No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतमा केपी ओलीका दूतले भोगेको यत्रो अपमान !

भारतमा केपी ओलीका दूतले भोगेको यत्रो अपमान !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ३ दिने भारत भ्रमण औपचारिकतामै सकिएको छ ।

शुक्रवार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक २ देशका नियमित एजेण्डामा मात्रै केन्द्रित भयो । बैठकमा भारतीय पक्षबाट बहुचर्चित लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमामा उपयुक्त संयन्त्रमा छलफल गर्दै जाने पुरानै प्रतिबद्धता मात्रै दोहोरिएको छ । सीमा समस्या हल गर्न कुनै ठोस प्रस्ताव, छलफल र सहमति भएन ।

उच्च राजनीतिक तहमा हुने भनिएको परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता पनि रक्षामन्त्री राजनाथ सिंहसँगको शिष्टाचार भेटवार्तामा मात्रै सीमित भयो । यसअघि भारतबाट आउने गुप्तचर ‘रअ’ प्रमुख, विदेश सचिवले समेत काठमाडौंमा प्रधानमन्त्री ओलीलाई सोझै भेट्ने गरेपनि नेपालका परराष्ट्रमन्त्री नै भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएनन् । कतिपयले यसलाई ओली सरकारकै अपमानका रूपमा चर्चा गर्ने गरेका छन् । आखिर मोदीले मन्त्री ज्ञवालीलाई किन भेट्नन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने प्रयास शनिवार अपराह्नसम्म असफल भएपछि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्केका छन् । ज्ञवालीले मोदीसँग भेटवार्ताका लागि कूटनीतिक, राजनीतिक र सैन्य च्यानलमार्फत प्रयास गरेका थिए तर उनी सफल भएनन् । २ महिनाअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन शृंगला, सेनाध्यक्ष मनोजमुकुन्द नरभणेदेखि ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भने प्रधानमन्त्री ओलीसँग भेटको सहज अवसर पाउने गरेका थिए ।

बिहीवार बिहान भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतलाई भेटेर पनि प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेट गराउन प्रयास गरेका थिए तर पनि सम्भव भएन । परराष्ट्रमन्त्री ज्ञवालीले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्न पाएनन् । प्रधानमन्त्री ओलीले नै भाषणमा खुब चर्चा र प्रचार गर्ने गरेको ज्ञवालीको भारत भ्रमण सरकारका लागि निराशाजनक रहेको टिप्पणी हुन थालेको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार भारतीय पक्षले मोदीसँग ज्ञवालीको भेटवार्ता हुने संकेत दिएको थियो तर समय टुंगो लागेको थिएन । विदेश मन्त्रालयले शुक्रवार अपराह्नदेखि शनिवार अपराह्नसम्म कुनै पनि बेला भेटका लागि खबर आउने बताएकाले परराष्ट्रमन्त्री ज्ञवालीले त्यहीअनुसार तयारी गरेका थिए । मोदीसँग भेट सम्भव नभएपछि उनले शनिवार भाजपाका पूर्व अध्यक्ष समेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार वार्ता गरेका छन् । मन्त्री ज्ञवालीले सिंहमार्फत मोदीलाई प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएर चित्त बुझाउनुपरेको छ ।

मन्त्री ज्ञवालीले संसद् विघटनपछिको अवस्था तथा बैशाखका लागि तोकिएको निर्वाचनमा सहयोग र समर्थनका लागि आग्रह गरिएको प्रधानमन्त्री ओलीको सन्देश मोदीलाई सुनाउने तयारी गरेका थिए । ज्ञवालीले सार्वजनिक रुपमा पनि भारतका शीर्ष नेतासँग भेटेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको सन्देश सुनाउने बताउँदै आएका थिए ।

ज्ञवालीको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पनि औपचारिक रुपमा विज्ञप्ति प्रकाशित गरेन । भ्रमणको अघिल्लो दिन मात्रै उनको औपचारिक कार्यक्रम समेटिएको मिडिया एड्भाइजरी प्रकाशित गरेको थियो । एड्भाइजरीमा बिहीवार परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली पुग्ने, शुक्रवार संयुक्त आयोगको बैठकमा सहभागी हुने र शनिवार स्वदेश फर्किने उल्लेख गरिएको थियो ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटन गर्दा भारतको साथ रहेको टीकाटिप्पणी भएको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत जानकार छन् । यस्तो अवस्थामा नेकपाको एउटा पक्षलाई भेट्दा नेपालमा राम्रो सन्देश नजाने भएकाले मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न रुचि नदेखाएको दिल्लीस्थित कूटनीतिक स्रोतले जनाएको छ ।

‘नेपालभित्र संसद विघटनविरुद्ध बढेको आवाजविपरीत जान भारतलाई सजिलो छैन,’ भारतको नेपाल नीतिबारे जानकार एक कूटनीतिज्ञले भने, ‘विभाजित नेकपाको एउटा पक्षसँग भेट गर्ने, अर्को पक्षलाई वास्ता नगर्ने राम्रो हुँदैन । विभाजित नेकपाको एउटा पक्षसँग भेटेर त्यो पक्षको सन्देश मात्रै सुन्न मोदी तयार नभएका कारण परराष्ट्रमन्त्री ज्ञवालीले भेटका लागि समय नपाएका हुन् भन्ने लाग्छ ।’

नेपाल–भारत सम्बन्धका केही भारतीय जानकारहरुको बुझाइमा भारतको राजनीतिक नेतृत्व नेपालको संकटमा देखिने गरी आफूलाई समावेश गर्न चाहेको छैन । भारतले नेकपाको विवादमा पनि फस्न चाहेको छैन । ‘सर्वोच्च अदालतबाट संसद पुनःस्थापना भएमा वर्तमान सरकार नरहने, संसद् विघटन निरन्तर रहे नेपाल राजनीतिक संकटमा फस्दै जाने भएकाले त्यसमा मुछिन भारतले नचाहेको अर्थमा मोदीसँग परराष्ट्रमन्त्रीको भेट नहुनुलाई लिनुपर्छ,’ स्रोतले भन्यो ।

भारतबाट फर्केपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाका विषयमा नेपाल–भारतबीच सहमति नभएको बताएका छन् । ३ दिने भारत भ्रमणबाट फर्केपछि शनिवार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘भारतको पोजिसन (अडान) थाहै छ । हामी सहमतिमा पुगेका छैनौं । समस्या छिटो समाधान गर्नुपर्छ भन्नेमा हामी पुगेका छौं । सीमाका बाँकी काम गर्दै जानेछौं । राजनीतिक तहमा कुरा गर्दै जान्छौं, अन्य तहमा पनि छलफल हुँदै जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
देश विकास गर्न ताजा जनादेश अनिवार्य छ, निर्वाचनको तयारीमा लाग्नुस् : विद्यादेवी भण्डारी

देश विकास गर्न ताजा जनादेश अनिवार्य छ, निर्वाचनको तयारीमा लाग्नुस् : विद्यादेवी भण्डारी

नयाँ कोरोना कत्तिको खतरानाक छ थाहा पाउनुस्

नयाँ कोरोना कत्तिको खतरानाक छ थाहा पाउनुस्

नागरिक आन्दोलनको फेरिँदो अनुहार

नागरिक आन्दोलनको फेरिँदो अनुहार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .