्यो ।

मधेस केन्द्रित दलले विर्से,पाठक्रममा गलत जानकारी
नेपाली कांग्रेस मात्र होईन, पद र पावरका मधेशी दलले पनि दुर्गानन्दको नाम भजाउने गरेका छन्।  पहिलो संविधान सभामा काँशीदेविलाई कांग्रेस र तमलोपाले समानुपातिक तर्फ सभासपद बनाउने सुचिमा राखे। तर, काँशीदेविले तमलोपामा नै जाने निर्णय गरिन्। तमलोपावाट उनी कानुन राज्य मन्त्री समेत बनिन्।

यसवाहेक दुर्गानन्दको योगदानका लागि अहिलेसम्म कुनै दलले पनि खासै केहि गरेको पाईदैन। पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित कक्षा ११ को नेपाली विषयमा नेपालको पहिलो गणतान्त्रिक शहीद बारे उल्लेख छ। त्यसमा पनि गम्भीर त्रुटी देखिएको जानकारहरु वताउँछन्। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ को प्रकाशित नेपाली किताबमा नेपालकै पहिलो गणतान्त्रिक योद्धा शहीद दुर्गानन्द झाको जन्म स्थान, आमाको नाम र शहादत मिति गलत उल्लेख गरिएको छ ।

शहीद झाको जन्म धनुषा जिल्लाको जटही गाउँमा भएको हो, आमाको नाम सुकुमारी देवी झा र उनको शहादत ०२० माघ १५ गते भएको थियो । किताबमा भने उनको जन्म सिरहा जिल्लाको जटही गाउँमा भएको, आमाको नाम देविका झा र शहादत मिति माघ ५ गते उल्लेख गरिएको छ ।

कक्षा ११ को नेपाली किताबको पृष्ठ ६१ मा पनि शहीद झाबारे  त्रुटीपूर्ण जानकारी दिइएको छ । वल्र्ड ई अभिलेखालय विकीपिडीयामा समेत शहीद झाको जन्म स्थान धनुषा जिल्लाको जटही र शहादत मिति माघ १५ गते भनिएको छ । यति मात्र होइन उनको परिवार अहिलेपनि जटहीमै छन । नेपाली कांग्रेसका युवा नेता एवं जटही निवासी प्रवेश चौधरीले उनको विषयमा पाठ्यक्रममा जसरी तथ्यांकहरु उल्लेख गरिएको छ त्यो आपत्तिपूर्ण रहेको वताए । ‘शहीद दुर्गानन्द झाको विषयमा गलत जानकारी दिएर ईतिहास नै वंग्याने प्रयास भईरहेको छ’– उनले भने।
पाठ्यक्रममा उल्लेख गरिएको गलत जानकारी सच्यान उनले माग गरेका छन्। nepalaaja

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दशैँपछि प्रदेश २ को नाम र राजधानी टुंग्याउने तयारी, प्रदेशको नाम मधेस, मिथिला कि जानकी ?
  • २०७७ माघ १६, शुक्रबार ११:४९
  • In "मधेश प्रदेश"
  • प्रदेश २ लाई नाम र राजधानी तोक्नै सकस
  • २०७७ माघ १६, शुक्रबार ११:४९
  • In "देश"
  • मधेसमा जनमतले जसपाको नेतृत्व नमान्ने, सरकार बनाउन कठिन
  • २०७७ माघ १६, शुक्रबार ११:४९
  • In "नेपाल एक्सन स्पेसल"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

बाँकेमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

प्रचण्ड-माधव समूहले निर्वाचन आयोगसँग माग्यो केही दिन समय

दल दर्ता प्रक्रिया अगाडि बढाउन : ओली समूह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version