No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विश्वभर जाँदैछ चीनको खोप, नेपालमा आउला ?


विश्वभर जाँदैछ चीनको खोप, नेपालमा आउला ?

 काठमाडौं । विश्वका धेरै मुलुकमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भइसकेको छ । दर्जनौ मुलुकले खोप ल्याउने योजना बनाइरहेका छन् । यतिबेला विश्वभर नै कोरोना खोपको माग उच्च छ ।

यसबीच चिनियाँ कम्पनीले निर्माण गरेका खोपको माग पनि विश्वभर बढ्दै गएको छ । अनि चिनियाँ कम्पनीले निर्माण गरेको खोपले पनि विश्वभर विश्वास जित्न थालिसकेको छ ।

अहिले चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना खोपको प्रयोग फिलिपिन्स, इन्डोनेसिया र टर्कीमा भइरहेको छ भने ब्राजिलले पनि यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । त्यस्तै अर्को चिनियाँ कम्पनी सिनोर्फमले बहराइन, यूएई, इजिप्ट, हंगेरीलगायत मुलुकमा सम्झौता गरिसकेको छ ।

तर नेपालमा भने चिनियाँ खोप ल्याउने सम्बन्धमा कुनै पनि प्रगति भएको देखिँदैन । चिनियाँ कम्पनीले उत्पादन गरेका कुनै पनि खोपले अहिलेसम्म नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति पाएका छैनन् ।

भारतले नेपाललाई १० लाख खोप अनुदानमा उपलब्ध गराएको छ । कोरोनाको महामारी शुरु भएदेखि नै मास्कदेखि विभिन्न औषधी उपलब्ध गराउँदै आएको चीन खोपको सम्बन्धमा भने मौन छ ।

सरकारी अधिकारीहरुले पनि केही बोलेका छैनन् । भारतले खोप उपलब्ध गराएको भोलिपल्ट चिनियाँ अधिकारीहरुले नेपालमा आपत्कालीन प्रयोगका लागि पूरा गर्नुपर्ने आवश्यक कागजात र प्रक्रियाबारे मन्त्रालयसँग परामर्श चाहिँ गरेका छन् ।

अन्य देशहरुले भने चिनियाँ कम्पनीले निर्माण गरेको खोप किन्ने प्रक्रिया अगाडि बढाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सर्वियाका राष्ट्रपति एलेक्सेन्डर भुकिकले पनि आफूले सिनोर्फमले विकास गरेको कोरोना खोप लिने बताएका छन् ।

अमेरिका, बेलायत र रुसबाट समेत कोरोना खोप मुलुकमा ल्याइएसकेको सर्वियाका राष्ट्रपतिले यति विश्वास गर्नुले पछिल्लो समय चिनियाँ खोपको स्वीकार्यता बढेको देखाउँछ ।

कोरोना महामारी नियन्त्रणको लागि चिनियाँ कम्पनीले विकास गरेको खोप विश्वका सबै मानिसको सार्वजनिक सम्पत्ति हुने चिनियाँ शीर्ष अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । यस्तोमा विश्वको महामारी नियन्त्रणको प्रमुख भूमिकामा आउने अवसर पनि चिनियाँ कम्पनीले पाएको विश्लेषकहरुको भनाइ छ ।

बढ्दो विश्वास

खोप परीक्षणको स्पष्ट रुपमा नतिजा सार्वजनिक नगरेको भन्दै चिनियाँ खोपबारे विभिन्न मुलुकमा आशंका पनि व्यक्त गरिएको छ । त्यसमाथि पनि चीन यसअघि नै विभिन्न खोपको मुद्दामा अल्झिएको मुलुक हो । त्यसैले पनि चिनियाँ खोपमा आशंका बढेको थियो । तर, पछिल्लो केही समयमा भने चिनियाँ खोपमा मानिसहरुको विश्वास बढ्दो क्रममा रहेको पाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार अहिलेसम्म विश्वका २० भन्दा धेरै मुलुकहरुले चिनियाँ कम्पनीले विकास गरेको खोप अर्डर गरिसकेका छन् । केही मुलुकहरुले अहिले चिनियाँ कम्पनीसँग खोप खरिदको विषयमा छलफल पनि गरिरहेका छन् ।

विश्वका धेरै मुलुकले चीनको कोरोना खोपमा बढाएको विश्वासलाई चिनियाँ सञ्चारमाध्यमहरुले पनि उत्साहप्रद भएको बताएका छन् । इन्डोनेसियाका राष्ट्रपति जोको बिडोडोले केही दिनअघि मात्र चिनियाँ खोप निकै सुरक्षित रहेको बताउँदै उक्त खोप लिएका थिए । त्यस्तै टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले पनि चिनियाँ खोपको प्रशंसा गर्दै आएका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले चिनियाँ खोपको विरोध तथा आलोचना गर्दै आएका थिए । तर, ब्राजिलको स्वास्थ्य नियामकले भने मुलुकमा चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

आशंका

चिनियाँ कम्पनीहरुले निर्माण गरेको खोप विवादरहित भने छैनन् । फरक-फरक मुलुकमा गरिएको परीक्षणमा फरक-फरक नतिजा आएको कारण पनि चिनियाँ कम्पनीको खोपबारे आशंका बढेको हो ।

सिनोभ्याकले विकास गरेको कोरोना खोपको परीक्षण ब्राजिलमा गर्दा यो खोप ५०.४ प्रतिशत प्रभावकारी पाइएको थियो । यो प्रभावकारिता अनुमति पाउन आवश्यक हुनेभन्दा केही मात्र बढी हो । यसअघि चीनले भने यो खोप ७८ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । यसअघि टर्कीले भने यो खोप आफ्नो मुलुकमा गरिएको परीक्षणमा ९१.२५ प्रतिशत प्रभावकारी देखिएको बताएको थियो । इन्डोनेसियाले भने यो खोप ६६.३ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । फरक-फरक मुलुकमा देखिएको फरक-फरक प्रभावकारिताको नतिजाले सिनोभ्याकको खोपमा आशंका बढेको हो ।

अर्को चिनियाँ कम्पनी सिनोर्फमको कोरानेा खोपमा भने यूएईमा परीक्षणको क्रममा ८६ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । तर, चीनले भने यो खोप ८० प्रतिशत प्रभावकारी भएको बताएको थियो । सिनोर्फमको खोपको प्रभावकारिताबारे दिइएको जानकारी पनि एकनासको छैन ।

किन बढ्दैछ चिनियाँ खोपको माग ?

अहिले अमेरिका र बेलायती कम्पनीहरुले बनाएको कोरोना खोप सबैभन्दा धेरै प्रभावकारी पाइएको छ । तर, पनि धेरै मुलुकहरु चिनियाँ खोपमा आकषिर्त हुनुको एक कारण सहजता हो ।

चिनियाँ खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राख्न सकिने किसिमका छन् । जसका कारण यसअघि रहेकै संरचनामा धेरै मुलुकले यो खोपको प्रयोग गर्न सक्छन् । जबकी अमेरिकी कम्पनी फाइजरले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिन्छ भने मोडर्नाको खोपलाई माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ ।

चिनियाँ खोपको माग बढ्नुको अर्को कारण विश्वव्यापीरुपमा फैलिएको महामारी पनि हो । महामारी विश्वभर फैलिएको कारण पश्चिमा मुलुकको खोपले मात्र यो महामारी नियन्त्रणमा आउन नसक्ने देखिएको छ । साथै पश्चिमा कम्पनीले बनाएको खोप यसअघि नै धेरै मुलुकले किनिसकेको र महँगो पनि भएकाले त्यसको विकल्पको खोजीमा चिनियाँ खोपमा धेरैको आकर्षण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#समाजिक#सूचना-प्रविधि#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

सेयर बजारमा दिनदिनै रेकर्ड, ४ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

जाडो याममा सताउने रोगहरु

जाडो याममा सताउने रोगहरु

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .