• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खोप–मित्रता: प्राथमिकतामा जनता, प्राथमिकतामा छिमेकी


खोप–मित्रता: प्राथमिकतामा जनता, प्राथमिकतामा छिमेकी

दियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी     पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ ।

‘सम्पूर्ण मानव समुदायलाई कोभिड–१९ संकटविरुद्ध लड्न सघाउ पुर्‍याउन भारतले आफ्नो खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्नेछ ।’

यी माथिका शब्दहरू भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बरमा सांघाई कोअपरेसन अर्गनाइजेसनको काउन्सिल अफ हेड्स अफ स्टेटको बीसौं शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राख्नुभएको हो । क्षेत्रीय तथा वैश्विक सरोकार एवं संकटको विकराल अवस्थालाई ध्यानमा राख्दै एवं खोपको प्रभावकारितामा सम्झौता हुने हो कि भन्दै यस प्रणलाई महात्त्वाकांक्षी एवं आदर्शवादी रूपमा लिइएको थियो ।

महामारी देखा परेसँगै सन् २०२० निकै संघर्षमा बित्यो । पहिले कहिल्यै नदेखिएको तर अत्यन्तै डरलाग्दो, घातक भाइरसले विश्व नै त्रसित पार्‍यो । विश्वव्यापी रूपमा फैलिएको सो भाइरसले २० लाखभन्दा बढीको ज्यान लिनुका साथै धेरै व्यक्तिलाई संक्रमित पार्‍यो र अप्रत्याशित मात्रामा आर्थिक विनाश निम्त्यायो ।

एकातर्फ भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका ‘कोभिड योद्धाहरू’ –स्वास्थ्य सेवामा आबद्ध कर्मचारी तथा स्वास्थ्यकर्मीहरू– कोरोनाभाइरसले मच्चाएको वितण्डालाई कम गर्न आफ्नो स्वास्थ्य र जीवनको पर्बाह नगरी दिलोज्यान दिएर लागिपरे, कैयौं स्वास्थ्यकर्मीले आफ्नो जीवनको बलिदान दिए । अर्कातर्फ, वैज्ञानिकहरूले यस कठिन घडीमा असीमित चुनौतीका बावजुद सञ्जीवनी बुटीसमान खोप बनाई मानवतालाई ठूलो गुन लगाए । यस अर्थमा यी वैज्ञानिकहरू महर्षि धन्वन्तरिभन्दा कम छैनन् ।

भारतमा बनेका दुई प्रकारका खोपहरूको विकासले ढिलोचाँडो संसारले कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिबाट मुक्ति पाउनेछ भनी आशा जगाएको छ । तर खोपले प्रभावकारिताका साथ काम गरोस् भन्नका लागि यो पहिले सबभन्दा बढी आवश्यकतामा रहेका व्यक्तिहरूमा पुग्न जरुरी छ । यसका निम्ति हरेक राष्ट्रले सबभन्दा पहिले किफायती दरमा मागलाई पूरा गर्न सक्नुपर्‍यो । दोस्रो, यसलाई वैश्विक सम्पत्ति सम्झेर बुद्घिमत्तापूर्वक प्रयोग गर्नुपर्‍यो । तेस्रो, खोप साझा गर्ने इच्छा राख्नुपर्‍यो । र चौथो, यसलाई आर्थिकोपार्जन गर्ने अवसर वा रणनीतिक फाइदाका रूपमा प्रयोग गर्नुभएन ।

भारतको महामारीको यात्रालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी गरी तीन भागमा बाँड्न सकिन्छ । महामारीको प्रकोप देखा परेसँगै भारतले देशभित्र र छिमेकी मुलुकमा क्षति कम गर्न चालेका रणनीति, अत्यावश्यक औषधि तथा उपकरणको तीव्र उत्पादन, १५० भन्दा बढी साझेदार मुलुकहरूमा औषधि र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अन्य विविध पक्ष हेर्दा अहिलेसम्मको भारतको यात्रा चुनौतीपूर्ण भए पनि उत्साहवर्द्धक रह्यो ।

गत मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरुद्घ लड्न सामूहिक क्षेत्रीय प्रयासका लागि आह्वान गर्नुभयो । सार्क राष्ट्रका प्रमुखहरूसहितको भिडियो कन्फरेन्सको आयोजना गरी महामारीविरुद्घ लड्न साझा रणनीति बनाइनुका साथै कोभिड–१९ सँग लड्न संयुक्त ‘आपत्कालीन कोष’ को स्थापना गरियो । यसका साथै सदस्यराष्ट्रहरूमा महामारीविरुद्घ लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री एवं उपकरणहरूको खरिद र आपूर्तिमा सहयोग गरियो । यसको स्थापनासँगै, सो फोरमले सार्क क्षेत्रका एवं विविध मेडिकल, फर्मास्युटिकल्स, क्लिनिकल ट्रायल, व्यापार तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरू झिकाई विविध अन्तरक्रियामा सहजीकरण गरेको छ ।

कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनसँगै हाम्रो कोभिड–१९ विरुद्धको खोप अभियानको सुरुआत भयो । कोभिसिल्ड खोपको विकास एस्ट्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले गरेका हुन् भने यसलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । कोभ्याक्सिन खोपलाई भने भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँगको सहकार्यमा भारत बायोटेकले विकास गरेको हो ।

कोरोनाविरुद्धको क्षेत्रीय प्रयास भारतको स्वतःस्फूर्त आह्वान थियो भने खोपको उत्पादन तथा वितरणमा विश्वव्यापी रूपमा भइरहेको प्रयासमा काँध हाल्ने प्रतिबद्धताको श्रेय भारतको सभ्यतागत विरासतलाई जान्छ । एउटा त्यस्तो विरासत जसले सिंगो विश्वलाई एउटा ठूलो परिवार ठान्छ र समग्र सुरक्षा, विकास तथा समृद्धिमा आफ्नो सन्तुष्टि देख्छ ।

‘सबै सुरक्षित नभई कोही पनि सुरक्षित हुँदैन’ भन्नेमा भारत दृढ विश्वास राख्छ र यही विश्वासको जगमा भारतले आफ्नो क्षमतालाई खोपको विकास तथा वितरणमा केन्द्रित गर्ने संकल्प गरेको हो । कोभिड–१९ विरुद्धको देशव्यापी खोप अभियान माघ ३ गतेदेखि सुरु गरियो र त्यसको चार दिनमै छिमेकीसहित प्रमुख साझेदार देशहरूमा खोप पठाइयो ।

खुला सिमानाका कारण कायम रहेको दुई देशको जनस्तरीय सम्बन्ध र सदियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ । भारतले नेपाललाई निरन्तर कोरोनासम्बन्धी आवश्यक सहयोग गरिरहेको छ । नेपालको आवश्यकतालाई ध्यानमा राख्दै भारतले नियमित अन्तरालमा आरटी–पीसीआर परीक्षण किट, औषधि, आईसीयू भेन्टिलेटर, आधुनिक एम्बुलेन्स तथा एन्टिभाइरल रेमडेसिभिर सुई उपलब्ध गराउँदै आएको छ ।

यही माघ ८ गते भारतमा उत्पादित कोभिड–१९ विरुद्धको १० लाख डोज खोप मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राप्त गर्ने सुअवसर पाएको थिएँ । मसँगै नेपालका माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी हुनुहुन्थ्यो । मन्त्री त्रिपाठी र उहाँको नेतृत्व टोलीले खोपको सहज ढुवानीका लागि आवश्यक प्रक्रिया मिलाउन सकारात्मक तथा अहम् भूमिका निर्वाह गर्नुभयो । सोही दिन बेलुकी मलाई सो खोप सामग्री नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारस्थित उहाँको सरकारी निवासमा औपचारिक रूपमा हस्तान्तरण गर्ने सुअवसर प्राप्त भयो । कोभिड–१९ विरुद्धको उक्त खोप भारतका जनताले नेपालका जनतालाई उपहारस्वरूप प्रदान गरेका हुन् र त्यो नेपालका स्वास्थ्यकर्मी एवं अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई दिइनेछ ।

भारतको खोप अभियान सुरु भएको पाँच दिनमै भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोप पहिले प्राप्त गर्ने थोरै मुलुकमध्ये एक नेपाल पनि रहेको छ । हालै नयाँ दिल्लीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगको छैटौं बैठकको दौरान भारतका विदेशमन्त्रीले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई वचन दिएको एक हप्ता नबित्दै कोभिड–१९ विरुद्धको खोप काठमाडौंमा आइपुग्यो ।

महामारीको यो समय यद्यपि हाम्रा लागि परीक्षाको घडी थियो तथापि यसले हामीबीचको गहिरो सम्बन्धलाई थप उजागर गरेको छ । महामारीले निम्त्याएको कठिन परिस्थितिबीच पनि सीमामा नेपालीलाई घर फर्किने व्यवस्था मिलाउन होस् या अत्यावश्यक सामानको ढुवानी गर्न, हामीले आपूर्ति शृंखलालाई कायमै राख्यौं । सीमामा रहेका दुवै पक्षका अधिकारी तथा कर्मचारीले यसतर्फ प्रभावकारी रूपमा समन्वय गरेका छन् ।

धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा भारत र नेपालबीचको प्रगाढ सम्बन्ध विद्यमान छ । मलाई विश्वास छ, ‘खोप–मित्रता’ पहल हामीबीचको सम्बन्धमा अर्को स्वर्णिम अध्याय हुनेछ । नेपाल माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियानमा प्रवेश गरेको छ । यस अवसरमा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा सफलताको शुभकामना व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । महामारीविरुद्धको हाम्रो सामूहिक लडाइँमा भारतका जनता नेपालका जनतालाई यस महामारीलाई जित्नका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सदैव तत्पर छन् ।

शान्ति मन्त्रमा भनिएजस्तै म नेपाली जनताको सम्पूर्ण बाधा–अड्चन हटाई सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र सन्तुष्टि ल्याउने विश्वास गर्छु ।

ॐ सर्वेशां स्वस्तिर्भवतु ।

सर्वेशां शान्तिर्भवतु ।

सर्वेशां पूर्णं भवतु ।

सर्वेशां मंगलं भवतु ।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

(नेपालका लागि भारतीय राजदूत क्वात्राले लेखको यो लेख हामीले कान्तिपुरबाट साभार गरेका छौ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने भारतको योजना’
  • २०७७ माघ १५, बिहीबार १७:१६
  • In "थप"
  • भारतमा कोरोना खोप कार्यक्रम कसरी हुँदैछ सुरु ?
  • २०७७ माघ १५, बिहीबार १७:१६
  • In "देश"
  • ३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा
  • २०७७ माघ १५, बिहीबार १७:१६
  • In "देश"
Tags: #Covid-19#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

ओलीले अगतिला कुरामात्रै जानेका छन् : माधव नेपाल

गणतन्त्रका लागि महेन्द्रलाई वम हान्ने दुर्गानन्द किन उपेक्षित ?

बाँकेमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version