• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल


लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक होऔँ : रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।

कांग्रेस चितवन क्षेत्र नं. २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौं पुण्यतिथिका दिन आज आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने बताए ।

उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उनी जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको बताए । उनले भने, ‘राजनीति त्यागको पाटो हो । यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ ।’

सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताउँदै पार्टीका लागि त्याग गर्न सक्ने व्यक्ति मात्र सच्चा राजनीतिज्ञ हुने विचार राखे ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले लगनशील र त्यागी नेताकै कारण कांग्रेस जीवन्त रहँदै आएको बताए । पार्टी क्षेत्र नं. २ का सभापति भरत लामिछाने, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, वडा नं. ५ का सभापति विष्णुप्रसाद धिताल, विजय भुसाललगायतले उनको योेगदानबारे बोलेका थिए ।

वि.सं. २००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मिएका तिमिल्सिनाको वि.सं. २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी तत्कालीन नारायणपुर गाउँ पञ्चायतमा दुई पटक अध्यक्ष र भरतपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बनेका थिए । समाजसेवामा पनि क्रियाशील तिमिल्सिनाले पार्टीका लागि सरकारी जागिर छाडेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग
  • २०७७ माघ ४, आईतवार १३:५३
  • In "BannerNews"
  • कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर
  • २०७७ माघ ४, आईतवार १३:५३
  • In "BannerNews"
  • भावी राजनीतिबारे विश्वप्रकाशले गरे यस्तो खुलासा, अब के होला?
  • २०७७ माघ ४, आईतवार १३:५३
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव

सुनको भाउ तोलामा ७ सयले घट्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version