• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खतिवडाको गर्जन, ‘हिम्मत भए चुनाव गर्नुस ओलीजी, होइन भने बेहाल बनाउँछौँ’


खतिवडाको गर्जन, ‘हिम्मत भए चुनाव गर्नुस ओलीजी, होइन भने बेहाल बनाउँछौँ’

लिखु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनतालाई झुक्काउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखामा चुनावको घोषणा गरेको आरोप लगाएका छन् ।

ओखलढुंगाको नेपाली कांग्रेस लिखु गाउँपालिका कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका बढेर गएको बताए ।

चुनाव समयमा गर्न आलटाल भयो भने कांग्रेसले ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाउने उनले चेतावनी दिएका छन् । निर्वाचनका लागि कांग्रेसले निरन्तर सडकबाट दवाव सिजर्ना गरिहने उनले बताएका छन् ।

‘वैशाखमा चुनाव गर्नुपर्छ । जनतालाई झुक्काउन पाइँदैन’, उनले भने, ‘हिम्मत छ भने बोलेको कुरा गर्नुस् ओलीजी । होइन भने जनता झुक्काउने काम नगर्नुस् ।’

युवा नेता खतिवडाले कम्युनिस्टहरूभित्रको लडाइँले गर्दा सत्ता चलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताए । उनले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारविरुद्ध कांग्रेसले सधैँ संघर्ष गर्ने भन्दै कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको रक्षामा गर्ने बताए । उनले वैशाख १७ र २७ गतेको निर्वाचनको मिति जनतालाई झुक्यउनलाई गरेको आरोप लगाए ।

‘वैशाखमा साँच्चिकै चुनाव गरेर देखाउनुस् प्रधानमन्त्रीजी ओखालढुङाबाट कम्युनिस्टहरूको जमना जफत गराइदिने छौँ’, खतिवडाले भनेका छन् । ‘चुनावको मैले बेला भनेको थिएँ । यो गठबन्धन चोयाको भएकोले चुडिएर जाने हो । त्यस बेला मैले जे भने थिएँ, त्यहि भएको छ’, उनले भनेका छन् ।

‘२०७० सालमा संविधान बनाउन भनेर पठाउनु भयो हामी सबै मिलेर संविधान बनायौँ’, उनले भने, ‘आफ्नो कर्तब्य राम्रोसंग निभाएका छौँ । कम्युनिस्टले बोलेको कहिल्यै पूरा गरेका छैनन् ।’ ‘२०७४ सालमा अरुलाई जिताएर पठायौँ । २ वर्षपछि आफै संसद बिघटन गरेर देशलाई फेरि अस्थिरतातिर लगेका छन्’, खतिवडाले भने, ‘कांग्रेसले कहिल्य पनि ढाँटेर राजनीति गर्दैन । जे गर्छ त्यही बोल्छ । जे बोल्छ त्यही गर्छ ।’

नेपाली कांग्रेस ओखालढुंगाका सभापति प्रदीपकुमार सुनुवारले दुईतिहाइको सरकार हुँदा समेत कम्युनिस्टहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए । उनले केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कम्युनिस्टहरूको आलोचना गरे ।

सभापति सुनुवारले अझै उल्टो आफू असुरक्षित भएको अभिव्यक्ति दिएर ओलीले लाजमर्दो कुरा गरेको बताए । कम्युनिस्टहरूको जनताको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत हितमा कमाउन सक्रिय भएको उनले आरोप लगाए । उनले भने, ‘कम्युनिष्टहरू भनेका कमाउनिस्ट हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘देउवा र पौडेलले मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’
  • २०७७ माघ ७, बुधबार १७:२७
  • In "देश"
  • पौडेलले लिए काङ्ग्रेसलाई नै सिध्याउने लाईन
  • २०७७ माघ ७, बुधबार १७:२७
  • In "देश"
  • घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?
  • २०७७ माघ ७, बुधबार १७:२७
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

सिन्धि समुदायद्धारा अलग देशको माँग,पाकिस्तानभित्र आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमिका लागि संघर्षरत

राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अलपत्र

अमेरिकामा बाइडन : नेपाल नीतिमा के परिवर्तन आउला ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version